×

NMB BANK
NIC ASIA

नयाँ वर्ष

काठमाडाैं | चैत ३०, २०८०

NTC
Premier Steels
  • सन्तोष गोदार

थुप्रै नयाँ वर्षहरू आए
थुप्रै नयाँ वर्षहरू गए 
नाथे नुन र ऊनको
जोह पनि गर्न नसक्ने नयाँ वर्ष 
बरु नआएकै जाती
टाप बजाउँदै हिँड्ने मुखियाका घोडाहरू
धपाउन नसक्ने नयाँ वर्ष
बरु नआएकै जाती

Muktinath Bank

एकथान नयाँ सपना 
कोरल्न नसक्ने नयाँ वर्ष
बरु नआएकै जाती
नयाँ केही दिन नसक्ने 
नयाँ केही गर्न नसक्ने 
नयाँ वर्ष
कतै अलप पनि हुन्छ
कतै ध्यानमग्न भए पनि हुन्छ
कतै स्तुति गर्दै बसे पनि हुन्छ 
सिर्फ 
क्यालेन्डरका पानाहरू फेर्नका लागि
एकथान नयाँ वर्ष बरु नआएकै जाती


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लालीगुराँस नफुलेको वर्ष
हिउँ फुस्फुसाउन बिर्सेको वर्ष
सत्ताको पासा र भत्ताको भकारी भर्न  
केही थान नयाँ वर्ष 
क्षितिजतिर अल्मलिएकै जाती
बाटो बिराएकै जाती
निराशा छर्ने नयाँ वर्ष
ऐँठन परेको बेला
पिन्चे अनुहार लिएर
दैलो छेउ नउभिएकै जाती


Advertisment
Nabil box
Kumari

भुइयालाई केही दिन नसक्ने 
शासकलाई सबैकुरा दिनसक्ने
नयाँ वर्ष‚ नआएकै जाती
वाक्क ब्याक्क भइसकेको
पुरानै शुभकामना 
नयाँ वर्षको खाममा दिन
बरु नयाँ वर्ष नआएकै जाती

Vianet communication

दमौली

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x