चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् ।
स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँगाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् ।
पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा २ वटा महत्त्वपूर्ण सडक स्तरोन्नति गर्दैछ । यस वर्ष हर्पे–पाखापानी–ढुवाखोर सडक र बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नति गर्दैछ ।
बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक हो भने हर्पे–पाखापानी–ढुवाखोर सडक पालिकाको गौरवका योजना हो । दुवै सडकलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ ।
विक्रम संवत् २०७५ सालमा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रयाक खोलिएको थियो । हर्पे–पाखापानी–ढुवाखोर सडक गाउँपालिकाले आव २०७६/०७७ मा खुलाएको थियो । ५ वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ ।
हर्पे–पाखापानी–ढुवाखोर सडकलाई यस वर्ष स्तरीकरण गर्न थालिएको हो । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ जोडेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडक भने देवीस्थान हुँदै पाखापानी पुगेको छ । यी सडक साँघुरा र अप्ठ्यारो भएको हुँदा एकैपटक स्तरोन्नति गर्न थालेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।
वैकल्पिक सडक स्तरोन्नतिका लागि गाउँपालिकाले १ करोड ३० लाख र केन्द्र सरकारले १ करोड ३० लाख विनियोजन गरेको गौतमको भनाइ छ । हर्पे–पाखापानी–ढुवाखोर सडकका लागि १ करोड विनियोजन भएको छ । दुवै सडक सम्झौता भएर काम शुरू भएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले वैकल्पिक सडकका लागि ८५ लाख विनियोजन गरेर काम थालनी गरेको थियो ।
गौतम भन्छन्, ‘दुवै सडक गाउँपालिकाको प्राथमिकतामा परेका योजना हुन्, निकै साँघुरा र दुर्घटनाको जोखिम बढेका कारण पहिलो प्राथमिकतामा राखेर अहिले २ वटा सडकलाई स्तरोन्नति गरिरहेका छौं, यी सडकबाट निसीखोलाका नागरिक लाभान्वित हुन्छन्, अहिले काम शुरू भएको छ, सडक स्तरोन्नति गर्नका केही महिना अगाडि बोलपत्र आह्वान गरेर ठेक्का सम्झौता गरेका थियौं ।’ हर्पे–पाखापानी–ढुवाखोर सडक निर्माणको जिम्मा स्टार पोखरा कन्स्ट्रक्सन र वैकल्पिक सडकको जिम्मा एसी कन्स्ट्रक्सनले पाएको छ ।
यो वर्ष सडकलाई चौडा गर्ने, नाली निर्माण लगायतका काम हुने गाउँपालिकाले जनाएको छ । वैकल्पिक सडक २०७५ सालमा साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले २/२ लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडार संस्थाबाट ७ लाख, जिल्ला विकास समितिबाट ८ लाख गरी ६१ लाख रुपैयाँमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका २, ४ र ५ का नागरिकको दिनचर्या फेरिदिएको छ ।
स्थानीय तीर्थबहादुर सुनारले साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गरेको भन्दै स्तरोन्नतिपछि यस क्षेत्रका हजारौं स्थानीयले सहजरुपमा यात्रा गर्न पाउने बताउँछन् । उनले यी सडकको ग्रेडिङ नमिलेको हुँदा धेरै पटक दुर्घटना भएको बताए ।
‘पहिले सडक थिएन, हामीहरू पैदलयात्रा गथ्र्यौं, अहिले गाडीमा मुटु समाएर यात्रा गर्दै आएका छौं, बाटा निकै सानो छ, गाउँपालिकाले फराकिलो बनाउने भनेर काम थालेको पाइयो, अब जोखिम मोलेर हिँड्नुपर्ने छैन,’ उनले भने, ‘गाउँमा सडक आएपछि धेरै सजिलो चाहिँ भएको छ, बारीमा फलेका सागसब्जी पनि बजारसम्म लगेर बेच्न पाइएको छ, सामान पनि गाडीमा ल्याउने गरेका छौं, पहिलेको तुलनामा धेरै सुविधा भएको छ ।’
वैकल्पिक सडक मध्यपहाडी लोकमार्गभन्दा २ किलोमिटर छोटो पर्नेछ । गाउँमा सडक आएपछि आफूहरूको दिनचर्या नै फेरिएको अर्का स्थानीय प्रेमबहादुर बुढामगरले बताए । उनले गाउँमा यसरी सडक आउँला भन्ने कल्पना नगरेको भन्दै अहिले घरै अगाडि दैनिक गाडी गुड्ने गरेको बताउँछन् । – डम्मर बुढामगर/रासस
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...