२६ जेठ २०८३, मंगलबार

लिङ्देनले भने– कतारका राजालाई दिन लागेको सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय सम्मान हो

बैशाख ११, २०८१
काठमाडौं
लिङ्देनले भने– कतारका राजालाई दिन लागेको सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय सम्मान हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कतारका राजलाई दिन लागेको सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताएका छन् । 

कतारका राजा अमिर शेख तमीम बिन हमद अल थानी लोकप्रिय राजा रहेको भन्दै उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

कतारका राजालाई दिइने सम्मान, सलामी र सार्वजनिक बिदाको विषय राजसंस्थाप्रतिको सम्मान भएको उनको भनाइ छ ।

‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम बिन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो', लिङ्देनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘त्यसैले हीनताबोध नगरौँ ! नवीन समझदारी गरौं !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ !!!’

कतारमा राजा थानी मंगलवार साँझ नेपाल आएर बुधवार फर्किँदै छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्