×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

चोरी भएको बच्चाको मध्यरातमा उद्धार, एमालेको निशानामा तीन मन्त्री

काठमाडाैं | फागुन १२, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राजधानीको थापाथलीस्थित प्रसूति गृहबाट चोरी भएको शिशुको उद्धार भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शिशुलाई गएराति राजधानीको काँडाघारीबाट उद्धार गरिएको हो । 

Muktinath Bank

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुति गृहबाट चोरी भएको थियो। शिशु चोरी गर्ने कार्यमा संलग्न महिलालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
००००
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेको छ ।
चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेको जानकारी सडक डिभिजन भरतपुरले शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत दिएको हो ।
००००
काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आमरण अनशन बसेका छन्।  चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिव एक महिना बाँकी रहँदा एक तिहाई पनि काम नभएपछि उनी शुक्रबार दिउँसो २ः३० बजेदेखि आमरण अनशन बसेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमले सडक बिस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि शुरू गरिएको यात्रा समाजवादको यात्रा भएको बताएका छन् ।
तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताए ।
००००
नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकमा सहभागी भएका २६.५९ प्रतिशतले मात्रै धारणा राख्न पाएका छन् ।


Advertisment
Nabil box
Kumari

सहभागी २३७३ मध्ये चारवटा समूहगत छलफलमा ६३१ सदस्यले मात्रै धारणा राखेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
००००
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले पदभार ग्रहण गरेका छन् । 
बिहीवार उपकुलपतिमा नियुक्त भएका बरालले शुक्रवार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
००००
महासमिति बैठकबाट महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव पारित भएपछि नेपाली कांग्रेसमा अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र महामन्त्री गगन थापा सांसद बन्ने बाटो बन्द भएको छ । 

Vianet communication

लामो छलफल र रस्साकस्सीपछि कांग्रेसले सर्वसम्मत रूपमा महासमितिबाट पारित गरेको समसामयिक राजनीतिक प्रस्तावले देउवा प्रधानमन्त्री र थापा सांसद बन्ने बाटो बन्द गरिदिएको हो ।
००००
अवैध बाटो हुँदै अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । 
अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाबीच भेटवार्ता भएका छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
००००
सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले छलफल शुरू गरेका छन् ।
संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख चार दलका प्रमुख सचेतकसहितको बैठक बसिरहेको छ ।
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोराको भड्किलो बिहे भोजबारे संसद्मा कुरा उठेको छ ।

सामाजिक सुधार ऐनमा ५१ जनाभन्दा धेरै जन्ती ल्याउन नहुने भए पनि सत्ताको आडमा प्रचण्ड र देउवाले कानून उलङ्घन गरेका स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आरोप लगाए ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले सामाजिक सुधार व्यवहार ऐनमा ५१ जनाभन्दा बढीलाई विवाहमा आमन्त्रण गर्न नहुने र सो कानून उलङ्घन गर्नेलाई २० हजार जरिवाना र १५ दिन कैद गर्ने व्यवस्था भए पनि ठूलाले कानून उलङ्घन गरेको आरोप लगाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारका तीन जना मन्त्रीको राजीनामा माग गरेको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेकपा एमालेका सचिव योगेश भट्टराईले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन् । उनीहरुमाथि विभिन्न प्रश्न उठेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x