×

NMB BANK
NIC ASIA

नीति महाधिवेशनकै रूपमा महासमिति बैठक

महासमिति बैठकको तयारीमा कांग्रेस- नयाँ दलको चुनाैतीदेखि नीति निर्माणसम्म एजेन्डा

काठमाडाैं | असोज २२, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमितिको बैठक आगामी मंसिर १३ देखि १५ सम्म काठमाडौंमा बस्दैछ । 

Muktinath Bank

कांग्रेसमा महासमिति महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय हो । कांग्रेसको विधानमा महासमिति बैठक महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष एकपटक बस्ने व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासमितिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनले गर्ने सबै कार्य गर्नेछ । त्यसैले महासमिति कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय हो । 


Advertisment
Nabil box
Kumari

बैठकको तयारीका लागि असोज ९ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न चारवटा समिति गठन गरेको थियो । 

Vianet communication

सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर बैठकको तयारीलाई अगाडि बढाइएको छ ।

समितिमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरू समेत पनि सहभागी छन् । 

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको थियो ।

पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समितिमा केन्द्रीय पदाधिकारीहरू र पार्टी प्रवक्ता रहनेछन् । आवश्यकतानुसार सभापतिले थप सदस्य मनोनयन गर्न सक्नेछन् । 

त्यस्तै महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्ने गरी तयारी गरिरहेका छन् । 

२१ महिनाअघि भएको १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो । त्यसैले अब बस्ने महासमिति बैठकलाई कांग्रेसले नीति महाधिवेशनको रूपमा पनि गर्ने निर्णय गरेको छ ।

‘चौधौं महाधिवेशनबाट विधान पारित गर्ने र नेतृत्व चयन गर्ने कार्य सम्पन्न भएता पनि पार्टीका विविध नीतिका बारेमा छुट्टै नीति महाधिवेशन आयोजना गरी छलफल गर्ने वैधानिक प्रावधान राखिएको थियो,’ कांग्रेसले भनेको छ, ‘नीति महाधिवेशन आयोजना गर्ने तयारी गर्दागर्दै महासमितिको बैठक बस्ने समय पनि भइसकेको र नीति महाधिवेशनले गर्ने काम महासमितिले गर्न सक्ने वैधानिक प्रावधान रहेकाले नीति महाधिवेशनले गर्ने कार्य गर्ने गरी महासमितिको बैठक यही मंसिर १३, १४ र १५ बस्न लागेको हो ।’

अझ यसपटक नीति महाधिवेशनको कार्यक्रम पनि यसभित्रै हुने भएकाले महासमिति बैठकको महत्त्व धेरै नै भएको नेताहरू बताउँछन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सोमबारबाट प्रस्ताव तयारी समितिले काम थाल्ने बताउँछन् । पार्टीका सामु आन्तरिक र बाह्य चुनौती देखिए पनि पार्टीले महासमिति बैठकबाट प्रभावकारी सन्देश दिने उनले बताए । 

‘प्रस्ताव समितिले काम थालेपछि भोलिदेखि प्रक्रिया अगाडि बढ्छ । हामीले गत महाधिवेशनमा नेतृत्वमात्रै चयन गरेकाले अब मुख्य काम नै नीति पारित गर्ने हो,’ विश्वकर्माले भने, ‘यसका अतिरिक्त विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीले एउटा प्रभावकारी धार महासमिति बैठकपछि समात्छ ।’

सबै खालको आरोहअवरोह पार गर्दै आएकाले कांग्रेसले नयाँ पार्टीहरूले निम्त्याएको क्षयीकरणलाई उठाउने रणनीति महासमितिबाट तय गर्ने दाबी उनी गर्छन् । 

‘कांग्रेस सबै आरोह र अवरोध खेप्दै आएको पार्टी हो । दुई तिहाइको पार्टीले सरकार छोड्नुपर्ने, 

प्रधानमन्त्रीको द्वन्द्वले पार्टी फुट्ने, प्रधानमन्त्रीलाई गिरफ्तार गरेर जेल हाल्ने र मधेश आन्दोलनमा लागेकाले अलग पार्टी गठन गरेर जाँदासमेत एक्लै अगाडि बढेको पार्टी हो,’ विश्वकर्मा भन्छन्, ‘हामीसँग आफ्नो साइजभन्दा निकै तल आएर दोस्रोमा खुम्चिएको अनुभवन पनि छ । पटक–पटक देशलाई नेतृत्व र निकास दिएको अनुभव पनि छ । यसैले पार्टीप्रति देखिएको निराशालाई उत्साहमा बदल्ने र स्वतन्त्रका नाममा भएको क्षयीकरणलाई कसरी पूर्ति गर्ने भन्नेमा रणनीतिक रूपमा हामी महासमितिबाट अगाडि बढ्छौं ।’

विधिविहीनताको प्रश्न पनि कांग्रेसामु उत्तिकै उठेका छन्, किनकि वर्षौंसम्म पार्टीका भ्रातृ संस्था तदर्थवादमा चल्दै आएका छन् । पार्टीका संरचनालाई पूरा नगरी तदर्थवादमा पार्टी चलेको वर्षौं भइसक्दाको चुनौतीलाई चिर्नुपर्ने अवस्थामा कांग्रेस छ । 

‘हामी सामान्यतया विधानलाई आधार मान्छौं । नेतृत्वका विषयमा सहमति ठीक हो । कतिपय समयमा सहमतिका नाममा विधान मिच्ने काम भएका छन् । सहमति गर्दा परम्परागत मान्यतामा चल्छौं र परम्परा छाड्दा विधानअनुसार गरिरहेका छौं,’ विश्वकर्मा भन्छन्, ‘सहमतिको नाममा समय लिँदा पदाधिकारी, विभाग गठनजस्ता विषयमा ढिलाइ भएको हो । तर, विधानअनुसार अगाडि बढिरहने हो भने समस्या हुन्न । हामी महासमिति पछि विधानलाई प्रभावकारी कार्यान्वयन गर्ने बाटोमा अघि बढ्छौं ।’

कांग्रेस युवा नेता गुरु घिमिरे सामान्य प्रक्रियामा मात्रै लगेर महासमिति बैठकलाई टुंग्याइए ठूलो भूल हुने बताउँछन् । 

‘दुई वर्षअघि नेता चयन भए, तर पार्टी नीतिविहीनतामा चल्यो । दुई वर्षसम्म कुन नीतिका आधारमा यत्रो ठूलो पार्टी कांग्रेस चल्यो ? हामीले कुन नीतिका आधारमा गठबन्धन गर्‍यौं ? शैक्षिक, परराष्ट्र, सरकार चलाउनेजस्ता नीति कुन धरातलमा टेकेर गरिए ? यी अवस्थाबाट मुक्त गर्न महासमिति ऐतिहासिक बन्छ ?’ घिमिरे प्रश्न गर्छन्, ‘पार्टी कार्यकर्ता र नागरिक कांग्रेसको नेतृत्वमा देश बन्छ भनेर विश्वस्त नभइरहेका बेला कांग्रेस एउटा दस्तावेज तयार पार्ने, प्रस्तुत गर्ने, आफूले चाहेकालाई बोल्न दिने, पार्टीका समस्यालाई उठाउनेलाई बोल्न निषेध गरेर महासमिति टुंग्याउने बाटोमा हिँडे यो पार्टीको ओरालो यात्रालाई कसैले रोक्न सक्दैन ।’

नयाँ नेतृत्व आएको दुई वर्षसम्म कांग्रेसले आन्तरिक संरचनालाई समेत पूर्णता दिन सकेको छैन । चुनावी समीक्षा र पार्टीले कसरी काम गरिरहेको छ भन्ने विषयमा समेत समीक्षा नगरेपछि झन् चुनौती थपिएको घिमिरे बताउँछन् । 

‘संसदीय निर्वाचनको हाम्रो नतिजा उत्साहजनक होइन, उपनिर्वाचनको झट्का त हाम्रा लागि ठूलो पाठ हुनुपर्नेमा केही नभएजस्तो गरिँदैछ,’ घिमिरे भन्छन्, ‘नेतृत्वमा युवाहरू पनि जानुभएको छ । तर, दुई वर्ष कार्यकालमा पार्टीको सञ्चालन र कार्यसम्पादन चित्तबुझ्दो छैन । परम्परागत ढर्रा हुने हो भने नयाँ दलको बेगबाट बच्न अब गाह्रो छ ।’ 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल नेपाली जनताले भोग्नुपरेको महंगीको मार, संविधान र व्यवस्थाप्रति उठेको नैराश्यता एवं आफ्नै दलको बिग्रँदो छविलाई चिर्न महासमिति केन्द्रित हुनुपर्ने बताउँछन् । 

‘नेपाली जनताले महंगी र मूल्यवृद्धिको अस्वाभाविक समस्या भोग्नुपरेकोछ । हरेक ठाउँमा नागरिक निराश छन् । नागरिकहरूमा संविधानप्रति निरपेक्ष हुने क्रम बढेको छ । अर्थात्, संविधान नै गलत रहेछ भन्ने धार बढ्दो छ । कोशीको एक वर्षमा ५/६ वटा सरकारको अभ्यासले ठूलो जनमानसलाई संघीयताविरुद्ध जाने ठाउँ दिएको छ,’ दाहाल भन्छन्, ‘यस्तोमा कांग्रेसको ऐतिहासिक छविलाई पुनःस्थापित गरेर वर्तमानलाई  पुनःस्थापित गर्नुपर्ने र सबल कांग्रेस कसरी बनाउने सन्देश महासमितिबाट दिनुपर्ने छ ।’

पार्टी राजनीति पावर भर्सेस पावर देखिएको भन्दै दाहालले त्यसलाई चिर्न नसके कांग्रेसको महासमितिले कुनै सन्देश दिन नसक्ने बताए । 

‘१९८४ मा भारतको राजनीतिमा बिजेपी एउटा सिटमा थियो । तर, पछिल्ला वर्ष भारतमा बिजेपीको जगजगीबारे सबै जानकार छौं । राजनीतिमा विकल्प खुला भइरहन्छ, तर चुनौती रहिरन्छ,’ दाहाल भन्छन्, ‘चुनौती छ भन्ने लाग्छ भने कांग्रेसले आफूलाई सुधार गर्नुपर्छ । तर जे चलेको छ, त्यो पुरानै लयमा छ । नयाँ पुराना नेताको बहस छ, तर लडाईं कसले शक्ति हत्याउने भन्ने नै देखिन्छ । कांग्रेसको पुरानो मात्रै होइन, नयाँ पुस्ता पनि शक्तिको भोकबाट पछाडि हटेको देखिँदैन । यसलाई चिर्न नसके कांग्रेसका दिन कठिन हुनेछन् ।’

क–कसले भाग लिन्छन् महासमितिमा ? 

कांग्रेसमा केन्द्रीय महाधिवेशन गर्ने बेलामा प्रतिनिधिसभाको क्षेत्रीय समितिबाट महासमिति र महाधिवेशन प्रतिनिधि एकैपटक निर्वाचित हुने गर्छन् । एउटा प्रतिनिधिसभाको क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा यिनैमध्येबाट प्रत्येक क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्य छानिन्छन् । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र प्रत्येकबाट ११ जनाका दरले आउने १८१५ जना नै कांग्रेसको महासमिति सदस्य हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x