×

सुडानी सेनाप्रमुख टर्की गएकै दिन डार्फरमा हवाई आक्रमणः कम्तीमा ४० सर्वसाधरणको मृत्यु

काठमाडाैं | भदौ २८, २०८०

वड मदानी– सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ । 

दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, ‘दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ । स्रोतले सुरक्षाको कारण देखाउँदै नाम नखुलाउन आग्रह गरेको थियो ।’


Advertisment

सुडानको दोस्रो ठूलो सहरमा गत महिना युद्ध चर्किएपछि दुई वटा बजारमा हवाई आक्रमण भएको र सर्वसाधारण हताहत भएको प्रत्यक्षदर्शीले यसअघि बताएका थिए ।


Advertisment

सुडानको एक चौथाई जनसङ्ख्या रहेको डार्फरको विशाल क्षेत्र बुरहानका पूर्व डेपुटी मोहम्मद हमदान डाग्लोको नेतृत्वमा नियमित सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको पाँच महिना लामो युद्धमा हजारौँ मानिस मारिएका छन् भने लाखौँ विस्थापित बनेका छन् । 

सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ देखि अहिलेसम्म करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।

खार्तुमको भगिनी शहर ओमदुरमानमा १७ जना सर्वसाधारणको मृत्यु भएको एक मेडिकल स्रोतले जानकारी दिएको एक दिनपछि बुधवारको आक्रमण भएको हो । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणमा आरएसएफको सम्लग्नता रहेको बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कका अनुसार आइतबार दक्षिणी खार्तुममा भएको हवाई आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।

सशस्त्र बलले खार्तूमको आकाशलाई नियन्त्रण गरिरहेको छ भने आरएसएफका लडाकूहरूले शहरका सडकहरूमा प्रभुत्व कायम राखेका छन् ।
बुरहानको टर्की भ्रमण अगस्टको अन्त्यपछि पाँचौं विदेश भ्रमण हो । बुरहान आफ्ना पूर्व डेपुटीसँग विनाशकारी शक्ति संघर्षमा वैधताको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सन् २०२१ मा आरएसएफको डाग्लोसँगको सहकार्यमा भएको ‘कू’ को नेतृत्व गरेदेखि नै राष्ट्रप्रमुखको भूमिका खेलिरहेका सेना प्रमुखले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ‘द्विपक्षीय सम्बन्ध र त्यसलाई बलियो बनाउने उपाय’ बारे छलफल गर्ने बुरहानको कार्यालयले जनाएको छ ।

गत महिनाको अन्त्यसम्म बुरहानलाई आरएसएफले खार्तुमस्थित सैनिक मुख्यालयमा घेराहालेको हाली राखेको थियो ।
रेड सीको तटीय शहर पोर्ट सुडानमा रहेको आफ्नो नयाँ कार्यालयबाट उनले इजिप्ट, दक्षिण सुडान, कतार र इरिट्रियाको भ्रमण गरिसकेका छन् । 

सुडान र यसका छिमेकी मुलुकहरूमा लाखौंको मानवीय सहायता आवश्यकता बढ्दै जाँदा हिंसा कम हुने कुनै सङ्केत देखिएको छैन ।
राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्धका कारण ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये १० लाख सीमा पार गरेर भागेका छन् ।
 

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x