कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | चैत ७, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको छ । रवि सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले राजीनामा माग गर्दै आएको हो । यो प्रकरणमा कांग्रेसले छानबिन समिति गठनको माग समेत गरेको छ भने संसदमा निहुँ खोज्दै आएको छ ।
तर, यही मागका बीच मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले हालसम्मको अनुसन्धानले रवि सहकारी प्रकरण जोडिएको नदेखिएको बताए । उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारे ।
‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’
सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।’
प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फछ्र्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ’ भएको सदनलाई जानकारी गराए । तर संसदमै बोल्दै कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको जावफबाट आश्वस्त हुन नसकेको बताए ।
यसैबीच लामिछानेले ठाडो उजुरीका भरमा नेपाली कांग्रेसले संसद् अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै असन्तुष्टि पोखेका छन् ।
००००
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले माग गरेजस्तो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बन्न सम्भव नै नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेसले लामिछानेको सहकारी प्रकरणमा जोडिएको विषयमा छानबिन समितिको माग गरेपछि ओलीले यस्तो बताएका हुन् ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न पहल गरिरहेको बताएका छन् । मंगलवार संसद् बैठकबाट निस्किने क्रममा सञ्चारकर्मीले सोधेको ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले काम भइरहेको दाबी गरेका हुन् ।
‘काम गर्दैछु, गरेपछि थाहा हुन्छ, भएपछि ब्रेकिङ गर्नुहोस्,’ उनले भने ।पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको उजुरी छ । राई भने फरार छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् ।
सिंहरदबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्रीले गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएका चुनौतीलाई सामना गर्ने र जनतामा आशा जगाउने गरी कार्यक्रम सार्वजनिक गरिएको दाबी नेताहरूले गरेका छन् ।
००००
तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ ।
उक्त बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए ।
००००
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्यासको घोषणा गरेकी छिन् । उनले क्रिकेटबाट सन्यास लिएको सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्ना नरहेको बताएका छन् ।
उनले, इजरायलमा मेनपावरमार्फत् कामदार पठाउने विषयमा छानबिन थालेको पनि बताए। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा ‘जी टु जी’ र ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाहेक कुनै तरिकाले कामदार पठाउने सम्झौता नभएको बताए । सो विषयमा छानबिनपछि मात्रै केही जवाफ दिने उनले बताए।
००००
नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा बाबुराम भट्टराई नेतृत्वको संस्थापन पक्षले गरेको निर्णय नमान्ने घोषणा गरेको छ ।
मंगलवार बसेको यादव पक्षको बैठकले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै भट्टराई पक्षको निर्णय आमान्य रहेको घोषणा गरेको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पारेका छन् ।
सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको उनले स्पष्ट पारे ।
००००
गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ।
सोमवार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि मन्त्रालयले मंगलवार २४ घण्टाभित्र इजाजत दिइएका हतियारको विवरण उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
००००
गृह मन्त्रालयले ११ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
००००
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउबारे बिफ्रिङ गरेका थिए । तर बैठकले महराबारे कुनै निचोड निकाल्न नसकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...