×

NMB BANK
NIC ASIA

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | साउन १५, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

Muktinath Bank

कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लम्पी स्किनबारे यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कृषि र अर्थसँग पशुहरूमा लागेको रोगको विषयमा भएको कुराको प्रचारप्रसार नभएको समेत बताए ।


Advertisment
Nabil box
Kumari

लम्पी स्किन रोग यसअघि २ वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशहरूबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको  बताए ।

Vianet communication

प्रधामन्त्री प्रचण्डले भने, ‘छिमेकी देशमा यो रोग २ वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्व तयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरूमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र क्षति पनि !’

आगामी दिनमा पनि यी र यस्तै समस्या आउन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले बैठकमा भने, ‘अहिले रोग नियन्त्रणमा तत्काल काम गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउन सक्छन् भनेर भन्नेमा पूर्व तयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।’ 

चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए ।

लम्पी स्किन रोगले गरीब किसान मारमा परेका बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाईभैंसी पाल्ने किसान गरीब र निम्न वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानहरूलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रूपमा गोट पक्स भ्याक्सिन संघ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।

लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरूमा सचेतना फैलाउन जोड दिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । 

छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसाल, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, गणेश पाण्डे, रामप्रसाद थपलिया, कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल, सोही मन्त्रालयका कृषि तर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आईजी वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x