×

NMB BANK
NIC ASIA

हमासको भूमिगत ‘शहर’ निशानामा

काठमाडाैं | कात्तिक ११, २०८०

NTC
Premier Steels

प्यालेस्टिनी लडाकूलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजा पट्टीमा हमासको सुरुङको विशाल सञ्जाल मुख्य निशाना बनेको विज्ञहरूले बताएका छन् ।

Muktinath Bank

सेनाले शनिबार गाजामा रातको समयमा १५० वटा ‘भूमिगत लक्ष्य’ मा आक्रमण गरेको र त्यसले ‘आतङ्कवादीको सुरूङ’ र ‘जमिनमुनिका लडाकू स्थानहरू’ ध्वस्त पारेको र हमासका लडाकूहरू मारिएको बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार ४०० जनाको ज्यान लिएको इजरायलले बताएको छ । सेनाले गाजा क्षेत्रको सुख्खा शिविरमा शहरी युद्ध प्रशिक्षणलाई तीव्र बनाएको छ जहाँ गाजाको प्रतिकृति शहर निर्माण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

इजरायलले अपहरण गरिएका २२० भन्दा बढी व्यक्तिहरूलाई सुरुङमा राखिएको पनि बताएको छ ।

Vianet communication

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार तीन हप्ताको युद्धमा इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी बालबालिकासहित सात हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

हमासको सैन्य शाखाले आक्रमणमा करिब ५० जना बन्धक मारिइसकेको दाबी गरेको छ तर यसलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

विगतका हिंसात्मक भड्काव र युद्धहरूमा, इजरायली जेटहरूले विशाल सुरुङ नेटवर्कको केही भागहरूमा प्रहार गरेका छन् जुन हमासले वर्षौंदेखि निरन्तर विकास गरेको वा पुनर्निर्माण गरेको छ । यसलाई इजरायली सैनिकहरूले अक्सर ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्छन् ।

करिब ४० किलोमिटर लामो उक्त क्षेत्रमा ५०० किलोमिटर (३०० माइल) सम्म फैलिएको उक्त क्षेत्रलाई ध्वस्त पार्न सेनाले निरन्तर नयाँ हतियारको खोजी गरिरहेको छ ।

इजरायली दैनिक मारिभले अक्टोबर ७ मा भएको आक्रमणपछि व्यापक रूपमा अपेक्षित भूमि आक्रमणको तयारी गरिरहेका बेला यसै हप्ता यसलाई ‘भूमिगत नरक’ भनेको छ ।

हमासले अहिलेसम्म रिहा गरेका चार बन्धकमध्ये एक ८५ वर्षीया योचेभेद लिफशिट्जले इजरायल फर्केपछि आफू सुरुङको ‘माकुराको जालो’मा हिँड्न बाध्य भएको बताएका छन् । 

अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टका मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक शहरहरूमुनि एउटा अर्को शहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताए ।  

सैन्य विज्ञका अनुसार हमासले आफ्नो नेतृत्व, लडाकु, मुख्यालय, सञ्चार, हातहतियार, पानी, खाद्यान्न, गोलाबारुदजस्ता आपूर्तिलाई स्थलगत आक्रमणको तयारीका लागि आफ्नो सुरुङ परिसरमा राखिसकेको छ ।

यी सुरुङमा आफ्नै विद्युत् आपूर्ति, भेन्टिलेसन र खाद्यान्न तथा पानीको मौज्दात रहेको पर्यवेक्षकहरूले बताएका छन् ।

वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विश्लेषक तथा अवकाशप्राप्त अमेरिकी सेनाका जनरल मिक रायनले भने, “हमासले आफ्नो भूमिगत सञ्जालको फाइदा उठाउँदै लडाकूलाई सही समयमा सही ठाउँमा सार्न सक्छ वा उनीहरूलाई प्रभावकारी रूपमा सम्हाल्न नसक्ने खतराबाट टाढा लैजान सक्छ ।

इजरायलले विशेषज्ञ कमाण्डो इञ्जिनियरहरूलाई सुरुङ पत्ता लगाउन र नष्ट गर्न तालिम दिएको पश्चिमी विज्ञहरूले बताएका छन् । सेनाले भूमिगत रुपमा काम गर्नका लागि कुकुरलाई विशेष तालिम समेत दिएको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x