कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
विराटनगर | फागुन २२, २०८०
मोरङमा एक किशोरीको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलीमा १५ वर्षकी किशोरी ज्ञानमति कुलुङ राईको धारिलो हतियार प्रयोगगरी हत्या भएको प्रहरीले जनाएको छ ।
खोटाङ घर भएकी १५ वर्षीया राई मामाको छोरासँग विनोद राईको घरमा बस्दै आएकी थिइन् । उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययन गर्थिन् ।
सोमबार राति करिब १० बजेतिर शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘उनी सुत्ने कोठाको पछाडिपट्टी शौचालय रहेछ,’ दाहालले भने, ‘तर, उनी शौचालय नै नपुगी पछाडिबाट धारिलो हतियार प्रहार गरेर हत्या गरेको देखिन्छ ।’
हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको दाहालले जानकारी दिए । राति नै मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की सहितको टोली घटनास्थल पुगेको छ । तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
‘शौचालय जाने क्रममा चिच्याएको आवाज आएपछि हेर्दा एउटा मान्छे भागेजस्तो देखियो भनेर परिवारका सदस्यले भनेका छन्, ‘उनले भने, ‘रातिदेखि नै एसपी सा‘बसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानपछि खुल्ला ।’
अहिले विभिन्न कोणबाट अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ‘मृतक किशोरीको ब्वाइफ्रेन्ड पनि थियो भन्ने सुनेका छौं,’ डीएसपी दाहालले भने, ‘घर परिवारमाथि पनि अनुसन्धान बढाएका छौं । तर, अहिले नै यही हो भन्ने अवस्थामा छैन ।’ उनको घरतिर पनि पारिवारिक रूपमा समस्या रहेको बुझिएको उनले बताए ।
घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप प्रस्ट हुने उनले बताए । मृतक किशोरी हिजो दिउँसो घरमै रहेकाले उनको मोबाइल फोन चेक गर्ने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...