×

NMB BANK
NIC ASIA

जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा

जुम्ला | चैत ५, २०८०

NTC
Premier Steels

पाँचौ संस्करणकोे जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी  वैशाख  १ गते हुने भएको छ ।  कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा  आज आयोजित  पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको म्याराथन प्रतियोगिता आगामी  वैशाख  १ गतेदेखि सञ्चालन हुने जानकारी दिए ।  उनले भने, “ ४९ किलोमिटर लामो सो प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको सहभागी हुने छन् ।”  अनलाइनबाट खेलाडीले सहभागीका लागि आवेदन दिने व्यवस्था मिलाइएको उनले बताए। 

Muktinath Bank

जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको हो । यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो । कोरोना महामारीका कारण ०७७ मा सञ्चालन हुन सकेनन् । समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन जिल्लाको डाँफे लेक, चुच्चेमारा लेक हुँदै दुई हजार आठ सय ९० मिटरको उचाइमा रहेको रारातालको छेउमा पुगेर खेल समाप्त हुने क्लबका अध्यक्ष शाहीको भनाइ छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले पाँचदेखि सात घण्टामा पार गर्छन् । अनुमानित एक हजार बढी खेलाडीले सहभागिता जनाउने  अपेक्षा राखिएको छ । ४९ किमीतर्फ  प्रथम हुने धावकलाई एक लाख, दोस्रो हुने धावकलाई ७५ हजार, तेस्रो हुने धावकलाई ५० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुने धावकलाई २० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

प्रतियोगिताका उत्कृष्ट १० खेलाडी थप पुरस्कृत गरिनेछ । म्याराथन सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरिएको छ । म्याराथनमा सहभागी हुने  सार्कका धावकहरुले १४ हजार पाँच सय, अन्य देशका धावकलाई १६ हजार र नेपाली धावकलाई सात हजार आवेदन शुल्क तोकिएको क्लबले जनाएको छ ।

Vianet communication

जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी ,ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता हुने  क्लबले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x