×

बल्खुमा बन्यो त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, लागत २१ करोड ५९ लाख रुपैयाँ

काठमाडाैं | माघ २८, २०८०

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ ।

Laxmi Bank

चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित उक्त विभागका सबै कार्यक्रम आगामी फागुन ३ गतेदेखि बल्खुस्थित विश्वविद्यालय हाताभित्रको नयाँ भवनबाट सञ्चालित हुने विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले जानकारी दिए ।


Advertisment

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।


Advertisment

प्रमुख प्रा खनालले सीमित स्रोतसाधनबीच गुणस्तरीय शिक्षा दिइँदै आएकामा विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना र पूर्वाधार विकास भएको बताए । 

सो भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययन स्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवासलगायत रहेका छन् । 

उक्त भवन निर्माणका लागि रु २१ करोड ५९ लाखको लगतमा भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । सो भवनको आगामी फागुन २ गते वसन्तपञ्चमीका दिन उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x