
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले चाहे सरकार ढाल्न सक्ने दाबी गरेका छन् ।
संख्या कम भए पनि सरकार ढाल्न आफूहरू सक्षम भएको उनले जिकिर गरे ।
शनिवार सिन्धुलीमाडीमा आयोजित कार्यक्रममा नेपालले थोरै सिट भनेर हेपे गठबन्धनलाई भारी पर्न सक्ने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको सिटको आधारमा आफूहरू चौथो दल रहेको उनको दाबी थियो ।
ठूलो दल रहेको अहंकारले एमाले एकपछि अर्को सत्ताबाट विमुख भएको भन्दै साना भनेर फरक व्यवहार गर्दा यसैले समस्या पार्न सक्ने उनको चेतावनी थियो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम जनतामा आशा जगाउने खालको भएको उनले बताए ।