×

नजिक विद्यालय नहुँदा ८ कक्षापछि पढ्न सकस

चैत २५, २०७९

चितवन भरतपुर महानगरपालिका–२९ कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् ।

चौकीडाँडा आधारभूत विद्यालयमा ८ कक्षाको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन् ।


Advertisment

भौगोलिक विकटताका कारण यस क्षेत्रमा माध्यमिक तहको पठनपाठन गर्ने विद्यालय नहुँदा ८ कक्षाको अध्ययनपछि पढाइ छाड्ने गरेका हुन् । 


Advertisment

कमलपुरकी सीता परियारका ४ जना छोराछोरी छन् । उनीहरूमध्ये २ जना भरतपुरमा भाडामा बसेर पढ्छन् भने १ जना चौकीडाँडा आधारभूत विद्यालय र १ जना घर नजिकैको विद्यालयमा पढ्छन् । कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करीब ३ घण्टा हिँड्नुपर्छ । हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ ।

‘बाहिर कोठा लिएर राखौं खर्चले धान्न सकिँदैन, नजिकै माध्यमिक विद्यालय छैन,’ उनले भनिन्, ‘विद्यालयनजिक भएको यही चौकीडाँडा हो । यसमा पनि ८ कक्षासम्म मात्र पढाइ हुन्छ ।’ यहाँ पढिसकेपछि छोराछोरी बजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उनको भनाइ छ ।

यस्तै गुनासो सुनाउँछिन् धनमाया सुनार पनि । उनका २ छोरी अहिले ६ र ९ कक्षामा पढ्दैछन् । उनले भनिन्, ‘कोठा लिएर पढाउने क्षमता छैन ।’ ४ हजार कोठा भाडा तिरेर रासन, पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उनले चौकीडाडाँमा नै माध्यमिक तहको विद्यालय खोल्न आग्रह गरिन् । यही विद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उनले भनिन्, ‘कोठाभाडा तिरेर माध्यमिक तहको पढाइ गराउन सकिन्न । यहाँ मावि नभएपछि अब छोराछोरीको पढाइ सकियो ।’

उनले छोरी ८ पास गरेर ९ कक्षामा पुगेकी भए पनि नजिक विद्यालय नभएर पढ्न नपाएको बताइन् ।

चौकीडाँडा आधारभूत विद्यालयकी निमित्त प्रध्यानाध्यापक अञ्जीला तिवारीले माध्यमिक तहको पढाइ यहाँ नहुँदा ८ कक्षा पास भए पछि पढाइ छोड्ने गरेको स्वीकार गरिन् । भौगोलिक विकटताको हिसाबले बालबालिकालाई विद्यालय आउन समस्या भएकाले धेरैले ८ कक्षापछि पढाइ छोड्ने गरेको उनले बताइन् । प्रत्येक वर्ष ८ कक्षा उत्तीर्ण गरेका २५–३० प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । 

अभिभावकले शहरमा राखेर पढाउन सक्ने अवस्था नभएकाले विद्यालय छाड्नेको संख्या बढेको उनको भनाइ छ । ‘८ कक्षा उत्तीर्ण भएपछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने भएकाले विद्यालय छाड्ने गरेका छन्,’ तिवारीले भनिन् ।

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

जेठ १३, २०८१

काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कलेजले सामाजिक दायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धत...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x