×

NMB BANK
NIC ASIA

ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै

काठमाडाैं | चैत २८, २०८०

NTC
Premier Steels

ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने ट्र्याक एन्ड फिल्ड पहिलो खेल बन्न लागेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले बुधबार पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बताएको छ । 

Muktinath Bank

यो कदम ओलम्पिकमा विगतको एमेच्योर खेलको सबैभन्दा बढी हेरिने घटनामध्येको एउटा प्रतीकात्मक विराम हो । एथलेटिक्स सञ्चालन गर्ने उक्त संस्थाले यस वर्षको पेरिस ओलम्पिकका लागि ट्र्याक एन्ड फिल्ड कार्यक्रमको ४८ स्पर्धामा स्वर्ण पदक विजेताहरूलाई प्रदान गर्नका लागि २४ लाख डलर विनियोजन गरेको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिले खेलका खेलाडीहरूले ५० हजार डलर आपसमा बाँड्ने छन् । रजत र कास्य पदक विजेताहरूका लागि लस एन्जलसमा सन् २०२८ आयोजना हुने ओलम्पिकमा भुक्तानी सुरु गरिने योजना छ ।


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय एथलेटिक्सका अध्यक्ष सेबेस्टिएन कोएले पत्रकारहरूसँग भने, “यो कदम भनेको हामीले प्राप्त गर्ने राजस्व हिस्सा ठूलो हिस्सामा छ भनेर पहिचान गर्नु हो किनकी हाम्रा खेलाडीहरू प्रतियोगिताका ‘स्टार’ हुन् ।” अन्तर्राष्ट्रिय ओलम्मिक समिति (आइओसी) ले प्रदान गर्ने ओलम्पिक राजस्वको हिस्साबाट पुरस्कार राशि आउने छ । 

Vianet communication

यद्यपि यो कदमले पेरिस खेलहरूअघि ओलम्पिक आन्दोलनमा शक्ति सन्तुलनलाई खल्बल्याउन सक्छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले आफ्नो घोषणा प्रकाशन गर्नुभन्दा केहीअघि बुधबार बिहानमात्र आइओसीलाई आफ्नो मनसायका बारेमा ‘चेतावनी सन्देश’ दिएको कोएले बताए । 

जवाफमा आइओसीले ओलम्पिक राजस्वको आफ्नो हिस्सा कसरी खर्च गर्ने भनेर निर्णय गर्न प्रत्येक खेलका सञ्चालक निकायमा निर्भर हुने बताएको छ । “आइओसीले आफ्नो सबै आम्दानीको ९० प्रतिशत विशेषरूपमा राष्ट्रिय ओलम्पिक समितिहरू (एनओसी) र अन्तर्राष्ट्रिय महासङ्घहरू (आइएफ) लाई पुनरवितरण गर्दछ”, आइओसीले भनेको छ, “यसको अर्थ प्रत्येक दिन ४२ लाख डलरबराबरको रकम विश्वभरका सबै स्तरमा खेलाडी र खेल सङ्गठनहरूको सहयोगका लागि जान्छ, आफ्ना खेलाडीलाई कसरी उत्कृष्ट सेवा दिने र उनीहरूको खेलको वैश्विक विकास कसरी गर्ने भन्ने कुरा प्रत्येक आइएफ र एनओसीमा निर्भर छ ।”

आधुकि ओलम्पिक प्रतियोगिताको सुरुआत एमेच्योर खेल आयोजनाका रूपमा भएको थियो र आइओसीले पुरस्कार राशि प्रदान गर्दैन । यद्यपि धेरै पदक विजेताहरूले आफ्नो मुलुकको सरकार, राष्ट्रिय खेल निकायहरू वा प्रायोजकहरूबाट भुक्तानी प्राप्त गर्दछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x