×

NMB BANK
NIC ASIA

ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने

काठमाडाैं | साउन ३२, २०८०

NTC
Premier Steels

 ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप भोलिदेखि हुने भएको छ ।

Muktinath Bank

अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने उक्त प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । यसमा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स गरी पाँच–पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तान गरी छ राष्ट्रका करिब ५२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

छात्र तथा छात्रातर्फ समान २६–२६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक राष्ट्रबाट आठ–आठ खेलाडी तथा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको हैसियतले नेपाली खेलाडीले एक विधामा तीन खेलाडीले स्पर्धा गर्न पाउनेछन् भने अन्य राष्ट्रबाट दुई खेलाडीले स्पर्धा गर्न पाउनेछन् ।

Vianet communication

ब्याडमिन्टन एसियाका  विकास व्यवस्थापक थानाबालन अरिकृष्णनले एसियामा ब्याडमिन्टनको विकास र विस्तार गर्न के–कस्ता कार्यक्रम हुनुपर्ने भन्ने छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्नका लागि यस किसिमको प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x