×

NMB BANK
NIC ASIA

कछुवा गतिमा सरकारी आयोजना

राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती : कुनको भौतिक प्रगति कति प्रतिशत ?

काठमाडाैं | फागुन २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय गौरवका आयोजनाको खर्च विवरण सन्तोषजनक नभएको भन्दै असन्तुष्टि जनाए ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा चालू आर्थिक वर्ष २०८०/८१ को आधा अवधिसम्म पनि राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक खर्च नभएको भन्दै उनले समयमै काम सक्नुपर्ने समेत बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा छ,’ उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रूमबाट मैले कार्यतालिका बनाएर अनुगमन गरिरहेको छु, तर प्रगतिमा भने म सन्तुष्ट छैन ।’


Advertisment
Nabil box
Kumari

उनले समग्रमा कूल २४ राष्ट्रिय गौरवका आयोजनामध्ये ३ वटा सम्पन्न भइसकेको, ४ वटाको प्रगति ८० प्रतिशतभन्दा माथि, ६ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म, ६ वटाको प्रगति ५० प्रतिशतसम्म र ५ वटाको प्रगति १० प्रतिशत मुनि रहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

'यीमध्ये सुनकोशी मरिन द्रुत गतिमा सञ्‍चालनमा रहेको छ,' उनले भने, 'विद्युत प्रसारण आयोजना भर्खर कार्यान्वयनमा गएको छ । राष्‍ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रूपमा अगाडि बढेको छ ।'

यी हुन् राष्ट्रिय गौरवका आयोजनाहरू

आर्थिक वर्ष २०६८/६९ मा नेपालमा १७ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ देखि शुरू भएको १५ औं योजनामा थप ४ वटा र पछि ३ गरी २४ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा समेटियो ।

जम्मा २१ राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल मात्र सम्पन्न भएका छन् ।

आव २०८०/८१ सम्म चल्ने पन्ध्रौं योजनाले १८ राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने लक्ष्य लिएको थियो, तर त्यो संख्या ३ मा मात्र सीमित देखिन्छ ।

पूरा हुन बाँकी रहेका आयोजनाहरूमध्ये, सिक्टा  सिँचाइ आयोजना, बबई  सिँचाइ आयोजना, रानीजमरा कुलरीया  सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, बुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, बारा अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, मध्य पहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, काठमाडौं तराई–मधेस द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम रहेका छन् ।

१. सिक्टा सिँचाइ आयोजना

२. बबई सिँचाइ आयोजना

३. रानीजमरा कुलरिया सिँचाइ आयोजना

४. सुनकोशी मरिण डाइभर्सन आयोजना

५. महाकाली सिँचाइ आयोजना

६. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना 

७. माथिल्लो तामाकोशी जलविद्युत् आयोजना  

८. बुढीगण्डकी जलविद्युत् आयोजना

९. विद्युत् प्रसारण आयोजना

१०. पश्चिम सेती जलविद्युत् आयोजना

११. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

१२. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

१३. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

१४. रेल्वे तथा मेट्रो विकास आयोजना

१५. हुलाकी लोकमार्ग

१६. पुष्पलाल मध्यपहाडी लोकमार्ग    

१७. उत्तर–दक्षिण (कोशी करिडोर) लोकमार्ग     

१८. उत्तर–दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग

१९. उत्तर–दक्षिण (कर्णाली करिडोर) लोकमार्ग   

२०. काठमाण्डौ–तराई मधेस द्रुतमार्ग

२१. मेलम्ची खानेपानी आयोजना

२२. पशुपति क्षेत्र विकास कोष

२३. लुम्बिनी क्षेत्र विकास कोष

२४. राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समि

यस्तो छ आयोजनाहरूको प्रगति:

सिक्टा सिँचाइ आयोजना (४० प्रतिशत पूरा)

२५ अर्ब भन्दा बढीको लागतमा बनिरहेको सिक्टा  सिँचाइ आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्र पूरा भएको अर्थमन्त्रालयले जनाएको छ । २०७० सालबाट निर्माण शुरू गरिएको यो आयोजनालाई २०९० सालभित्र सम्पन्न गर्ने उद्देश्य राखिएको छ ।

बबई सिँचाइ आयोजना (७० प्रतिशत पूरा)

२०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको बबई  सिँचाइ आयोजनाको म्याद बढाएर २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । अर्थ मन्त्रालयको एक तथ्यांकअनुसार १८ अर्ब १६ करोड संशोधित लागत रहेको उक्त आयोजनामा अहिलेसम्म १२ अर्ब २८ करोड ९४ लाख खर्च भइसकेको छ । २०४५/४६ बाट शुरू भएको यस आयोजनाको शुरुआती बजेट २ अर्ब ८७ करोड रहेको थियो ।

यस आयोजनाले बर्दिया जिल्लाको करिब ४० हजार हेक्टर क्षेत्रफल  सिँचाइ गर्ने भनिएता पनि सन् २०१२ मा यसलाई संशोधन गरी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (नयाँ नामकरण गरिएको आयोजना)ले गरेको अध्ययनबाट कूल  सिँचाइ क्षेत्रफल ३६ हजार हेक्टरमध्ये पूर्वमा करिब २१ हजार हेक्टर तथा पश्चिममा १५ हजार हेक्टर कायम गरिएको छ ।

रानीजमरागुलरिया सिँचाइ आयोजना (७० प्रतिशत पूरा)

२०६७/६८ मा शुरू गरिएको यो आयोजना २०८०/८१ सम्ममा पूरा गर्ने लक्ष्य राखिएको थियो । तर सम्पन्न हुनुपर्ने समय सीमासम्म जम्मा ७० प्रतिशत काम भएको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२७ अर्ब ७० करोड संशोधित लागत रहेको यो आयोजना विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको हो । यसले ३८ हजार ३ सय हेक्टर जमिन  सिँचाइ गर्ने लक्ष्य राखेको छ । प्रोजेक्ट इन्जिनियर प्रेम लसिवाले अहिलेसम्म ७० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको बताएका छन् ।

काठमाडौं-निजगढ फास्ट ट्रयाक (२९ प्रतिशत पूरा)

२०८०/८१ मै सम्पन्न गर्ने लक्ष्य लिइएको काठमाडौं-निजगढ फास्ट ट्र्याकको भौतिक प्रगति अहिलेसम्म २९ प्रतिशत मात्र देखिएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यस आयोजनाको पछिल्लो अनुमानित लागत २ खर्ब १३ अर्ब रहेको छ । यसलाई २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुनकोशी मरिन डाइभर्सनआयोजना (६५ प्रतिशत पूरा)

१५औं योजनामा राष्ट्रिय गौरवका आयोजनाको रूपमा सामेल गरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना २०८०/८१ सम्म सक्ने लक्ष्य थियो । करिब ६५ प्रतिशत मात्र सम्पन्न भएको यस आयोजना सम्पन्न गर्ने मिति २०८४/८५ मा सारिएको छ । यसको संशोधित लागत ४६ अर्ब १९ करोड रहेको छ भने अहिलेसम्म हेडब्रिक्सको काम हुन सकेको छैन ।

पशुपति क्षेत्र विकासकोष (७० प्रतिशत पूरा)

अर्थमन्त्रालयका अनुसार पशुपति क्षेत्र विकास कोषको काममा अहिलेसम्म ७० प्रतिशत मात्र प्रगति देखिएको छ । २०७८/७९ भित्र सक्ने अनुमान गरिएको यो आयोजना २०५७/५८ मा शुरू भएको थियो । शुरू लागत १ अर्ब २७ करोड रहेको यस आयोजनाको लागत बढेर अहिले २ अर्ब २७ करोड पुगिसकेको छ ।

लुम्बिनीक्षेत्र विकास कोष (८० प्रतिशत पूरा)

२०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी क्षेत्र विकास कोषको काम अहिलेसम्म ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ । २०७८/७९ सम्म सम्पन्न हुने लक्ष्य लिइएको यस गुरुयोजना सम्पन्न हुने समयसीमा बढाएर २०८३ साल पुर्‍याइएको छ ।

भेरी–बबई डाइभर्सन आयोजना(६६ प्रतिशत पूरा)

२०७१/७२ मा शुरू गरिएको भेरी-बबई डाइभर्सन आयोजनाको प्रगति अहिलेसम्म ६६ प्रतिशत पुगेको छ । संशोधित अनुमानअनुसार यो आयोजना २०८४/८५ सम्म पूरा हुने लक्ष्य राखिएको छ । शुरूआती लागत १६ अर्ब ४३ करोड रहेको यसको पछिल्लो अनुमानित लागत ३८ अर्ब ८० करोड पुगेको छ ।

कोशी (उत्तर–दक्षिण) लोकमार्ग(८५ प्रतिशत पूरा)

अर्थ मन्त्रालयले कोशी लोकमार्गको काम ८५ प्रतिशत पूरा भइसकेको दाबी गरेको छ । ३ सय ९० किलोमिटर लामो सडकको यो आयोजनाको लागत १६ अर्ब २० करोड रहेको छ । यो बाटोले भारत सिमाना जोगवनीबाट वसन्तरपुर–खाँदबारी हुँदै नेपालको उत्तरी सिमाना किमाथांका जोड्नेछ । यसलाई चालू आर्थिक वर्षमै पूरा गर्ने लक्ष्य राखिएको थियो ।

कालीगण्डकीकोरिडोर (४३ प्रतिशत पूरा)

यही आर्थिक वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको कालिगण्डकी कोरिडोरको काम जम्मा ४३ प्रतिशत मात्र सम्पन्न भएको छ । अर्थ मन्त्रालयका अनुसार आयोजनाको आयोजनाको लागत ३२ अर्ब २२ करोड छ । गैंडाकोट–रामपुर–राम्दी–रिडी–पुर्तिघाट–बलेवा हुँदै मालढुंगासम्मको यो बाटो निर्माण सम्पन्न भएपछि कोरला नाकासम्म जोड्नेछ ।

हुलाकी राजमार्ग(७० प्रतिशत पूरा)

२०७९/८० मा निर्माण सम्पन्न गर्ने उद्देश्य राखिएको हुलाकी राजमार्गको अहिलेसम्म भौतिक प्रगती जम्मा ७० प्रतिशत पूरा भएको छ । कूल १ हजार ८ सय ५७ किलोमिटर लम्बाइको यो आयोजनामा १ हजार ५० किलोमिटरको निर्माण सम्पन्न भइसकेको अर्थमन्त्रालयले जनाएको छ । प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रहेको यो आयोजनाको अहिलेको लागत बढेर ६५ अर्ब भन्दा बढी पुगेको छ ।

कर्णालीकोरिडोर(२४ प्रतिशत पूरा)

२०६५/६६ बाट निर्माण शुरू भएको कर्णाली कोरिडोरको निर्माण अहिलेसम्म २४ प्रतिशत मात्र पूरा भएको छ । २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य लिइएको यो आयोजनाको मिति बढाएर २०८३/८४ सम्म पुर्याइएको छ ।

मेलम्ची खानेपानी आयोजना(पहिलो चरण सम्पन्न)

पहिलो चरणको काम सम्पन्न गरेर मेलम्चीबाट काठमाडौंमा पानी ल्याउन शुरू गरिसकिएको छ । यसको दोस्रो चरणको काम २०८१/८२ मा सक्ने लक्ष्य राखिएको छ । २०५५/५६ बाट यसको निर्माण कार्य शुरू गरिएको थियो ।

मध्यपहाडी(पुष्पलाल)लोकमार्ग(६५ प्रतिशत पूरा)

२०६४/६५ सालबाट निर्माण शुरू भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको अहिलेसम्मको निर्माण प्रगति जम्मा ६५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार १ खर्ब १ अर्ब लागतको यो लोकमार्गअन्तर्गत १ हजार ८ सय ७९ किलोमिटर सडक पर्छ, जसमध्ये करिब ५ सय किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने २०८१ सम्म बाँकी काम पूरा गर्ने लक्ष्य राखिएको छ । लक्ष्य पूरा हुने सम्भावना भने एकदम क्षीण देखिन्छ । राष्ट्रपति चुरे संरक्षणलगायत अन्य आयोजनाहरूको भौतिक प्रगति भने १० प्रतिशत भन्दा तल रहेको अर्थमन्त्रालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x