×

NMB BANK
NIC ASIA

छिन्नमस्तालाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’को उपाधि

चैत ३, २०७९

NTC
Premier Steels

छिन्नमस्ता बाहिनीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधि जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा सञ्चालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ अन्तर्गत फुटबल खेलको उपाधि सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जितेको हो । 

Muktinath Bank

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा विजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई १–० गोलको अन्तरले पराजित गरी उपाधि जितेकोे हो । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता फागुन २८ गतेदेखि प्रधान कार्यालयको रङ्गशालामा सञ्चालन भएको थियो ।


Advertisment
Nabil box
Kumari

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यका साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएको बताउँदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीमा अनुशासन, कर्तव्य परायणता एवं सामूहिक भावनासमेतको विकास हुने उल्लेख गरे ।

Vianet communication

उनले यस्ता प्रतियोगिताले सङ्गठनमा आपसी सहयोग, भाइचारा र बन्धुत्वको भावना विकास हुनुका साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रित सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारीरिक स्फूर्ति कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए ।

सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापनाकालदेखि नै महत्त्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सङ्गठनमा लुकेर रहेका प्रतिभावान् खेलाडीको उत्पादन र वृत्तिविकासमा निरन्तर लागि रहने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वङ्शीराज दाहालले खेलका उप–विजेता टिम तथा खेलाडी र अफिसियललाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x