×

NIC ASIA

कैलाश सिरोहियालाई पक्रन गृहमन्त्रीको निर्देशनमा कानूनको कपटपूर्ण प्रयोग भयो : सिटौला

काठमाडाैं | जेठ १४, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रवि लामिछानेले कानूनको कपटपूर्ण प्रयोग गरी कैलाश सिरोहियालाई पक्राउ गरेको बताएका छन् । 

गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा सिटौलाले सहकारीमा प्रश्न उठेका गृहमन्त्रीले कानूनको दुरुपयोग गरेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संसदीय छानबिन समिति बनाएर नीतिगत रुपले तथ्यमा प्रवेश गराएर नीतिगत रुपले सम्बोधन गर्दा जे रिपोर्ट आउला, त्यो रिपोर्ट त उहाँले मान्नुपर्ने हो । काँग्रेस व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह राखेर अघि बढ्दैन । तर आज दुःखका साथ भन्नुपर्छ, कैलाश सिरोहियालाई पक्राउ गर्न किन गृहमन्त्रीले आदेश दिनुभयो ? मैले नबुझेको कुरा यहाँ छ,’ सिटौलाले भने, ‘अत्यन्त दुराशय ढंगले जुन परिस्थितिमा पक्राउ गर्नुभयो । जुन तरिकाले पक्राउ गरेर जसरी हिरासतमा राखिएको छ र अनुसन्धान भइरहेको छ, त्यसको निष्कर्ष कानूनको कपटपूर्ण प्रयोग भयो भन्ने हो ।’


Advertisment
Rupse Holidays
Nabil box

सहकारी ठगीमा गृहमन्त्रीमाथि आरोप लागेपछि संसद्‌मा प्रतिपक्षले छानबिनको माग गरेको उनले बताए ।

Vianet communication

‘एउटा सामान्य कुरालाई लिएर संसद् अवरुद्ध भएको छ । म सामान्य कुरा भन्दछु । गृहमन्त्रीमाथि आरोप लाग्यो, सारा प्रेस जगतले लेख्यो । संसद्‌मा प्रतिपक्षले कुरा उठायो । संसदीय छानबिन समिति गठन गरौं है भनेर कुरा त राखेको हो प्रतिपक्षले बढी केही कुरा राखेको होइन । विगतमा पनि यस्तो हुने गरेकै हो । 

विगतमा पनि कुरा उठेपछि छानबिन समिति बन्ने गरेको भन्दै सिटौलाले गृहमन्त्रीले प्रभाव पार्न खोजेको बताए ।

‘विगतमा मन्त्रीहरूका बारेमा प्रश्न उठ्दा संसदीय छानबिन समिति बनेका छन् । हामीले त्यस्तै गरौंसम्म भनेको हो । रवीजी गृहमन्त्री नबनेर अर्कै मन्त्री बन्नुभएको भए यो कुरा पनि उठ्ने थिएन,’ पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘प्रहरीले उहाँमाथि आफैं अनुसन्धान गर्थ्यो होला । तर सहकारीको रकम अपचलन र ठगीको विषयमा अनुसन्धान गर्ने निकाय प्रहरी हो । जुन गृहमन्त्रीकै मातहतमा हुन्छ । यसले प्रहरी स्वतः प्रभावित स्वतः हुन्छ ।’  

महान्यायाधिवक्ता, आईजीपीलेसमेत गृहमन्त्रीको कुनै दोष छैन भन्नुले झन् आशंका बढाएको सिटौलाको भनाइ छ । 

‘महान्यायाधिवक्ताले उहाँको दोष देखिँदैन भनेर पत्र दिइसक्नुभयो । आइजीपीले उहाँको कुनै दोष छैन भनिसक्नु भयो भनेपछि प्रहरी संगठन के गर्दै होला । महान्यायाधिवक्ता कार्यालयले के गर्दै होला ? बुझिसक्यौं नि त सबै कुरा,’ सिटौलाले भने, ‘प्रधानमन्त्रीले अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो छोडिहाल्छ नि भनेर हल्का जवाफ दिनुभयो । सरकारले प्रहरीलाई अदालतमा पत्र लिएर जाउ, पक्राउ पुर्जीको आदेश माग है नभनेको भए अदालतले आफैं गरेको हो त ?’

अदालतलाई दोष दिएर सरकार उम्किन नमिल्ने सिटौलाले बताए । 

‘अदालत आफैं एक्टिभ भएको हो त, अदालतले पक्राउ गर भनेर पुलिसलाई निर्देशन दिएको होइन नि । सरकार एक्टिभ भएको हो,’ सिटौलाले भने, ‘अदालतलाई दोष दिएर उम्किने ठाउँ सरकारको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x