×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सुरु भयो अंग्रेजी नयाँ वर्ष, बालकुमारी घटनामा सरकारको नयाँ निर्णय

काठमाडाैं | पुस १६, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

ट्रंक तथा डेडिकेटेड लाइनको महसुलका नाममा विद्युत् काटेर नेपाल विद्युत प्राधिकरणले आफूहरूमाथि अत्याचार गरेको गुनासो उद्योगी÷व्यवसायीहरूले गरेका छन् । काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गरेर उद्योगीहरूले विना कुनै बिल, विना कुनै प्रमाण रकम दाबी गरिएको तथा लाइन काटिएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेडिकेटेड लाइन तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका कुल ६१ उपभोक्ताको २०८० मंसिरसम्मको कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेकोमा १२ अर्ब ५० करोड रुपैयाँ रकम हालै लाइन काटिएको ९ वटा ठूलो उद्योगको मात्र रहेको प्राधिकरणले जनाएको छ ।
००००
नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनमा पटक–पटक अवसर पाएकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
यही पुस १२ देखि १४ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेका ११ निर्णय आइतवार सार्वजनिक गर्दै कांग्रेसले यस्तो जानकारी दिएको हो ।


Advertisment
Nabil box
Kumari

यस्तै, कांग्रेसले सहकारीको समस्या, संघीयता कार्यान्वयन, समुदायमा कांग्रेस, भ्रातृ संस्थाको म्याद थप, संयन्त्र गठन, मेलमिलाप दिवस र जाजरकोट भूकम्पबारे पनि निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि तमु ल्होसारको शुभकामना दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नक्कल गरेको आरोप लागेको छ । प्रधानमन्त्रीले निकालेको जस्तो शुभकामना वक्तव्य निकालेको आरोपमा उनी विवादमा तानिएका हुन् ।

Vianet communication

मुख्यमन्त्री कार्कीले आइतवार जारी गरेको शुभकामना सन्देशमा कोशी प्रदेशको नाम कतै पनि उल्लेख गरेका छैनन् । बरु उनले प्रधानमन्त्री प्रचण्डले निकालेको शुभकामना वक्तव्यलाई लगभग हुबहु नक्कल गरेका छन् । यद्यपि उनले पछि सच्याएर विज्ञप्ति जारी गरे ।

००००
सोमबारदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । सन् २०२२ सम्म कोभिडको प्रकोपले संसारलाई चिन्तित बनाएको थियो भने २०२३ पनि केही खास हुन सकेन ।

रुस–युक्रेन युद्धले विश्वका कतिपय देशहरूलाई आर्थिक मन्दीको चपेटामा धकेलेकै थियो भने पछिल्लो समय इजरायल–हमास युद्धले विश्व चिन्तित छ ।

टर्की र सिरियाको विनाशकारी भूकम्प, अर्मेनिया र अजरबैजानको युद्ध, सुडानमा पुनः शुरू भएको गृहयुद्ध र मानवीय क्षति गराउने अन्य कतिपय घटनाहरू २०२३ का बिर्सनयोग्य घटना हुन् ।

संसारलाई आशा जगाउने घटना मानिएको कृत्रिम बौद्धिकता (एआई)ले भने सन् २०२३ मा नयाँ फड्को मारेको छ । यस्तै सोमबार नै नेपालमा टोपी दिवस पनि मनाइएको छ । 
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि पुस १८ गतेसम्म उम्मेदवार सिफारिश गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ ।

आइतवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी बुधवारसम्म उमेदवार सिफारिश गरेर संसदीय समितिलाई भनेको हो ।

यस्तै, राप्रपाले ३०२औं पृथ्वी जयन्ती केन्द्रमा विविध कार्यक्रमका साथ मनाउने निर्णय यसअघि नै भएको निर्णयलाई अनुमोदन गरेको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा चियापान कार्यक्रम गर्ने, भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म र्याली गर्ने भएको छ ।
००००
पछिल्लो समय नेपालको हवाई क्षेत्र कोभिडपूर्वको अवस्थामा आइपुगेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।

स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा सिनामंगलस्थित प्राधिकरणको नयाँ भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले हवाई क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।
००००
सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठनको तयारी थालेको छ । त्यसका लागि सोमबार बिहान मन्त्रिपरिषद् बैठक बसेको छ । यससँगै सरकारले यसअघि गठन गरेको छानबिन समिति विघटन हुने भएको छ । कांग्रेसको प्रस्तावमा सरकारले नयाँ निर्णय गर्न लागेको हो । 
००००
परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।

आइतबार  महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताए ।
००००
लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतवार सूचना जारी गरी १७ पुसमा तोकिएको समितिका सभापतिको निर्वाचन स्थगित भएको जनाएको हो ।
००००
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका सबै ७३ जना नै रिहा भएका छन् । उक्त घटनामा पक्राउ परेका एक महिलासहित ७३ जनालाई आइतवार छाडिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x