×

विजेताको कथा

१७ वर्षको प्रतीक्षापछि भारतले जितेको अर्को टी–२० विश्वकप

काठमाडाैं | असार १६, २०८१

अर्को टी–२० क्रिकेट विश्वकप जित्नका लागि भारतले १७ वर्ष कुर्नुपरेको छ । सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको आयोजना भएको थियो । त्यसको उपाधि भारतले जितेको थियो । त्यो पनि प्रमुख प्रतिद्वन्द्वी पाकिस्तानलाई हराएर । दक्षिण अफ्रिकामा भएको उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ रनको रोमाञ्चक जीत निकालेको थियो ।

त्यसयता थप ७ वटा टी–२० विश्वकप भए तिनमा फाइनलमा पुगेर पनि भारत चुक्ने गरेको थियो ।  तर अहिले अवस्था फेरिएको छ । शनिबार राति उपाधि जितेपछि भारतकाे अवस्था फेरिएको हो ।


Advertisment

अर्को कुरा  टी–२० विश्वकपमा भारतका लागि दक्षिण अफ्रिका एउटा संयोग बनेको छ । किनकि, उसले दक्षिण अफ्रिकालाई नै ७ रनले हराएर शनिवार दोस्रो उपाधि जितेको छ । अब भारतका दुईवटा टी–२० विश्वकप उपाधिमा कहीँ न कहीँ दक्षिण अफ्रिका जोडिने भएको छ । पहिलो उपाधि दक्षिण अफ्रिकामा र दोस्रो उसैलाई हराएर जितेकाे संयोगले गर्दा ।  


Advertisment

बार्बाडोसमा भएको फाइनलमा भारतसँग पराजित भएसँगै दक्षिण अफ्रिकाको भने पहिलो पटक विश्वकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ ।

null

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । 

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय पारी खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए । 

यसैगरी क्विन्टन डी ककले ३१ बलमा ३९ रन, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिँदा डेभिड मिलरले १७ बलमा २१ रन बनाए । दक्षिण अफ्रिकाका ब्याटरले जीतका लागि निकै संघर्ष गरेपनि केही जोर चलेन । पछिल्ला ओभरमा भारतीय बलरसामु उनीहरू निरीह सावित भएका थिए । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै रन १७६ बनाएको थियो । 

भारतको विशाल लक्ष्य बनाउने क्रममा विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलको सामना गर्दै टीमका लागि अर्धशतकीय पारी खेल्दै ७६ रनको योगदान दिए । कोहली फाइनलका उत्कृष्ट खेलाडी चुनिए । 

null

जसमा ६ चौका र २ छक्का समेत समावेश थियो । यसअघि खासै चल्न नसकेका कोहलीले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि सम्मानजनक स्कोर बनाएका हुन् । 

यस्तै कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने ऋषभ पन्त शून्य रनमा आउट भए । 

यस्तै सूर्यकुमार यादव पनि ३ रन जोडेर आउट हुँदा अक्षर पटेलले भने ४७ रन बनाए । शिवम दुवेले २७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

null

विजेता टोली भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिए । सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए । 

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे । 

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।


 

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x