×

NMB BANK
NIC ASIA

अमेरिकामा मनाइयो भानुजयन्ती

काठमाडाैं | साउन १, २०८०

NTC
Premier Steels

 अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ ।     
     
अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पु¥याएको योगदान र उनको सिर्जनाको बहुआयामिक पाटोको बारेमा चर्चा गरे ।      

Muktinath Bank

 उक्त अवसरमा मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डा ह्यारी भण्डारीले भानुभक्तले दुई सय वर्षअगाडि नै नेपाली भाषा र साहित्यको उत्थानका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा र साहित्यको जग बसाउन भानुभक्तले अतुलनीय योगदान गरेको बताए ।      


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भानुभक्तको रचनामा स्वतन्त्रताको लडाइँसमेत उल्लेख भएको स्मरण गरे ।      
कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले भानुजयन्ती मनाउन विदेशस्थित नियोगले विशेष पहल गर्नुपर्ने बताए । 
     
यसैबीच अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासले प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुरस्कार भारतमा बसेर साहित्य सिर्जना गर्ने रण काफ्लेको उपन्यास ‘रैथाने’लाई प्रदान गरिने भएको छ । दुई हजार डलर राशिको पुरस्कार उक्त कृतिलाई प्रदान गरिने भएको अनेसास पुस्कार छनोट समितिका संयोजक तीर्थ पाण्डेयले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x