×

NMB BANK
NIC ASIA
गत वर्षको लक्ष्मीपूजाको दिन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्युचाटारस्थित भारप्रेषण केन्द्रमा बसेर लोडसेडिङ अन्त्य गर्ने घोषणा गरे ।

दैनिक १२/१४ घण्टाको लोडसेडिङलाई सहजै पचाइरहेका नेपालीहरुले त्यो कुरामा खासै विश्वास गरेनन् । तर घिसिङको घोषणा नेपालीहरुसामु चमत्कारिक रुपमै लागु भयो । त्यसलाई नेपालीहरुले चमत्कार त भने नै त्योसँगै नेपालका सरकारी निकायमा हुने अनियमितता र गैरजिम्मेवारी प्रष्ट देखियो ।

गतवर्षको लक्ष्मी पूजाको दिन घिसिङले गरेको अठोटमा उनको टिमसँगै सारा नेपालीले सहयोग पुर्याए र नेपालमा लोडसेडिङ अन्त्यजस्तै भयो ।

एक वर्ष पुगेसँगै कुलमानको टोलीले यसवर्षको लक्ष्मीपूजाको दिन लोडसेडिङ नहुने बताएका थिए र त्यसै अनुरुपको तयारी पनि गरिएको थियो ।

तर, काठमाडौंका केही स्थान र भक्तपुरमा लक्ष्मीपूजाको दिन दिउँसोदेखि नै विद्युत अवरुद्ध भयो । आफ्नो योजनामा एकाएक समस्या आएपछि कुलमान भक्तपुर सवस्टेशन पुगे र खटिए । उनी रातभर जाग्राम वस्दा भक्तपुरवासीले झिलिमिली बत्ति बालेर लक्ष्मीपूजा गर्न सके । वत्ति अवरुद्ध भएको दुई घण्टा लामो प्रयासपछि प्राधिकरणले वत्ति दिन सकेको थियो ।

मुसाले दिएको हैरानी !

प्राधिकरणले यसपटक लक्ष्मी पूजामा एक छिन पनि अँध्यारो हुन नदिने अठोट लिएर १५ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको थियो । आफ्नो घरको लक्ष्मीपूजा गर्न योजनालाई दोस्रो प्राथमिकतामा राख्दै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ र उनको टोली देशभर झिलिमिली पार्ने तयारीका साथ बसेको थियो ।

योजनाअनुसार नै लक्ष्मीपूजामा भक्तपुरबाहेक देशभरी लोडसेडिङ शून्यप्राय भयो । ‘भक्तपुमा भने लक्ष्मीपूजाकै दिन मुसाले दुःख दियो ।’ प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङसँगै लक्ष्मीपूजाको दिनभर फिल्डमा खटेका प्रबल अधिकारीले सुनाए ।

भक्तपुरमा ५ बजेदेखि नै बत्ती आउने जाने भइरह्यो, ‘लक्ष्मीपूजामा बत्ती नजाने भनेको हैन प्राधिकरण ?’ सामाजिक सञ्जालमा आक्रोस पोखिरहेको थियो । घिसिङ, प्रबल अधिकारी, प्राधिकरणको प्राविधिक टोली भने साढे पाँच बजे नै भक्तपुर सवस्टेसन पुगिसकेको थियो ।

प्राविधिक टोलीले हेर्दा सवस्टेसनको ब्रेकर प्यानलमा मुसा पसेसँगै समस्या उत्पन्न भएको थियो । उक्त मुसो जलेको अवस्थामा फेला परेको थियो ।

जसका कारण २२ दशमलव ५ एमबिए (मेगा भोल्ट अम्पायर) का दुईवटा ट्रान्समिटरमध्ये एउटा मात्रै चालु गर्न सम्भव भयो । टोलीले करिब सवा सात बजेसम्म मुसा निकालेर मर्मत गरेपछि भक्तपुर सवस्टेसन प्रभावित क्षेत्रमा विजुली बलेको थियो ।

‘भक्तपुर अध्याँरो थियो, लक्ष्मीपूजामा अँध्यारोमा छोडेर जान कुलमान सरले मान्नुभएन उहाँ आफै बसेर भक्तपुरमा विजुली बलेपछि मात्रै हामी फर्केका थियौं ।’ अधिकारीले लक्ष्मीपूजाको अनुभूति सुनाए, ‘कुलमान आफैंले बसेर प्राविधिकसँग अनुभव बाँड्दै काममा सघाए लक्ष्मीपूजा साँझ बत्ती बल्नुपर्छ भनेर उत्साह थपिरहनुभयो ।’

टोली करिब ८ बजे स्युचाटारस्थित भार प्रेषणकेन्द्र पुगेको थियो । लक्ष्मीपूजाका दिन वर्षकै सबैभन्दा बढी बिजुली माग हुने भएकाले आपूर्ति व्यवस्थापनमा सघाउन कुलमानले साँझ नपर्दै त्यहाँ पुग्ने योजना बनाएका थिए । तर भक्तपुरको बिजुलीले ढिलो भयो ।

सबै नेपालीले लक्ष्मीपूजा गरिसकेपछि राति १० बजेपछि घिसिङको टोली घर फर्केको थियो ।

प्राधिकरणकाअनुसार यो वर्षको लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६.५५ मा हालसम्मकै सबैभन्दा बढी १५ सय ८ मेगावाट विद्युत खपत भयो । जसमा नेपाल विद्युत प्राधिकरणको ४ सय ४० मेगावाट, निजी क्षेत्रको ३ सय ५६ मेघावाट र बाँकी भारतका विभिन्न क्रस बोर्डर प्रसारण लाइनबाट आयात गरिएको थियो । यो वर्ष लक्ष्मीपूजाको दिन भारतबाट ४५० मेघावाट विद्युत तयारी अवस्थामा राखिए पनि सबै खपत नभएकोे प्राधिकरणले जनाएको छ । यसैगरी कुलेखानी जलविद्युत आयोजनाको ९२ मेघावाट बिजुलीमध्ये ५६ मेघावाट मात्रै चलाउनु परेको थियो ।

विद्युत खपत कम गरी प्राधिकरणलाई सहयोग गर्न उद्योगी व्यवसायी र आमजनताले ठूलो सहयोग गरेको पाधिकरणले जनाएको छ ।
ktm

एक वर्षका चुनौती

गत वर्षको लक्ष्मीपूजाको दिनदेखि यो वर्षको लक्ष्मीपूजासम्म ठिक एक वर्ष नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको टिमले अनेकौं चुनौतिहरुको सामना गर्नुपर्यो । तर घिसिङको टिमले आफैंले उठाएको चुनौती भएकाले अवसरको रुपमा लिएको बताउँछ ।

उज्यालो नेपाल अभियानमा घिसिङका सहयात्री प्राधकिरणका प्रवक्ता प्रबल अधिकारी भन्छन्, ‘१२/१४ घण्टाको अध्याँरोलाई सजिलै पचाइरहेका नेपालीहरुका लागि पुरै लोडसेडिङ हटाउँछौं भनेर लाग्नु नै ठूलो चुनौती उठाएका हौं, अरुले जस्तै हामीले पनि एक घण्टा लोडसेडिङ हटाए पनि नेपालीहरु खुशी नै हुन्थे, तर हामी चुनौती नै बोकेर यो महाअभियानमा लागेका छौं, अवसरहरु पनि प्रसस्त छन्, सबैभन्दा ठूलो कुरा सारा नेपालीहरुले माया र हौसला दिएका छन् ।’

उज्यालो नेपाल अभियानमा बेलाबेला फेरिरहने सरकारहरुले नै सहयोग गर्न नसकेको गुनासो प्राधिकरकणका प्रवक्ता अधिकारी गर्छन् । बल्ब खरिद प्रकरणको प्रसंग एक प्रमुख चुनौतीका रुपमा देखाउँदै अधिकारीले लोकान्तरसँग भने, ‘लोडसेडिङ चर्को मार खेपिरहेका नेपालीहरुको सहजताका लागि प्राधिकरणले खरिद गर्ने भनेको बल्बबारे मन्त्रिपरिषद्ले अनुमति दिएपनि स्पष्ट निर्देशन नै गर्न सकेन, जसका कारण यो विषय विवादमा आयो’ उनले थपे, ‘त्यो बल्ब अहिले सुख्खा मौसममा नेपाली बजारमा ल्याइसक्ने योजना थियो, विद्युत भार १ सय ५० देखि २ सय मेगावाट सम्म बिद्युत खपत घट्ने अनुमान गरेका थियौं ।’

भ्रष्ट्राचारले थिचिएको देशमा सबै ठाउँमा शंका मात्रै गर्ने प्रबृत्ति भएकोमा उनले चिन्ता व्यक्त गरे । ढल्केवर मुजफ्फर प्रसारणको लाइनको सम्झौता तोडिनु पनि प्राधिकरणका लागि दुखद भएको अधिकारीहरु बताउँछन् । यो बीचमा सोलार प्लान्टको ठेक्का विवाद, विभिन्न प्रसारण लाइनमा देखिएका सम्झौतामा विवाद पनि प्राधिकरणका ठूला चुनौतीका रुपमा देखिए ।
kulman

हिउँदमा के हुन्छ ?

‘यो वर्ष हिउँदमा लोडसेडिङ हुँदैन, हामी भरपुर तयारी गरिरहेका छौं तर एउटा पावरहाउस मात्रै बिग्रे पनि हामीसँग जगेडा छैन ।’ लोकान्तरसँगको कुराकानीमा घिसिङका सहयात्री अधिकारीले चिन्ता व्यक्त गरे ।

कडा तालिका बनाएर काम गरिरहे पनि जगेडा नहुँदा प्राधिकरण निकै डराउँनुपरेको अधिकारी बताउँछन् ।
तर प्राधिकरणले जनताले साथ दिनेमा भने विश्वस्त छ । अधिकारीले यो पालीको लक्ष्मीकोपूजालाई उदाहरणका रुपमा लिँदै भने, ‘जनताले साथ दिन्छ भन्ने कुरा त लक्ष्मी पूजाले स्पष्ट देखाइसकेको छ, हामीले १५ सय ५० मेगावाट विद्युत खपत हुने अनुमान गरेका थियौं तर जम्मा १५ सय ८ मेगावाट मात्रै खपत भएको छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x