×

‘आदिपुरुष’का लेखकको विवादित अभिव्यक्तिपछि नेपाली फिल्मकर्मीको एउटै स्वर – बहिष्कार गरौँ

लेखकले आधी ज्ञान लिएर आदिपुरुष बनाएछन् : दीपकराज गिरी

काठमाडाैं | असार ३, २०८०

प्रभास स्टारर भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर दिएको धारणाप्रति नेपाली फिल्मकर्मीले आक्रोश व्यक्त गरेका छन् । 

भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले जानकी भारतकै छोरी हुन् भनेर दाबी गरेका छन् । त्यस्तै, उनले उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको बताएका छन् । 


Advertisment

उक्त अन्तर्वार्तामा लेखकको कुरा सुनेपछि अभिनेता एवं निर्माता दीपकराज गिरीले फेसबुकमा लेखेका छन् ‘लेखकले आधी ज्ञान लिएर आदिपुरुष बनाएछन् ! नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ ।’ 


Advertisment

निर्माता एवं निर्देशक सन्तोष सेनले फिल्मलाई बहिष्कार गर्नुपर्ने फेसबुकमार्फत धारणा राखेका छन् । ‘आदिपुरुष लेखकले १९०३ मा नेपाल भारतसँग अलग भएको मूर्ख अभिव्यक्ति दिएको मा खेद् छ’ सेनले लेखेका छन् ‘यिनीहरुको फिल्मलाई बहिष्कार गरौँ ।’ 

यस्तै, लेखक एवं निर्देशक दीपेन्द्र के.खनालले फिल्मलाई नेपालमा बहिष्कार गर्नुपर्ने धारणा राखेका छन् । ‘सबै नेपालीले चलचित्र आदिपुरुष बहिष्कार गरौँ’ उनले फेसकुकमा लेखेका छन् । 

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले फिल्मका लेखको अभिव्यक्ति नसच्चिएसम्म हिन्दी फिल्मलाई बहिष्कार गर्न भनेका छन् । 

आजतकसँगको अन्तर्वार्तामा लेखक मुन्तशिरले नेपालमा भइरहको विरोधलाई आफूले बुझ्न नसकेको समेत बताएका छन् ।

भारतबाट नेपाल अलग नहुँदैको कहानी भएकाले सीता भारतकै छोरी रहेको उनले उक्त अन्तवार्तामा तर्क गरेका छन् । 

‘जुनबेलाको कहानी हो, त्यसबेला भारतको अंश हुने गथ्र्याे नेपाल । हामी सीतालाई भारतकी छोरी भनिरहेका छौँ भने भारतबाट नेपाल कहाँ अलग थियो र ? नेपाल त सन् १९०३ या ४ मा भारतबाट अलग भएको थियो’ उनले भनेका छन् –‘भारत नै थियो नेपाल । र, यो हिसाबले भारतकै छोरी थिइन् सीता । नेपाल त हाम्रो भाइ हो । हामी नै हौं । म नेपाललाई भारतभन्दा अलग मान्दै मान्दिनँ ।’

फिल्मको संवादको विषयमा नेपालले आफूसँग कुरा गरेको खण्डमा जानकी भारतकै छोरी हुन् भनेर सम्झाउन सक्ने समेत उनले बताएका छन् । राष्ट्रको रुपमा नेपाल र भारत अहिले पनि अलग नरहेको लेखक मुन्ताशिरको तर्क थियो । 

उनको उक्त तर्कलाई लिएर आइतवार संसदमा समेत प्रश्न उठेको छ ।

असार ८, २०८१

श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् ।  उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...

जेठ ५, २०८१

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य ​पेशाले चिकित्सक हुन् ।  लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहि...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x