×

अदालत र ब्युरोक्रेसीको लोकतान्त्रीकरण नहुँदा प्रतिगमनको खतरा छः एमाले उपमहासचिव गुरुङ

काठमाडाैं | असार १४, २०८१

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अदालत, सेना, प्रहरी र कर्मचारीको लोकतान्त्रीकरण नगरे मुलुकमा फेरि प्रतिमगनको खतरा रहने बताएका छन् ।

देशमा भएका परिवर्तनले न्यायालयमा कुनै परिवर्तन नभएको र एकात्मक ढाँचामा रहेको उनले टिप्पणी गरे । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गुरुङले स्व. मदन भण्डारीले भन्ने गरेको भनाइ स्मरण गर्दै न्यायालयको लोकतान्त्रीकरण गर्नुपर्ने बताएका हुन् । मदन भण्डारीको ७३औं जन्मदिनको सन्दर्भ पारेर संसद्मा बोलेका गुरुङले पुरानो संरचनाबाट नयाँ व्यवस्थाको संरक्षण हुन नसक्ने बताए । 


Advertisment

‘अन्य संरचना संघीयता अनुसार गए, तर न्यायालयलाई परिवर्तनले छोएन, एकात्मक ढाँचामा छन्, संघीयतामैत्री छैनन् । हिजोको रवैया र चरित्र छ । जसले राज्य व्यवस्थालाई बलियो बनाउन संकट पैदा गरेको छ,’ गुरुङले भने, ‘न्यायालयको लोकतान्त्रीकरण गर्नुपर्ने छ । मदन भण्डारीको भाषामा भन्नु पर्दा पुरानो सेना, प्रहरी, ब्युरोक्रेशी र न्यायालय रहिरह्यो भने प्रगितमनको परिस्थिति निर्माण गराउन सक्छ, यसलाई संघीय गणतन्त्रमैत्री बनाऔ ।’


Advertisment

एमाले उपमहासचिव गुरुङले कर्मचारीतन्त्र पञ्चायतकालीन मानसिकताको रहेको बताए । ‘ब्युरोक्रेसी नयाँ बनाउन सकेनौं, ब्रिटिसकालीन मानसिकता कायम छ । लोकतान्त्रिक र जनमुखी बनाउन बाँकी छ । प्रहरीलाई पंगु बनाएका छौं, पार्टीकरण मात्र होइन पार्टीको गुटकरण भएको छ,’ उनले भने, ‘राज्यका पुराना संरचनालाई गणतन्त्रमैत्री बनाऔं । अनिमात्र आजको अभिभारा पूरा गरौला ।’

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x