×

NMB BANK
NIC ASIA

शरणार्थीका नाममा ठगी धन्दा

शरणार्थी प्रकरणमा नयाँ खुलासा: मुख्य सम्पर्क सूत्रलाई भारतमै 'सेटल' गर्न खोजिएको थियो !

बैशाख २१, २०८०

NTC
Premier Steels

पूर्वमन्त्री, तिनका सन्तान र बहालवाला सचिवसहित हाई–प्रोफाइल व्यक्तिहरू तानिएपछि नक्कली शरणार्थी प्रकरण यति बेला सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।

Muktinath Bank

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनी चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा नेतादेखि बहालवाला सचिवसम्म तानिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् भने गृहसचिव समेत रहिसकेका बहालवाला सचिव टेकनारायण पाण्डेलाई पनि बुधवार पक्राउ गरी हिरासतमा राखिएको छ ।

Vianet communication

तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । यस प्रकरणमा अन्य केही आरोपीहरू यसअघि नै पक्राउ परी प्रहरी हिरासतमा छन् ।

हाई–प्रोफाइल व्यक्तिहरू तानिएपछि यस प्रकरणमा नयाँ–नयाँ तथ्यहरू पनि बाहिर आउन थालेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का ३३ वर्षीय सन्देश शर्मालाई केही समयअघि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याई पक्राउ गरेको थियो ।

सन्देशलाई पक्राउ गरेसँगै धेरै कुरा खुलेको हो ।

नक्कली शरणार्थी खडा गर्ने गिरोह र नेता तथा कर्मचारीबीच सम्पर्क सूत्र (मध्यस्थकर्ता)को भूमिका सन्देशले नै निभाएको पाइएको प्रहरीले दाबी गरेको छ ।

रोचक कुरा त के भने यो विषय बाहिर आउने देखिएपछि सन्देशलाई भारत लगेर लुकाइएको थियो ।

उनलाई कहिल्यै नेपाल नफर्कने गरी उतै ‘सेटल’ गर्ने प्रयास भएको प्रहरी अधिकारीहरूको दाबी छ ।

‘यो केसमा संलग्न माथिल्लो तहका व्यक्तिहरूले मध्यस्थकर्ताको काम गरेका सन्देश भन्ने व्यक्तिलाई डेढ वर्षदेखि भारतमा लुकाएर राखेका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘उसलाई कहिल्यै नेपाल नआउने गरी उतै सेटल गर्न खोजेको अनुसन्धानमा देखिएको छ ।’

सन्देशलाई नेपाल ल्याउन झण्डै एक महिना लागेको उनको भनाइ छ ।

‘हामीले उसलाई ल्याउनका लागि लामै कसरत गर्नुपरेको थियो,’ ती अधिकारीले भने, ‘विभिन्न प्रक्रियाबाट नेपाल आउन बाध्य बनाएर पक्राउ गरेका हौं ।’

अपराध अनुसन्धान कार्यालयमा २०७८ माघमै यस सम्बन्धमा उजुरी परेको थियो ।

उक्त उजुरीबारे अनुसन्धान गर्दा शक्तिशाली व्यक्तिहरूको नाम समेत तानिने देखिएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।

शुरूको उजुरी पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजाता कोइरालाका पीए रहिसकेका केशव दुलालमार्फत दिइएको प्रहरी स्रोत बताउँछ ।

पैसा उठाइसक्दा काम नभएपछि आफू फसिने डरले पीडितको पक्षबाट उजुरी लिएर उनी प्रहरीकोमा पुगेका थिए ।

पछि केशवलगायतका व्यक्तिहरूलाई समेत पोलेर थप पीडितका तर्फबाट उजुरी पर्‍यो । अनुसन्धानका क्रममा २०७९ चैत १३ गते प्रहरीले ३ जनालाई पक्राउ गर्‍यो ।

त्यो समयमा ८१ जना पीडितबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीहरूलाई सार्वजनिक गरिएको थियो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २३ का ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्वरे नगरपालिका– १० का ४९ वर्षीय केशव दुलाल र पाँचथरको फिदिम नगरपालिका– ७ का ४५ वर्षीय टंककुमार गुरुङ थिए ।

उनीहरूले पीडितबाट जनही १५ देखि २० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो ।

लगत्तै चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै यही प्रकरणमा मोरङको पथरी शनिश्चरे नगरपालिका– १० का ४४ वर्षीय सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

वैशाख ६ गते थप १० जना पीडितहरूले ५ करोड १९ लाख ९८ हजार रुपैयाँ ठगी गरेको भन्दै सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राईलगायत विरुद्ध उजुरी दिएका छन् । 

उजुरी गर्नेमा मोरङ, कास्की, दाङलगायत जिल्लाका बासिन्दा छन् ।

पक्राउ परेकाहरूको बयान र अनुसन्धानमा खुलेका थप तथ्यहरूका आधारमा लिस्ट बनाएर अन्यलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

अहिलेसम्म प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । 

बहालवाला सचिव पक्रिन २ महिनाको अनुसन्धान

तत्कालीन गृहसचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गर्न दुई महिना लगाएर सूक्ष्म अनुसन्धान गरिएको प्रहरीले दाबी गरेको छ ।

गृहका को–को कर्मचारी संलग्न छन् भनेर अनुसन्धान गर्न समय लागेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए ।

‘हामीले गृहका व्यक्तिहरूको को–को संलग्न छन् भनेर अनुसन्धान गर्न झण्डै २ महिना लागेको थियो,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैको लिस्ट तयार पारेपछि पक्राउ गर्न शुरू भएको हो ।’

उनका अनुसार टोपबहादुर र सन्देशबीच ह्वाट्स एप, प्रत्यक्ष फोन लगायतमा सम्पर्क भएको देखिएको छ । प्रहरीका अनुसार टोपबहादुरले राजनीतिक हिसाबले मिलाउने काम गरेका थिए ।

पैसा बुझ्ने व्यक्ति भने तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई हुन् । 

उक्त गिरोहका लागि काम गरिदिएबापत तत्कालीन गृहसचिव पाण्डेले करोडमा पैसा बुझेको पाइएको केसीको भनाइ छ ।

‘उनले करोडमा पैसा लिएको प्रमाणहरू फेला परेका छन् । अहिले अनुसन्धानकै क्रममा भएकाले किटान गरेर यसले यति लियो भन्न मिल्दैन,’ एसएसपी केसीले भने ।

अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकृतका अनुसार गिरोहका मुख्य नाइकेहरू सबैले करोडमा पैसा बुझेको देखिन्छ । 

टोपबहादुरका छोरा सन्दीपको नाममा काटिएको डेढ करोडको चेक नै भेटिएको थियो । शरणार्थी बनेर अमेरिका जाने मान्छे खोज्नेहरूलाई भने एकजना बराबर एकदेखि डेढ लाख दिएको पाइएको छ ।

‘बीचका मध्यस्थकर्ताको रेट एकदेखि डेढ लाख रूपैयाँसम्म रहेछ,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘उनीहरूले व्यक्ति खोजेर उनीहरूबाट पैसा बुझेबापत उक्त रकम पाउने गरेको देखिन्छ ।’

एक जनाबाट ४५ लाखसम्म ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । एसएसपी केसीका अनुसार अहिलेसम्म २३ करोड रुपैयाँ ठगिएको भन्दै जाहेरी आएको छ । अन्य जाहेरी पनि थपिन सक्ने भएकाले यो रकम बढ्न सक्ने देखिन्छ ।

‘अहिलेसम्मका जाहेरी र प्रमाणका आधारमा २३ करोडभन्दा धेरै कारोबार भएको देखिएको छ,’ डा. केसीले भने, ‘हाम्रो अनुमान ३४ करोडभन्दा धेरै कारोबार भएको भन्ने छ ।’

प्रहरीको सम्पर्कमा आएका १५४ जना पीडितको तर्फबाट २० वटा जाहेरी परेको छ । पोखराका थप केही पीडितहरू सम्पर्कमा आएको र उनीहरूले उजुरी दिन बाँकी रहेको केसीले बताए ।​

अमेरिका जाने लिस्टमा रहेका ४२९ जनामाथि अनुसन्धान गर्ने तयारी

पछिल्लो समय अमेरिका जानका लागि शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआरमा) सरकारले ४२९ जनाको नाम पठाएको छ ।

ती व्यक्तिहरूलाई सरकारले गठन गरेको समितिले प्रमाणित गरेर पठाएको हो । 

प्रहरीले प्रमाणित गरेर पठाएका नामहरूमा नक्कली शरणार्थी छन् कि भनेर अनुसन्धान गर्ने एसएसपी मनोज केसीले बताए ।

‘प्रमाणित भएका नाम भेरिफाई त गर्नुपर्‍यो नि, त्यहाँ पनि कतै नक्कली शरणार्थी छन् कि,’ एसएसपी केसीले भने ।

यस प्रकरणमा प्रहरीले इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायाण पाण्डे र सन्दीप रायमाझीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x