असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
चिकित्सा विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व हुन् डा. भोला रिजाल । नेपामा टेस्ट ट्यूब बेबी प्रविधि भित्र्याउने कार्यमा विशेष स्थान छ उनको ।
सन् २००४ मा सर्वप्रथम नेपाली आमाबुवाले सन्तान सुख प्राप्त गरेका थिए यसमार्फत् । डा. रिजालका अनुसार हालसम्म ५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी दम्पतीले सन्तान जन्माइसेका छन् यहीँबाट ।
अमेरिका, इटाली, बु्रनाई, जर्मनी, अस्टे«लिया, फ्रान्स तथा हङकङबाट समेत आउने गरेका छन् यहाँ । यसबाहेक गर्भपतनले सरकारी वैधानिकता पाउनुका पछाडि पनि त्यति नै ठूलो योगदान छ उनको ।
साहित्य, संगीत, कला र साहित्यको क्षेत्रमा पनि राम्रै परिचित छन् उनी । उनी आफैंले लेखेका गीत पनि छन्, गाएका गीत पनि छन्, आफैंले बनाएका सिनेमा पनि छन् । अनि आवश्यकता अनुसार मोडलिङ पनि गर्छन् आफैं । तथापि प्रत्यक्ष भेट भने भएको थिएन लामै समयसम्म ।
२०४७ सालतिर गोरखापत्रका लागि रिपोर्टिङ गर्दा फोनबाट सानो अन्तर्वार्ता लिनुबाहेक न भेट भएको थियो न कुराकानी नै ।
यस्तैमा सामाजिक काम विशेषले उनकै घर जानुपर्ने अवस्था आएको थियो हालै । साथमा थिए केही रिजाल बन्धुहरू । एकैछिनको बसाइबाट थाहा भयो, सोचेभन्दा बढी सभ्य, शिष्ट र सहृदयी रहेछन् उनी । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भन्ने कवि वाणी राम्रै चरितार्थ भएको पाइयो क्षणभरमै ।
फर्किने बेला आफैंले लेखेको एउटा किताब दिँदै बिदा गरे ढोकासम्मै आएर । किताब थियो उही ‘सेतोकोट’ हालैसालै विमोचन भएको ।
सेतोकोट यस्तो सेतोकोट हो, जुन डाक्टरी पेशामा लागेकाहरूले एकपटक पढ्नैपर्ने । त्यसमा पनि यस क्षेत्रमा लाग्न चाहने र भर्खरै लागेकाहरूले त छुटाउनै नहुने । यसको अर्थ यस क्षेत्रका लागि मात्र भन्ने होइन, सबै पेशाकर्मका लागि पनि उत्तिकै उपयोगी हुन सक्ने देखेको छु मैले ।
कूल १४८ पृष्ठको किताबमा डाक्टर, चिकित्सा पेशा, मेडिकल इथिक्स, सेतोकोट, सही उपचार, चिकित्सकका गुण, सत्यको अन्वेषण, चिकित्सकको मनोविज्ञान, चिकित्सकको धर्म, चिकित्सकको दायरा, मेडिकल संस्कार, नर्सिङ सेवा– सेवा, स्नेह र करुणाको पर्याय, अस्पताल, औषधि र जीवनशैली, स्वास्थ्य नीति, जसले जग बसाए, अनुपम पलहरू आदि शीर्षकका आलेखहरू छन् ।
चिकित्सा सेवामा लामो अनुभव छ डा. रिजालको । उनको यिनै अनुभव र अनूभूति सरल नेपाली भाषामा लिपिबद्ध भएका छन् यसमा । यद्यपि चिकित्सा सेवा प्राविधिक सेवा हो । तथापि सरल ढंगले अनेक दृष्टान्त दिएर सम्झाउने प्रयास भएकाले सुखानुभूति हुनेछ सबै पाठकलाई । लेखकले आफ्नो भनाइ र तर्कलाई थप प्रस्ट पार्न कतै वेदका मन्त्रहरू कोट गरेका छन्, कतै उपनिषद् दर्शनका दृष्टान्तहरू दिएका छन् । पाश्चात्य विद्वानहरूका भनाइ पनि ठाउँठाउँमै आएका छन् प्रसङ्गवश । पाठकलाई कतै आध्यात्मिक ग्रन्थको ठेली पल्टाएजस्तो लाग्न सक्छ भने कतै दार्शनिक ग्रन्थको पाना पल्टाउँदै गरेको अनुभूत हुन सक्छ ।
आखिर अध्यात्म र दर्शन भनेको पनि के हो र ? स्वकर्म, स्वधर्म र त्यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण नै त हुन्, जसलाई लेखकले रोचकशैलीमा प्रस्तुत गरेका छन् । खासगरी पेशाप्रतिको इमान्दारी, दायित्व र आफूले निर्वाह गर्नुपर्ने धर्मलाई कुनै पनि पेशाकर्मीले बिर्सनु हुँदैन । यिनै कुरा दर्शाउन, देखाउन र सिकाउन सफल भएजस्तो जस्तो लाग्छ सेतोकोट । हेरौं केही उदाहरण –
डाक्टरको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरालाई डाक्टर शीर्षकको आलेखमा यसरी प्रस्ट पारिएको छ, ‘डाक्टरको भूमिका एक धर्मगुरुको जस्तो हुनुपर्छ । उसले सधैं आफू स्वस्थ रहने र अरूलाई पनि स्वस्थ देख्न चाहने भावना राख्नुपर्छ । बढी रोगी आइदिए धेरै कमाइ हुन्थ्यो भन्ने सोचाइ कदापि राख्नु हुँदैन । हाम्रो मूल आदर्श हुनुपर्छ – सबै सुखी रहून्, कोही निरोगी नहून्, कसैले पनि कूभलो नचिताओस् र कोही दुःखी नहून् ।’ (पृष्ठ १८)
यसै शीर्षकको आलेखमा अगाडि बोलेका छन्, ‘प्रत्येक व्यक्तिले डाक्टरलाई भगवान् देखून् अनि प्रत्येक डाक्टरले बिरामी भित्रको भगवान्लाई देखून् ।’ (पृष्ठ २०)
चिकित्सा पेशा कस्तो हुनुपर्छ भन्ने कुरालाई चिकित्सा पेशा शीर्षकको आलेखमा यसरी सम्बोधन गरिएको छ, ‘मेरो बुझाइमा चिकित्सा पेशा निष्काम कर्म गर्ने मन भएकाहरूका लागि ज्यादा उपयुक्त हुन्छ । सकाम कर्म गर्नेहरू यो पेशामा नआएकै वेश । किनभने यो पेशामा सेवाको भावना नै पहिलो र मुख्य हुन सकेन भने त्यस्तो चिकित्सकले मानव जीवनको मूल्य बुझ्नै सक्दैन ।’ (पृष्ठ २४)
मेडिकल इथिक्स शीर्षकको आलेखमा कानून बाध्यकारी हुन्छ तर त्यो बाह्य शक्तिद्वारा लादिनुपर्छ भन्दै लेखक अगाडि बोल्छन्, ‘आचारसंहिता बाध्यकारी नभए पनि अलिकति तलमाथि पर्नासाथ नैतिक तथा चारित्रिक पतनको कारण बन्न पुग्छ ।’ (पृष्ठ २७)
सेतोकोट शीर्षकको आलेखमा सेतोकोटको महत्त्व यसरी अभिव्यक्त भएको छ, ‘सेतोकोट पाउन जति गाह्रो छ, यसको गरिमा जोगाउन अझ बढी मुस्किल छ ।’ (पृष्ठ ३७)
चिकित्सकका गुण शीर्षकको आलेखमा ‘जसमा जति बढी पेशागत समझ छ, उसको उन्नति त्यति नै बढी हुन्छ’ भन्ने प्रस्ट पार्दै उनी भन्छन्, ‘म किन चिकित्सक भएँ, मेरो पहिलो दायित्व के हो, चिकित्सकको मूल धर्म के हो, चिकित्सा पेशाको खास मर्म के हो, एउटा चिकित्सकका लागि यी प्रश्नको समग्र उत्तर नै पेशागत समझ हो ।’ (पृष्ठ ४७)
यसै आलेखको अर्को एक ठाउँमा चिकित्सकमा हुनुपर्ने गुणबारे यसरी उल्लेख गरेका छन्, ‘चिकित्सकको हृदय करुणाले भरिएको हुनुपर्छ । जब कुनै बिरामी उसको अगाडि आउँछ, उसको मनमा यो समझ हुनुपर्छ कि धर्तीकै सबैभन्दा महत्त्वपूर्ण व्यक्ति मसँग उपचार गराउन आइरहेको छ ।’ (पृष्ठ ५६)
डाक्टरको धर्म शीर्षकको आलेखमा तमाम डाक्टरहरूलाई उनको सुझाव यस्तो छ, ‘बिरामी जुनसुकै जात, सम्प्रदाय, लिङ्ग, वर्ण, राजनीतिक आस्था, आर्थिक हैसियत, पद, प्रतिष्ठा वा मुलुकको भए पनि चिकित्सकले उसलाई गर्ने व्यवहार भनेको उसको उपचार नै हो । आफू जुनसुकै परिवेशको भए पनि यी सबैबाट माथि उठेर बिरामीको सेवामा खट्नु नै चिकित्सकको वास्तविक धर्म हो ।’ (पृष्ठ ७३)
यसै आलेखमा उनी अगाडि भन्छन्, ‘एउटा आदर्श चिकित्सकका लागि बिरामी नै भगवान् र सेवा नै धर्म हो । यति बुझ्न सके उसले कुनै मन्दिर, मस्जिद वा चर्च धाइरहनुपर्दैन ।’ (पृष्ठ ७४)
मेडिकल संस्कारबारे उनको भनाइ यस्तो छ, ‘हिजो हाम्रा आमाबाबा, हजुरबाहरूसँग शिक्षा थिएन तर संस्कार थियो । त्यसैले निरक्षर रहँदा पनि उनीहरूको जीवन आजको जस्तो तनावपूर्ण थिएन । आज धेरै मानिसँग उच्च शिक्षा त छ तर उचित संस्कार नपाउँदा उनीहरू दुःख, चिन्ता र तनावमा छन् ।’ (पृष्ठ ९२ं)
अस्पताल, औषधि र जीवनशैली शीर्षकको आलेखमा अस्पताललाई मानिसले मानिसका लागि बनाएको मन्दिरको संज्ञा दिँदै उनले भनेका छन्, ‘अस्पताललाई मन्दिर र चिकित्सकलाई पुजारीको रूपमा लिने हो भने औषधिले स्वतः फूल–प्रसादको स्थान पाउँछ ।’ (पृष्ठ १०६)
यी केही उदाहरण हुन् । सबै शीर्षकको आलेखमा यस्तै–यस्तै शिक्षा र सन्देश पाउन सकिन्छ । यसबाट चिकित्सा पेशा कस्तो रहेछ, त्यहाँ जाने वा जान चाहनेले के–कस्तो व्यवहार गर्नुपर्ने रहेछ र यस पेशालाई उनले कसरी अनूभूत गरेका रहेछन् भन्ने कुराको प्रस्ट जानकारी पाउन सकिन्छ । यो उनको अनुभव पनि हो, अनुभूति पनि हो र एक किसिमले सुझाव पनि हो ।
जेहोस्, अहिलेलाई भूमिका लेखक स्वामी आनन्द अरुणको भनाइ सापटी लिँदै यति भनें, यो पुस्तक प्रत्येक डाक्टरको हातमा पुगोस्, यो पुस्तकबाट सबैलाई प्रेरणा मिलोस्, चिकित्सकजस्तो सम्मानित पेशाको गरिमा र गहनता बोध होस्, शुभकामना !
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...