×

NMB BANK
NIC ASIA

कोशी प्रदेश ट्रफी क्रिकेटः मधेस र बागमती सेमिफाइनलमा प्रवेश

विराटनगर | चैत १, २०८०

NTC
Premier Steels

कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आजको पहिलो खेलमा मधेस प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलको समिकरण पूरा गरेका छन् । 

Muktinath Bank

मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी प्रतियोगितामा मधेस र बागमती प्रदेश विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । खेल अगावै समूह ‘ए’ बाट आर्मी ८ अङ्कका साथ शीर्ष स्थानमा रहदैँ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्मीसँगै समूह ‘ए’ बाट कर्णाली समूह उपविजेता भएको छ । त्यस्तै समूह ‘बि’ बाट लुम्बिनीले ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिमले पनि ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेता बनेको  हो ।


Advertisment
Nabil box
Kumari

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा मधेस प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १ सय ४३ रनको योगफल बनाएको थियो । मधेसका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविजित तिवारीले १९ रनको योगदान दिए । एपिएफका कप्तान भुवन कार्की र पुरन विकले समान ३÷३ विकेट लिए । 

Vianet communication

जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पूरै ओभर खैल्दैँ ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रन बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयुमान बमले पनि १२ रन बनाए । मधेसका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए । 

दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई बागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा बागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ७३ रन बनायो । बागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरी अविजित ७४ रन बनाउँदा रवीन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की र दीपक सेरलाले समान २÷२ विकेट लिए ।
 
जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमा सिमित भयो  । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरी ४३ रन बनाए भने शङ्कर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । बागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले समान २–२ विकेट लिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x