×

NMB BANK
NIC ASIA

प्रतिबन्ध लगाएकोप्रति ओलम्पिक प्रमुखसँग रुस आक्रोशित, लगायो ‘नव–नाजीवाद’को आरोप

काठमाडाैं | चैत ७, २०८०

NTC
Premier Steels

मस्को–रुसले बुधवार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)माथि रुसी खेलाडीहरूमाथि लगाएको प्रतिबन्ध र मस्कोले आयोजना गरेको फ्रेन्डसिप गेम्सको आलोचनालाई ‘नव–नाजीवाद’ समान भएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको छ । 

Muktinath Bank

आईओसीले मङ्गलवार रुसी खेलाडीहरूलाई जुलाई २६ मा पेरिस ओलम्पिक, २०२४ को उद्घाटन समारोहमा भाग लिन रोक लगायो र फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ओलम्पिक खेलहरूको प्रतिद्वन्द्वीका रूपमा आफ्नै ‘फ्रेन्डसिप गेम्स’ आयोजना गर्ने योजना बनाएकामा क्रेमलिनको आलोचना गर्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसी विदेश मन्त्रालयलका प्रवक्ता मारिया जखारोभाले एक ब्रिफिङमा भनिन्, ‘यी निर्णयले आईओसी आफ्नो घोषित सिद्धान्तहरूबाट कति टाढा गएको छ र नस्लवाद तथा नव–नाजीवादमा फसेको छ भन्ने कुरा देखाउँछ ।’


Advertisment
Nabil box
Kumari

आईओसीले गत वर्ष रुसलाई २०२४ खेलहरूबाट निलम्बन गरेको थियो तर युक्रेनमाथि क्रेमलिनको आक्रमणलाई सक्रिय समर्थन नगरेसम्म रुसका खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिएको थियो । 

Vianet communication

उक्त तटस्थ स्थितिले रुसी खेलाडीहरूलाई ‘आफ्नो मातृभूमि, आफ्नो नागरिकता, आफ्नो इतिहास, संस्कृति र मानिसहरूको कुनै पनि सम्बन्ध त्याग्न बाध्य बनाउने’ तर्क प्रवक्ता जखारोभाले दिएकी छिन् । ‘आईओसीको निर्णय गलत, अन्यायपूर्ण र अस्वीकार्य छ,’ उनले भनिन्, ‘हामी रुसी खेलाडीहरूमाथि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले लगाएको अभूतपूर्व भेदभावपूर्ण सर्तहरूबाट आक्रोशित छौँ ।’

रुसको क्रोध आईओसीले कडा शब्दमा विज्ञप्ति जारी गरेको एक दिनपछि आएको हो । आइओसीले क्रेमलिनमाथि आफ्नो फ्रेन्डसिप गेम्स आयोजना गर्ने योजना बनाएर ‘खेलमा राजनीति’ गरेको आरोप लगाएको थियो । 

आईओसीले खेल जगत् र मस्कोले आमन्त्रण गरेका सरकारहरूसँग उक्त आयोजनामा ‘कुनै पनि सहभागिता  र समर्थनलाई अस्वीकार गर्न’ आह्वान गरेको छ तर भाग लिनेहरूलाई अनुमति दिन अस्वीकार गरेको छ । 

क्रेमलिनले बुधवार आईओसीको यस्ता प्रतिबन्धविरुद्ध चेतावनी दिएको छ । “यो खेलाडीहरूलाई डर देखाउने काम हो, यसले आइओसीको विश्वसनीयतालाई पूरै कमजोर बनाउँछ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भनिन् । 

लामो समयदेखिको डोपिङ घोटालालाई लिएर मस्को र ओलम्पिक निकायबीचको तनाव वर्षौंदेखि चलिरहेको थियो । डोपिङ घोटालालाई लिएर रुसी खेलाडीहरूलाई सन् २०२० को टोक्यो खेलहरूमा आफ्नो मुलुकको झन्डामुनि प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो । 

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र बेलारुसका खेलाडीहरूले धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ । गत वर्ष धेरै ओलम्पिक खेलहरूले प्रतिबन्धलाई खुकुलो बनाएका छन् । यसअन्तर्गत दुवै मुलुकका खेलाडीहरूलाई केही शर्तअन्तर्गत प्रतिस्पर्धामा फर्किन अनुमति प्राप्त भएको छ । 

रुस र बेलारुसका  खेलाडीहरूले ‘व्यक्तिगत तटस्थ खेलाडी’ का रूपमा पेरिसमा प्रतिस्पर्धा गर्नेछन् तर दुवै मुलुकका प्रतिस्पर्धीहरूलाई एथलेटिक्समा प्रतिबन्ध लगाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x