×

NMB BANK
NIC ASIA

सरकारको नेतृत्वमा आलोपालो सहमति

प्रधानमन्त्रीको रेसबाट माधव नेपाल ‘ब्याक’ हुने संकेत, संवैधानिक जटिलता कि आन्तरिक कठिनाइ ?

काठमाडाैं | असोज १८, २०८०

NTC
Premier Steels

‘अब प्रधानमन्त्री को बन्छ भन्दै मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो,’ बुधबार जनकपुरधाम पुगेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भने, ‘नेपाली कांग्रेस र नेता शेरबहादुर देउवाजी पनि यही सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यही सरकारलाई अघि बढाउनुपर्छ भनेर लागेका छौं । कोही पनि यो सरकारलाई कमजोर बनाउन चाहँदैनौं । यो सरकारको खुट्टा तान्ने गरी लाग्दैनौं । सरकारलाई सफल बनाउन हाम्रो सहयोग रहन्छ ।’ 

Muktinath Bank

अहिलेकै सरकारलाई अगाडि बढाउने बताएका नेपालले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेकोबारे केही बोलेनन् । नेपालको पछिल्लो अभिव्यक्तिले तीन दलबीच भएको भनिएको सरकारमा आलोपालो गर्ने सहमतिबारे संशय देखिएको छ । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने भद्र सहमति सहमति भएको नेताहरूले बताउने गरेका छन् । साढे दुई वर्ष प्रचण्ड, त्यसपछि एक वर्ष माधव नेपाल र अन्तिम डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति बनेको बताइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको सहयोगमा गत वर्ष १० पुसमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, फागुनको दोस्रो साता राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गर्न गरेपछि गठबन्धनबाट एमाले सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच ५ वर्षसम्म आलोपालो सरकारको नेतृत्व गर्ने आन्तरिक सहमति भएको दाबी गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

प्रचण्डले ९ महिना सरकारको नेतृत्व गरिसकेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘प्रधानमन्त्रीका लागि ढुकेर बस्दिनँ’ भनेपछि सहमतिमा संशय देखिएको हो । संसद्मा कांग्रेसका ८८,  माओवादीका ३२ र एकीकृत समाजवादीका १० सांसद छन् । 

Vianet communication

संसद्मा १० सांसद मात्रै रहेको दलका नेताले प्रधानमन्त्री पाउनेमा विश्वस्त हुन नसकेर यस्तो अभिव्यक्ति दिएको हुनसक्ने कतिपयको टिप्पणी छ । यसले उनी प्रधानमन्त्रीको दौडबाट ‘ब्याक’ हुन खोजको संकेत पनि गर्छ । कतिपयले भने संवैधानिक जटिलताका कारण नेपालले बाध्य भएर प्रधानमन्त्रीको दौडबाट ब्याक हुन खोजेको ब्याख्या गरेका छन् । 

एमालेबाट विभाजन भएर बने पनि माधव नेपाललाई नेकपा समाजवादी पार्टीको औचित्य पुष्टि गर्न कठिन भइरहेको छ । अर्कोतिर नेता र कार्यकर्ता पलायन रोक्न पनि कठिन भइरहेको छ । प्रचण्डपछि १० सांसदको दलले सरकारमा धेरै दाबेदारी गर्दा सरकारबाटै बाहिरिनुपर्ने जोखिम पनि उत्तिकै रहेको समाजवादीकै एक नेताले बताए ।  ‘सबै सहमतिमा अडिए एउटा कुरा होला नत्र १० सिटको दलले प्रधानमन्त्री नभई हुँदैन भनेर लाग्दाको जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘पार्टी विभाजनपछि औचित्य पुष्टि गर्न गाह्रो परिरहेको छ । अर्कोतिर नेताहरूकोे एमाले पलायनले तनाब दिइरहेको छ । यस्तोबेला सरकारको दाबी गर्दा सरकारबाटै बाहिरिनुपर्ने र भएका सांसद पनि गुमाउनुपर्ने अवस्था आउन सक्छ । यसैले बरु गठबन्धनमै रहेर सरकारलाई बलियो बनाउनुपर्ने उहाँको तर्क ठीकै छ ।’ 

चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन बनाएर लडे पनि नेपाल नेतृत्वको एकीकृत समाजवादी केही मत नपुगेपछि राष्ट्रिय पार्टी बन्नबाट चुकेको थियो । संविधानको धारा ७२(२)मा दुई दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले सरकार छोडेर अर्को सरकार बनाउँदा पनि धारा ७२(२) अनुसारकै सरकार बन्ने भएकोले नेपाललाई प्रधानमन्त्री बन्न सहज नभएको कतिपयको तर्क छ । 

‘नेपाललाई प्रधानमन्त्री बन्न संविधानले रोक्दैन’

तर, अधिवक्ता शेरबहादुर केसी भने नेपाल सांसद भएकोले संविधानले प्रधानमन्त्री बन्न नरोक्ने तर्क गर्छन् ।  ‘संविधानको धारा ७६ को व्याख्याअनुसार बहुमतबाट दलहरू मिलेर, संसद् सदस्यबाट सरकार बन्ने हो । तर संसद्को सदस्य भएपछि संविधानको ७६ (२)बाट प्रधानमन्त्री बन्नलाई नेपाल रोकिंदैनन्,’ केसीले भने, ‘राष्ट्रिय पार्टी भनेर गरिएको व्याख्या संसद्को सुविधा प्राप्त गर्न हो । निर्वाचन आयोगमा दर्ता भएको दलले बहुमत जुटाउन सक्ने स्थितिमा सरकारको नेतृत्व गर्न सक्छ । राष्ट्रिय दलको मान्यता नभए पनि सांसद हुने भएपछि संविधान र कानुनले रोक्दैन, छेक्दैन ।’

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी पनि अहिलेको सरकार ७६(२) अनुसारकै भएकोले यो धारामा जतिपटक पनि सरकार बन्न सक्ने बताउँछन् । माधव नेपाललाई संविधानको धारा ७६(२)ले प्रधानमन्त्री हुन नरोक्ने उनले बताए । ‘अहिलेको सरकार ७६ (२) अनुसारकै हो । कुनै एक दलको प्रष्ट बहुमत नभएपछि संसदमा दलहरूले बहुमत जुटाउने ग्यारेन्टी गर्न सक्दासम्म यो धारामा टेकेर जतिपटक पनि सरकार बन्न सक्छ,’ बिडारीले भने, ‘यो धारा असफल भयो र विभिन्न दल मिलेर सरकार बनाउन सकेनन् मात्रै ७६ (३) हुँदै अन्य धारामा जाने हो । तर, माधव नेपाललाई यो धाराले र संविधानको व्याख्याले प्रधानमन्त्री हुन रोक्दैन ।’ 

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल पार्टीको अहिलेकै सरकारलाई समर्थन गर्ने र कमजोरीलाई केलाउने रहेको बताउँछन् । ‘अहिलेको सरकारलाई पूर्ण समर्थन गर्ने र कमी, कमजोरीको आलोचना गर्ने भन्ने नै हो । कुनै सहमति भएको भए समय भएपछि कार्यान्वयनमा आउला। तर तत्काललाई यो सरकारलाई समर्थन गर्ने अगाडि बढ्ने हो,’ उनले भने, ‘तर सरकारमा अहिले नै दाबी भन्ने कुरा छैन । भित्री समझदारी के भएको हो त्यो पनि हामीलाई जानकारी दिइएको छैन ।’

प्रचण्डपछि कांग्रेसको सरकार

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा आलोपालोप्रति पार्टी प्रतिवद्ध रहेको भन्दै प्रचण्डपछि कांग्रेसले प्रधानमन्त्री चलाउने बताउँछन् । तीन दलबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा कांग्रेस प्रतिवद्ध रहेको उनले बताए । ‘तीन दल कांग्रेस, माओवादीलाई दुई–दुई वर्ष र एक वर्ष समाजवादीलाई बीचमा वा अन्तिममा एक वर्ष प्रधानमन्त्री बनाउने भनिएको हो,’ विश्वकर्माले भने, ‘यो सहमतिलाई बदल्नुपर्छ भनेर कुरा उठेको छैन । अहिले समय आएको पनि छैन । किनकी प्रचण्डजीको दुई वर्ष पुगेको छैन । एउटा सहमतिबाट अर्को सहमति नहुँदासम्म कांग्रेस पहिलेकोमा प्रतिवद्ध छ ।’

माओवादी, नेकपा एकीकृत समाजवादीसहितका दलले मोर्चा बनाएकोले प्रचण्डपछि कांग्रेसले नेतृत्व गर्ने विषय आवश्यकता भएको उनी बताउँछन् । ‘उहाँहरूले समाजवादी मोर्चा बनाउनुभएको छ ।  माओवादी समाजवादी सबै एउटै भएकोले एक अर्कालाई छोड्ने वा लिने उहाँहरूको कुरा होला,’ विश्वकर्मा भन्छन्, ‘तर प्रचण्डपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति छ । मुलुकको आवश्यकता पनि यही हो ।’

यसैबीच डा. शेखर कोइरालाले पनि प्रचण्ड नेतृत्वको सरकार रहेसम्म मुलुक बर्बादीमा जाने भन्दै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताएका छन् । कपिलवस्तुको तौलिहवामा कांग्रेसको प्रथम जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो,’ कोइरालाले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x