×

NIC ASIA

कोशीमा अघोषित ‘मिल्क होलिडे’, दूधको बजार खोज्दै व्यवयायी पुगे बंगलादेशसम्म

उत्पादन बढ्यो, बिक्री हुन्न: खेर जान नदिन दूधलाई पाउडरमा परिणत

विराटनगर | असोज ११, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोशी प्रदेशमा दूधको उत्पादन बढेपछि विदेशका बजारको खोजी शुरू भएको छ । मागभन्दा बढी दूध उत्पादन हुन थालेपछि विदेशी बजार खोज्न थालिएको हो ।

अहिले कोशीमा आघोसित मिल्क होलिडे नै भइरहेको दूध उत्पादक कृषक तथा यसका व्यवसायी र उद्योगीहरू बताउँछन् । यसैले डेरी उद्योगीहरू दूधको बजार खोज्दै बंगलादेश पुगेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एशोसिएसन समेतको प्रतिनिधिमण्डल बंगलादेशमा दूध निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको सूर्योदय मिल्क एण्ड बेभरज इण्डष्ट्रिजका सञ्चालक अनुज यादवले जानकारी दिए ।  ‘बजारमा मागभन्दा बढी दूध आपूर्ति भएपछि उत्पादित दूध बजारमा खपत हुन छाड्यो । यसको समाधानका लागि व्यवसायीहरू नयाँ बजारको खोजीमा लागेका हुन्,’ उनले भने । 


Advertisment
Rupse Holidays
Nabil box

दूधको उत्पादन बढेसँगै कोशी प्रदेशमा दूधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् । यतिबेला तीनवटा डेरी उद्योगले पाउडर दूध उत्पादन गरिरहेका छन् । जेठसम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गर्ने गरेको थियो । यति हुँदा पनि किसानले उत्पादन गरेको सबै दूध खपत हुनसकेको छैन । जसले गर्दा दूध संकलन गर्दै आएका सहकारीहरूले अघोषित रुपमा मिल्क होलिडे लागू गरिरहेका छन् । 

Vianet communication

उत्पादन बढेपछि खेर जान नदिन दूधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको हो । किसानले उत्पादन गरेको दूध सहकारीहरूले संकलन नगर्दा आफूहरूले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेको किसानहरूको गुनासो छ ।

पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दूध डेरीहरूले संकलन गर्न छोडेको उनीहरूको भनाइ छ । ‘पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानबाट सहकारीले साँझको दूध किनिरहेको छैन,’ किसान भेषराज आचार्यले भने, ‘यो मिल्क होलिडेकै अवस्था हो ।’

केही महिनायता दूध उत्पादनमा निरन्तर वृद्धि भइरहेका कारण उत्पादित दूधको व्यवस्थापन गर्ने चुनौती डेरी उद्योगहरूले व्यहोर्नुपरेको छ । पछिल्लो समय कोशीमा व्यावसायिक गाईपालन बढेसँगै दूधको उत्पादनमा बृद्धि भएको छ । 

गत फागुनसम्म उत्पादित दूध जेनतेन बजारमा खपत भएको थियो । तर त्यसपछि बजारको मागभन्दा बढी दूध बजारमा आउनेक्रम अहिले निरन्तर भएको बताइन्छ । प्रदेशमा तीनवटा पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दूध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरू बताउँछन् । 

कोशीमा दुग्ध विकास संस्थान, सगरमाथा विशिष्टीकृत दुग्ध सहकारी संस्था लिमिटेड र सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले केही समययता निरन्तर पाउडर उत्पादन गरिरहेका छन् । किसानबाट संकलन भएको सबै दूध बजारमा खपत नभएका कारण डेरी उद्योगहरूले पाउडर बनाएर दूध मौज्दात राखिरहेका छन् । 

दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरस्थित दुग्ध वितरण आयोजनाले यसअघि दैनिक ८ हजार लिटर दूध संकलन गर्दै आएको थियो । अहिले उत्पादन बढेसँगै दैनिक २५ हजार लिटर दूध संकलन गर्न थालेको छ । संकलितमध्ये दैनिक ६ हजार लिटर हाराहारी दूधले मात्र बजार पाइरहेको डीडीसीका आयोजना प्रमुख परमानन्द चौधरीले जानकारी दिए । संस्थानको ढल्केबर र हेटौँडा आयोजनाबाट खपत नभएको दूध पनि पाउडर बनाउन विराटनगर आइरहेको उनले बताए ।  

दुग्ध वितरण आयोजना, विराटनगरसँग अहिले ४० हजार किलोग्राम धुलो (पाउडर) दूध र ७० हजार किलो नौनी (बटर) मौज्दात छ । डीडीसीले आफ्ना १० मध्ये ७ संकलन केन्द्रबाट नियमित दूध संकलन गर्दै आएको छ । इलामको कुटीडाँडा, लक्ष्मीपुर र पुवाखोला संकलन केन्द्रबाट भने अहिले दूध संकलन बन्द गरेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । 

हालसम्म झण्डै ५ लाख लिटर दूधको पाउडर बनाइसकेको विशिष्टीकृत सहकारी संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले जानकारी दिए । तर पनि किसानले उत्पादन गरेजति सबै दूध सहकारीहरूले लिन नसक्ने अवस्था देखिएको उनको भनाइ छ । दूधको उत्पादन बढेको तर बजार नबढ्दा उत्पादित दूधको खपतमा समस्या देखिन थालेको उनले गुनासो गरे । सुनसरीको तरहरास्थित कामधेनु डेरी उद्योगले गत वर्षको भदौ–असोज महिनामा दैनिक १० हजार लिटर दूध संकलन गर्दै आएकोमा यसपटक दैनिक १५ हजार लिटर गरिरहेको जनाएको छ । 

विभिन्न ४२ दूग्ध सहकारी मिलेर स्थापना भएको सगरमाथा विशिष्टीकृत सहकारी संस्थाले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको पाउडर प्लान्ट औपचारिक रुपमा उद्घाटन भएको छैन । तर साउन १५ मा परीक्षण उत्पादन गरेको प्लान्ट त्यसयता निरन्तर सञ्चालनमा छन् । यसैगरी विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले नियमित रुपमा धूलो दूध उत्पादन गरिरहेको जनाएको छ ।

उद्योगका सञ्चालक अनुज यादवले दूधको उत्पादन बढेको र बजार केही घटेको अवस्थाले असन्तुलन देखिएको बताए । सिराहा, झापा, मोरङ र सुनसरीका विभिन्न डेरी उद्योगले संकलन गरेको दूध पाउडरमा परिणत गर्न सूर्योदयमा ल्याउने गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

जेठ २, २०८१

लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले सञ्चारकर्मीहरूलाई नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गराएको छ । गत वैशाख २९ गते रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टमा गर...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x