माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
काठमाडाैं | मंसिर ११, २०८०
१४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महामन्त्री जिते पनि गगन थापाले पार्टी रूपान्तरणको विचार समूहलाई अगाडि बढाउने तयारी गरेका छन् ।
परम्परागत गुट र धारबाट पार लगाउन नसकिने भन्दै थापाले यस्तो प्रवृत्तिविरुद्ध युवालाई समेटेर रूपान्तरणकारी धारको नेतृत्व गर्ने तयारी गरेका हुन् ।
परम्परागत पार्टी सञ्चालनको शैलीसँग थापा सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालासँग पनि असहमत छन् । त्यसैले थापाले १५ औं महाधिवेशनलाई लक्षित गर्दै युवा नेतालाई समेटेर नवीन धारको नेतृत्वलाई प्राथमिकता दिएका हुन् ।
शेखरसँगै ट्युनिङ मिलाएर अगाडि बढ्न खोजे पनि एकपछि अर्को परिस्थिति अनुकूल नभएको निचोडमा थापा पुगेका छन् । त्यसैले कसैलाई नचिढ्याउने तर आफ्नो मिसनमा अलमल नगर्ने उनको नीति देखिएको विश्लेषक शंकर तिवारी बताउँछन् ।
‘कांग्रेस महामन्त्री आफैंलाई जिताएको टीमबाट आफैं टाढिनुभएको छैन । तर, उहाँ संसदीय दलको नेतामा उठ्दा केन्द्र र प्रदेशका मन्त्री चयन गर्दा मात्रै होइन, कोशीमा मुख्यमन्त्री बनाउँदाको तनावले अब आफ्नै लयमा अगाडि बढ्नुपर्छ भन्ने तयारीमा पुग्नुभएको देख्न सकिन्छ,’ तिवारी भन्छन्, ‘एउटै टीमको भन्ने तर महामन्त्रीलाई बेवास्ता गर्दै जिल्ला-जिल्लामा उहाँलाई छेक्न खोजेपछि अब यसरी हुँदैन, पार्टी रुपान्तरण गर्न युवा विचार समूहलाई समेट्ने र पाकाको विश्वास जित्ने बाटोमा उहाँ हिँडेको देखिन्छ ।’
मुख्यगरी शेखरसँग एकएपछि अर्को असन्तुष्टि बढ्दै गएपछि नयाँ राजनीतिक ध्रुवीकरणतर्फ थापा लम्केको उनको टिप्पणी छ ।
‘टीममा मिलेर जानुपर्छ भन्दा धादिङ, गुल्मी र नवलपुरमा शेखर डाक्टरसावलाई उहाँपक्षीय नेताहरूले हतार गरेर दौडाए । तर, मञ्चमा कसलाई राख्ने भन्ने तनावले कार्यक्रममा उहाँलाई उभ्याउन सकेनन् । यसैले सबै ठाउँमा उहाँ ब्याकफायरमा पर्नुभयो,’ तिवारी भन्छन्, ‘त्यसैले अब महामन्त्रीजीले आक्रामक नहुने तर चुपचाप आफ्नो विचार समूहको युवा पंक्तिलाई अगाडि बढाउने तयारी गर्नुभएको छ ।’
थापाले पार्टी र संसद्का औपचारिक कार्यक्रमबाहेक अब काठमाडौं बाहिर डुल्ने तयारी गरेका छन् । पछिल्लो समय रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, बाग्लुङ र नवलपुरको यात्राले नवीन रूप लिएको उनीनिकट एक नेता बताउँछन् ।
‘उहाँले पहिले सामाजिक सञ्जालमा फर्मल स्टाटस लेख्नुहुन्थ्यो र राजनीतिक सन्दर्भमा मात्रै धारणा दिनुहुन्थ्यो, तर पछिल्लो जिल्ला भ्रमणपछि घटना विशेषभन्दा तालिकाबद्ध घटनाको सिलसिला उहाँको स्टाटसमा देखिन्छ । मानिसहरूलाई उनीहरूको लिडर हुँ भन्ने बोध गराउन खोज्नुभएको छ । त्यस्तै आशयका सामग्री र फोटो सेयर गरिरहनु भएको छ । यसैगरी अब पार्टीका औपचारिक कार्यक्रमबाहेक देशभर डुल्ने, जनता र कार्यकर्ताको मुड बुझ्ने र १५ औं महाधिवेशनको तयारीमा जुट्ने गरी लाग्नुभएको छ ।’
जिल्ला डुलेपछि थापाले आफूलाई टीमको नेता जस्तो गरी प्रस्तुत गरिरहेका छन् ।
‘गुल्मीको उत्साह नै बेग्लै ! म हिजो दिनभर गुल्मीमा थिएँ । यहाँ रहँदा रुरु–रेसुङ्गा घुमें । यहाँ अग्रज आमा–बुवा, युवा साथीहरूसँग भेटेर कुरा सुन्दै, साट्दै, बुझ्दै समय बित्यो । नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलनका लागि चिदिचौरमा जम्मा हुनुभएका साथीहरूको उपस्थिति र उत्साह साँच्चै नै विशेष थियो । अहिले गुल्मीको अपार माया लिएर जाँदैछु । भेट्न र रुरु–रेसुंगा घुम्न ‘जाऊँ हिँड रेसुंगा’ भन्दै म फेरि आउनेछु,’ सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘अब म पश्चिमको छोटो यात्रा सकाएर काठमाडौँ फर्कनेछु । त्यसपछि, पार्टीका महत्त्वपूर्ण काम सकाएर, पूरै नेपाल यात्राको तयारीमा लाग्नेछु । अब तपाईंहरूसँग भेट यसैगरी तपाईंहरूकै ठाउँमा हुनेछ ।’
देशैभर डुलेर माहोल बुझ्ने र १५ औं महाधिवेशनमा नेतृत्व लिने गरी अगाडि बढ्ने सोचमा थापा छन् । अघिल्लोपटक यसरी डुल्दा उनीसँग पार्टीको पद थिएन । तर यतिखेर पार्टीको संगठनमा बलियो प्रभाव पार्न सक्ने महामन्त्रीको भूमिकामा छन्, जसमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि उनीसँग छन् । यसैले सभापतिलाई समेत विश्वासमा लिएर देशभर आफूहरूको पक्षमा माहोल बनाउने गरी अगाडि बढ्ने पक्षमा थापा पुगेका छन् । पार्टीको शक्तिशाली पदमा बहाल हुँदा देशभर पुग्दाको फाइदा अत्यधिक हुने बुझाइ उनको छ ।
गुल्मीमात्रै होइन, थापाले अर्घाखाँची र भूकम्प प्रभावित जिल्लामा जाँदा पनि नेता/कार्यकर्ता र नागरिकसँग नजिक छु भन्ने देखाउने खालका सामग्री र फोटोलाई प्राथमिकता दिएका छन् ।
युवा धारको नेतृत्व
थापा कांग्रेसमा लोकप्रिय युवा नेतामध्येमा सबैभन्दा अगाडि छन् । पार्टीका विरोधी र विपक्षी कित्ताले समेत थापाको प्रभाव र लोकप्रियतालाई रुचाउने गरेका छन् । यसै लोकप्रियताको बलमा थापाले अब पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू गुरुराज घिमिरे, प्रदीप पौडेल समेतलाई पनि विश्वासमा लिएर हिँड्ने तयारी गरेका छन् ।
‘परम्परागत रूपमा कांग्रेसमा विरासत र पुराना नेताको अझै पनि एकलौटी वर्चस्व छ । बदलिँदो विश्व परिवेश र नेपालकै पनि नयाँ दलको चुनौतीलाई चिर्न अब युवाहरू एकै ठाउँमा उभिन जरुरी भइसक्यो,’ कांग्रेसका अर्का एक नेता भन्छन्, ‘अब पार्टीमा हामी नै सबै चुनौती सामना गर्ने शक्ति हौं भन्ने बोध गगन, विश्व, गुरु र प्रदीपले दिन सकेनन् भने नयाँ पुस्ताले यिनीहरूलाई पनि पर्खिँदैनन् ।’
सभापति देउवासमेत सहभागी भएको नवलपुरको जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै थापाले युवाको पुस्ता पार्टी र देशको नेतृत्व लिन तयार रहेको बताए । घरभित्र धेरै दक्ष नेताहरू आइसकेको भन्दै उनले भर गरेर जिम्मेवारी हस्तान्तरण गर्न पनि आग्रह गरे ।
‘कांग्रेसलाई बलियो बनाएर, व्यवस्थालाई बलियो बनाएर, परिस्कृत गरेर जानुपर्छ । मैले त भनिसकेको छु, हाम्रो पुस्ता सिंगो पार्टी र सिंगो देशको जिम्मा लिन तयार छ । सभापतिलाई पनि भनेको छु । पार्टी बैठकमै भनेको छु । सम्मानको साथ भनेको हुँ, दुराग्रह राखेर भनेको होइन,’ थापाले भने, ‘पार्टीका नेताले अब अभिभावक बनेर बस्छु भन्नुपर्छ । मेरै घरभित्र, विद्यालय र विश्वविद्यालयभित्र यति धेरै मान्छे आइसकेका छन्, अब यिनलाई भर गर्न सक्छु भनेर आफ्नो जिम्मेवारी सारेर हाम्रो काँधमा हाल्दिने हो भने बकाइदासाथ त्यो भारी काँधमा हालेर हिँड्न तयार छौं ।’
गगनलाई १४ औं महाधिवेशनयता नै विश्वप्रकाशले दरिलो साथ दिएका छन् । उनलाई संसदीय दलको नेता बनाउने र प्रधानमन्त्रीमा अगाडि बढाउने सार्वजनिक उद्घोष शर्माले गरेका थिए । कोशीमा डा. शेखरले गराएको विद्रोहविरुद्ध पनि गगन र विश्व विरोधको एउटै कित्तामा उभिए । कोशीको विद्रोह साम्य नहुँदै गगन, विश्व र प्रदीपहरूले अब आफूहरूले युवा भावनाको प्रतिनिधित्व गर्ने संकल्प गरेका छन् । कुनै समय डा. शेखर निकट भए पनि गुरुले कोशीको विद्रोहको विरोध गरेका थिए । उनले पार्टीमा एउटा समूहको रूपमा शेखर र गगन अझै पनि मिलेर जानुपर्ने मत राख्दै आएका छन् ।
युवा नेता प्रदीप पौडेल राजनीतिक संक्रमण अन्त्य भएको थुप्रै वर्ष बिते पनि राजनीतिक र दलीय नेतृत्वले जनतामा विश्वास पैदा गर्न नसकेको टिप्पणी गर्छन् ।
‘हामीले जनताका निम्ति राजनीतिक व्यवस्था त बदल्यौं, तर उनीहरूको अवस्था परिवर्तन गर्न सकेनौं,’ पौडेल भन्छन्, ‘यसैले ठूलो नागरिक पंक्तिमा निराशा, आक्रोश र वितृष्णा छ । यस्तो बेलामा पनि हामीले मिलेर आशा जगाउन सकेनौं भने हामी कोही पनि माफीका पात्र हुन सक्दैनौं । यसैले कम्तीमा प्रगतिशील सोच राख्ने नेताहरू मिलेर रूपान्तरण अभियानमा लाग्नैपर्छ ।’
पुराना र सिनियरलाई मात्रै नेता र नेतृत्व मान्ने परिपाटीविरुद्ध हस्तक्षेप गर्ने गरी थापासहितका युवा नेता अगाडि बढ्ने तयारीमा जुटेका छन् ।
‘सामान्यतया हाम्रो र दक्षिण एसियाको राजनीतिमा आफूभन्दा बढी उमेरकोलाई मात्रै नेता मान्ने जस्तो मनोविज्ञान छ, यसलाई चिर्नैपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे भन्छन्, ‘बेलायतमा ५ वर्ष प्रधानमन्त्री भएका डेभिड क्यामरुन अहिले परराष्ट्र मन्त्री भएका छन् । हामीले यस्ता अभ्यासबाट सिक्नुपर्छ । उदार हुनुपर्छ । सामन्ती सोच राख्नै हुन्न ।’
समयको प्रवाह, नेता र कार्यकर्ताको भावना बुझ्ने गरी जो कोही आए पनि स्वीकार्न पार्टी पंक्ति तयार हुनुपर्ने मत उनको छ । तर, समय, जवानी र आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा र ऊर्जा खर्च गरेको पुरानो पुस्तालाई पनि विश्वासमा लिनुपर्ने उनी बताउँछन् ।
कांग्रेस जस्तो पुरातन पार्टीका युवालाई मात्र समेटेर नेतृत्वमा पुग्न मुस्किल छ । पुरानो पार्टी पंक्तिलाई विश्वासमा लिनुपर्ने बाध्यतामा थापा छन्, किनकि पछिल्लोपटक शेखर टीमबाट महामन्त्री जित्नु र लोकप्रिय युवा नेता हुनुबाहेक थापासँग बलियो र परम्परागत लिगेसी छैन । त्यसैले दबाब र प्रभावको राजनीति चल्ने कांग्रेसमा पुरानो र नयाँ पुस्ता सबैको सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने चुनौती थापासामु छ ।
अझै पनि पार्टीमा एउटा समूहको नेताको रूपमा अगाडि बढ्न नसक्दा आकांक्षा राखे पनि सभापति जित्न गगनलाई सकस पर्ने देखिन्छ, किनकि एकातिर बलियो पकड भएको संस्थापन छ, अर्कोतिर यसअघि गगनलाई नै महामन्त्री बनाएको शेखर पक्ष पनि कमजोर छैन । यसबीच मौलिक र नवीन विचार पस्केर आफूलाई अब्बल बनाउनुपर्ने चुनौती उनको अगाडि देखिन्छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...