×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री प्रचण्डबाटै शहीदहरूको अवमूल्यन भएको छ : शेखर कोइराला

काठमाडाैं | माघ १६, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीबाटै शहीदहरूको अवमूल्यन भएको आरोप लगाएका छन् ।​​

Muktinath Bank

मंगलवार विराटनगरमा 'समुदायमा कांग्रेस' अभियानको शुरूवात गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बाटै शहीदको अवमूल्यन हुने काम भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नुभयो । शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ’, उनले भने ।


Advertisment
Nabil box
Kumari

प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदहरूको अवमूल्यन गर्न नहुने उनले बताए ।

Vianet communication

‘शहीद दिवसका दिन हामीले शहीदको अवमूल्यन गर्नु भएन । त्यसमा ध्यान दिनु आवश्यक छ', उनले भने, 'शहीदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहीदको संख्या थप्दै गर्दा शहीदकै अपमान हुने बुझेको छु ।’ 

प्रधानमन्त्री प्रचण्डले यही माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए । ​

कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारीरुपमा जनतामाझ पुराउन महानगरले काम गर्दै आएको बताए ।

जापानको सहयोगी संस्था जाइकाले महानगरभित्र विच्छाएको खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे ।​​​​

त्यसैगरी, सुकुम्बासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने उनले बताए ।

‘प्रदेश सरकारले यस क्षेत्रमा कोरिडोर निर्माण गर्नेछ । यसका लागि ठूलो बजेट लाग्ने र समय लाग्ने हुँदा अब केही समय धैर्य गरिदिन आग्रह छ’, उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x