कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडाैं | बैशाख ८, २०८१
नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् ।
कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (क)ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’मा विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल लाग्नुपर्ने बताएका हुन् ।
काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले निराशाले समस्याको समाधान नहुने भएकाले नयाँ आशाका साथ देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, यस वर्ष उत्तर खोज्ने गरी हामी लाग्नुपर्छ,’ उनले भने ।
नेता पौडेलले ८० को दशक निकै चुनौतीपूर्ण दशक रहेकाले यसको समाधानका लागि एकताबद्ध हुन जरुरी रहेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका कारण वायुप्रदूषणसमेत अत्यधिक बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।
कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले नयाँ वर्षसँगै कांग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । उनले कांग्रेसले मात्र देशलाई स्थायित्व दिनसक्ने भएकाले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
काठमाडौं क्षेत्र नं ६ प्रदेश (क)का सभापति एवम् काठमाडौं महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य गर्दै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ प्रदेश ९क०का कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...