कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पुर्याउन सहज भएको छ ।
जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ ।
अहिले भूमे –८ कुचिबाङका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा भूमे–४ को काँडाबगरमा पुर्याउँछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पुर्याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको कुचिबाङका किसान धनबहादुर बुढाले बताए । “सडक सुविधा छैन, हाम्रो गाउँमा भर्खर ट्रयाकओपन गरिएको छ”, उनले भने, “ट्रयाकओपन गरिएको बाटोमा गाडी नजाने भएपछि हामीले बिहान खाना खाएर एक डोको तरकारी बोकी पैदल खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गथ्र्यौं ।” तरकारी बजार पुर्याएर फर्कँदा बाटोमै झमक्कै रात पर्ने गरेको उनले बताए ।
कुचिबाङकै अर्का किसान झलक रोकाले तरकारी प्रशस्त उत्पादन हुने सम्भावना रहँदारहँदै पनि बजार पुर्याउन कठिन हुने भएकाले त्यहाँका किसानले तरकारी खेती नगरेको बताए ।
कुचिबाङका किसानलाई लक्षित गरेर रोपवे निर्माणको काम शुरु गरेपछि भने त्यहाँका किसानले तरकारी खेती गरेको र अहिले प्रशस्त मात्रामा तरकारी उत्पादन भएको रोकाले बताए । “कुचिबाङमा बन्दा, काउली, मुला, काँक्रा प्रशस्त मात्रामा उत्पादन भएको छ”, उनले भने, “बारीबाट तरकारी टिपेर प्याक गरी रोपवेमार्फत अचेल दुई मिनेटमा काँडाबगर पुर्याउने गरेका छौं । ” काँडाबगरमा पुगेको तरकारी खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गरेको उनको भनाइ छ ।
उनीहरूजस्तै भूमे–८ नं वडाका कुचिबाङ, मैबाङ, झिम्का, हाडीलगायतका ठाउँका दुई सय ४२ घरधुरीका किसानलाई रोपवेले आफूले उत्पादन गरेको उपजलाई बजारसम्म पुर्याउन निकै राहत मिलेको त्यहाँका स्थानीयले बताएका छन् ।
यस्तै मावि कुचिबाङका लेखापाल डिल्ली बुढाक्षेत्रीले विगतका वर्षको बर्खाको समयमा दिवा खाजा कार्यक्रमको सामान बोकेर विद्यालयसम्म पुर्याउन मुस्किल हुने गरेको बताउँदै यस वर्ष भने सजिलै रोपवेमार्फत आवश्यक सामान विद्यालयमा पुर्याएको बताए।
रुकुम (पूर्व)को भूमे –४ को काँडाबगरबाट भूमे–८ को कुचिबाङसम्म एक हजार एक सय ४४ मिटर लामो रोपवे निर्माण गरिएको छ । युके एडको आर्थिक सहयोग, विकास सरोकार समाज र प्राक्टिकल एक्सनको समन्वयमा ग्राभिटी गुड्स रोपवेको निर्माण गरिएको छ ।
युके एडको रु ४३ लाख ३२ हजार तीन सय ९१ र बाँकी श्रमदान गरी जम्मा रु ४८ लाख ६८ हजार छ सय ४७ लागतमा रोपवे निर्माण गरिएको हो । गत वर्ष माघ २३ मा शुरु भएको रोपवे निर्माणको काम गएको वैशाख २९ मा सम्पन्न भएको रोपवे नेपालका प्राविधिक शोभाकान्त काफ्लेले जानकारी दिए ।
प्राक्टिकल एक्सन नेपाल समुन्नति परियोजनाका प्रमुख देवदत्त भट्टले लुम्बिनी प्रदेशमा निर्माण गरेको ग्राभिटी गुड्स रोपवे यो दोस्रो भएको बताए । पहिलो रोपवे पाल्पामा निर्माण भएको छ । ‘जिरो इनर्जी’मा चल्ने रोपवे निर्माण गर्ने कार्य मात्र ठूलो नभई यसलाई निरन्तररूपमा सञ्चालन गर्नसक्नु नै ठूलो कुरा भएकाले यसको सञ्चालनलाई निरन्तरता दिन यहाँको स्थानीय सरकार सँगसँगै किसानको महत्त्वपूर्ण भूमिका हुने बताए ।
अहिले रोपवेबाट सामान उकाल्दा र ओराल्दा प्रतिकिलोको रु दुई लिने गरिएको छ । यसमा ७५ प्रतिशत अपरेटरलाई र २५ प्रतिशत रोपवेको मर्मतमा खर्च गर्ने गरी निर्णय गरिएको छ । यस रोपवेमा कुचिबाङबाट ९० किलो सामान काँडाबगर ओराल्दा काँडाबगरबाट ३० किलो सामान कुचिबाङ पुग्ने गरेको छ ।
सामान लोड गरी उकाल्दा र ओराल्दा काँडाबगर र कुचिबाङमा बस्ने अपरेटरले रोपवेको तारमा लठ्ठीले हान्ने गरेका छन् । एकपटक लठ्ठीले तारमा हान्दा रोक्ने र दुईपटक हान्दा सामान पठाउने सङ्केत रहेको छ ।
रोपवे सञ्चालनमा आएसँगै भूमे गाउँपालिकाले कुचिबाङलाई कृषि नमूना गाउँ बनाउने गरी योजना बनाइरहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । रोपवे सञ्चालनका लागि काँडाबगरबाट बजारीय सामान ३० किलोमाथि उकाल्दा अब कुचिबाङवासीले एकपटकमा ९० किलो उत्पादन काँडाबगर झार्न सक्ने कि नसक्ने भन्ने चुनौती थपिएको जनाउँदै अध्यक्ष श्रेष्ठले त्यस चुनौतीलाई सामना गर्ने गरी कृषिमा काम गर्ने बताए ।
साथै त्यहाँको उत्पादनलाई बजारीकरणका लागि भूमेमै रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थासँगै अन्य बजारमा सहकार्य गर्ने भूमे गाउँपालिकाले जनाएको छ । जिल्लामै पहिलोपटक रोपवे निर्माण भएपछि किसान उत्साहित भएका छन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...