×

NMB BANK
NIC ASIA

बाँसबारी जग्गा प्रकरण

चौधरी ग्रुपले च्याम्पियन फूटवेयरका नाममा कीर्ते गरेर जग्गा हडपेको देखियो– सीआईबी

काठमाडाैं | माघ १९, २०८०

NTC
Premier Steels

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यापारिक घराना चौधरी ग्रुपका सदस्य शेयर सदस्य रहेको च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको प्रमाण फेला परेको बताएको छ । 

Muktinath Bank

काठमाडौंमा रहेको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरुण चौधरीलगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट सीआईबीले पत्रकार सम्मेलन गरेर च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनी रजिस्ट्रारको कार्यालयले च्याम्पियन फूटवेरलाई दिएको प्रमाणपत्रमा विनोद चौधरी, लुनकरणदास चौधरी, अरुण चौधरीलगायत ७ जना सञ्चालक थिए । सरकारी जग्गा ‘च्याम्पियन फूटवेर’को नाममा ल्याउन भूमिका खेल्ने व्यक्तिचाहिँ विनोद चौधरी थिए । कम्पनी दर्ताको प्रमाणपत्रको दोस्रो नम्बरमा विनोद चौधरीको नाम छ । 


Advertisment
Nabil box
Kumari

सीआईबीले शुक्रवार प्रकाशित गरेको विज्ञप्तिमा ‘च्याम्पियन फूटवेर’को नाम उल्लेख गरे पनि यसका सञ्चालकहरूको विवरण उल्लेख गरेको छैन । 

Vianet communication

सीआईबीले फूटवेयरलाई जग्गाको हक हस्तान्तरण गर्ने बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।

‘... सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले मिति २०४३/०५/१० गते बाँसबारी छालाजुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापाले अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फूटवेयर लि. को नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पूँजी ५० लाखको २५ प्रतिशत शेयर लिनेगरी क्यान्भास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौं साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–०  मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको च्याम्पियन फूटवेयर लि.को जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५ प्रतिशत शेयर लिनेगरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको सम्झौताबमोजिम रु. १२ लाख ५० हजार लगानी गर्नुपर्नेमा २६, ००, २७८।२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्‍याई आफूहरूले आर्थिक लाभ लिएको सम्बन्धमा साबिक मुलुकी ऐन, २०२० को कीर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसूर अनुसन्धानका लागि निम्न मानिसलाई पक्राउ गरी कानूनबमोजिम अनुसन्धान भइरहेको’

सीआईबीका प्रवक्ता नवराज अधिकारीले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।   

विज्ञप्तिमा ‘अरुण चौधरी समेत सञ्चालक’ रहेको उल्लेख गरे पनि त्यसमा विनोद चौधरीको नाम समेत जोडिएको छ ।

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको समेत प्रत्यक्ष संलग्नता देखिए पनि राजनीतिक दबाबका कारण उनको नाम ‘स्किप’ गर्न खोजेजस्तो देखिएको छ ।

‘व्यक्तिभन्दा पनि फूटवेयर कम्पनीको नाममा जग्गा हस्तान्तरण भएको देखिन्छ । सरकारी जग्गा अपचलनमा त्यो बेलाका सञ्चालक विनोद चौधरीले उन्मुक्ति पाउने ठाउँ छैन,’ प्रहरीका एक उच्च अधिकारीले भने । 

अजितनारायण सिंह थापा पक्राउ परेलगत्तै राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले सीआईबीमा पुगेर अनावश्यक दबाब दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x