×

NMB BANK
NIC ASIA

आवेगमा जघन्य अपराध

सासूको शव भकारीमा लुकाएको घटना– सामान्य विवादमा हत्या गरेको बयान

काठमाडाैं | असोज २५, २०८०

NTC
Premier Steels

सल्यानको सिद्धकुमाख गाउँपालिकामा बुहारीले सासूको हत्या गरी भकारीमा शव लुकाएको विषय पछिल्लो एक सातायता चर्चामा छ ।

Muktinath Bank

१८ वर्षीया बुहारी शर्मिला बुढाथोकीले ४९ वर्षीया सासू गणेशी रोकाको हत्या गरेको अरोपमा अनुसन्धान भइरहेको छ । गणेशीको हत्या भएको ४ दिनपछि मात्र शव फेला परेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीका अनुसार शर्मिलाको ४ महिनाअगाडि मात्र विवाह भएको थियो । 


Advertisment
Nabil box
Kumari

‘हत्याको अन्य कारण देखिँदैन, भर्खर १८ पुगेकी युवतीले चाँडै विवाह गर्दा सामान्य झगडामा आवेगमा आएर हत्या गरेको देखिन्छ,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘सामान्य विवादमा हत्या गरेको भनेर उनले स्वीकारेकी छन् ।’

Vianet communication

डीएसपी कार्कीका अनुसार शर्मिला बेला–बेलामा बिरामी हुने गरेकी थिइन् । त्यो कुरा थाहा पाएर नै गणेशीका कान्छा छोरासँग उनको विवाह भएको थियो ।

त्यो विषयलाई लिएर सासूले समय-समयमा मानसिक तनाव दिने गरेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । 

अस्पताल लैजानुस् भन्दा निको हुन्छ भन्दै चर्च लैजाने गरिएको बयान शर्मिलाले दिएकी छन् । परिवारका सदस्य क्रिश्चियन भए पनि शर्मिला अर्कै धर्मको रहेको डीएसपी कार्कीले बताए ।

कसरी भयो घटना ?

असोज १५ गते बिहान शर्मिलाका श्रीमान् अम्मर रोका टिमुर टिप्न भन्दै मामाघर गएका थिए । शर्मिला बिरामी भएको भनेर घरमा सुतिराखेकी थिइन् । 

सासू गणेशीले धान भित्र्याउनका लागि खेतमा जानुपर्ने बताइन् । त्यही विषयमा विवाद भएको शर्मिलाले प्रहरीसँग बताएकी छन् ।

सामान्य विवादपछि खेतमा पुगेका उनीहरूबीच त्यहाँ फेरि विवाद भएको पाइएको छ ।

‘खेतमा मलाई सासूले भुत्ल्याउनुभयो,’ उनले प्रहरीसँगको प्रारम्भिक बयानमा भनेकी छन् । 

खेतबाट फर्किएपछि घरमा विवादले उग्ररूप लिएको पाइएको प्रहरीले जनाएको छ ।

‘शुरूमा चिर्पट प्रहार गर्दा सासु बेहोश भएकी रहिछन्,’ एक प्रहरी अधिकारीले भने, ‘त्यसपछि पटक–पटक चिर्पट प्रहार गरेर सलले घाँटी समेत कसी हत्या गरेको पाइएको छ ।’

त्यसपछि उनले शव भकारीभित्र लुकाएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार उनले कसैले थाहा नपाऊन् भनेर घर रातोमाटोले लिपेकी थिइन् ।

परिवारका सदस्यले गणेशीलाई ४ दिनसम्म खोजेका थिए । शर्मिलाले ‘घाँसको भारी लिन जानुभएको थियो’ भन्ने जवाफ दिएकाले घरदेखि जंगलसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खोजीकै क्रममा गणेशीको शव भकारीमा फेला परेको हो ।

‘उनीहरूले पहिला आफन्तको घरदेखि जंगलमा समेत खोजेका रहेछन् । कहीँ फेला नगरेपछि खोजिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए,’ डीएसपी कार्कीले लोकान्तरसँग भने । 

पछि मृतकका दाजु बलवीर बस्नेतले शव फेला पारेका हुन् । शव भेटिएपछि प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले शर्मिलालाई असोज १९ गते घरबाटै पक्राउ गरेको हो ।

गणेशीको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको छ । अभियुक्त शर्मिलामाथि जिल्ला अदालत सल्यानबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x