×

NIC ASIA

सहकारी ठगी प्रकरण

सूर्यदर्शनका पीडितले दिए राज्य व्यवस्था समितिमा उजुरी, शुरूमै गृहमन्त्री लामिछानेको नाम

काठमाडाैं | चैत ८, २०८०

Prabhu Bank
NTC
राज्य व्यवस्था समितिको बैठकमा रवि लामिछाने [फाइल तस्वीर] ।
Premier Steels

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् ।

Muktinath Bank

पीडितहरूले बिहीवार समितिका सभापति रामहरि खतिवडासमक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत अन्यविरुद्ध उजुरी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null 


Advertisment
Nabil box
Kumari

उक्त उजुरीमा १८ हजार ७०० वचतकर्ताको लगभग १ अर्ब ४० करोड रुपैयाँ हिनामिना भएको र विगत २ वर्षदेखि कुनै पनि निक्षेपकर्ताले १ रुपैयाँ पनि फिर्ता पाउन नसकेको उल्लेख छ । 

Vianet communication

’विगत लामो समय लगाएर, आफ्नो अमूल्य समय खर्चेर, आफ्ना परिवारका इच्छा–आकांक्षालाई निमोठेर छोराछोरीको उज्वल भविष्य र बिरामीको औषधि उपचार र बूढाबूढी भएका बा–आमाको खानपिन, औषधिमुलोका साथै मृत्युपश्चात् काजकिरियाका लागि यस सहकारीमा बचत जम्मा गरिएको थियो,’ उजुरीमा भनिएको छ । 

उजुरीमा लाखौँ जनताको घरमा चुल्हो नबालेको, छोराछोरीको शुल्क तिर्ने नसक्दा विद्यालय जान र परीक्षाबाट बन्चित हुन परेको लगायतका विषय पनि उल्लेख छन् । 

उजुरीसँगै गत माघ २२ गते कास्की जिल्ला प्रहरी कार्यालयमा हालिएको पूरक जाहेरी पनि समावेश गरिएको छ । उक्त जाहेरीमा पनि पहिलो नाम गृहमन्त्री लामिछानेकै छ । 

’काठमाडौं जिल्ला वडा नम्बर ६ बस्ने लालचन्द्र लामिछानेको छोरा वर्ष ४८ को रवि लामिछाने, गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक’ पूरक जाहेरीको १ नम्बरमै लामिछानेको नाम यसरी उल्लेख गरिएको छ । 

त्यसपछि उक्त पूरक जाहेरीमा पूर्वसञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर बम्जन, नेत्रपाणि बाँस्तोला, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायतको नाम उल्लेख छ । 

समितिका सभापति खतिवडाले समितिमा उजुरी परेको र पहिलो नम्बरमै गृहमन्त्री रहेका लामिछानेको नाम रहेको लोकान्तरलाई बताए । 

’सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले बिहीवार समितिमा उजुरी हाल्नुभएको छ,’ खतिवडाले भने, ’गृहमन्त्रीको नाम पहिलो नम्बरमै छ । समितिमा उजुरी आइसकेपछि यो छलफल र अन्य प्रक्रियामा जान्छ ।’

गृहमन्त्री लामिछानेविरुद्ध उजुरी दिन सहकारी पीडितहरू पोखराबाट बस चढेर काठमाडौं आएका हुन् । यसअघि लामिछाने राज्य व्यवस्था समितिको सदस्य थिए । 

राज्य व्यवस्था समितिको क्षेत्राधिकारमा गृह मन्त्रालय पर्ने भएपनि सहकारी पीडितको उजुरी हेर्ने विषयमा संसद्को नियमावलीले समितिलाई अधिकार दिएको छैन ।

यस्तो छ उजुरी र जोहेरीः 

nullnullnullnullnullnullnullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x