०४ साउन २०८३, सोमबार
विजेताको कथा

१७ वर्षको प्रतीक्षापछि भारतले जितेको अर्को टी–२० विश्वकप

असार १६, २०८१
काठमाडौं
१७ वर्षको प्रतीक्षापछि भारतले जितेको अर्को टी–२० विश्वकप

अर्को टी–२० क्रिकेट विश्वकप जित्नका लागि भारतले १७ वर्ष कुर्नुपरेको छ । सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको आयोजना भएको थियो । त्यसको उपाधि भारतले जितेको थियो । त्यो पनि प्रमुख प्रतिद्वन्द्वी पाकिस्तानलाई हराएर । दक्षिण अफ्रिकामा भएको उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ रनको रोमाञ्चक जीत निकालेको थियो ।

त्यसयता थप ७ वटा टी–२० विश्वकप भए तिनमा फाइनलमा पुगेर पनि भारत चुक्ने गरेको थियो ।  तर अहिले अवस्था फेरिएको छ । शनिबार राति उपाधि जितेपछि भारतकाे अवस्था फेरिएको हो ।

अर्को कुरा  टी–२० विश्वकपमा भारतका लागि दक्षिण अफ्रिका एउटा संयोग बनेको छ । किनकि, उसले दक्षिण अफ्रिकालाई नै ७ रनले हराएर शनिवार दोस्रो उपाधि जितेको छ । अब भारतका दुईवटा टी–२० विश्वकप उपाधिमा कहीँ न कहीँ दक्षिण अफ्रिका जोडिने भएको छ । पहिलो उपाधि दक्षिण अफ्रिकामा र दोस्रो उसैलाई हराएर जितेकाे संयोगले गर्दा ।  

बार्बाडोसमा भएको फाइनलमा भारतसँग पराजित भएसँगै दक्षिण अफ्रिकाको भने पहिलो पटक विश्वकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ ।

null

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । 

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय पारी खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए । 

यसैगरी क्विन्टन डी ककले ३१ बलमा ३९ रन, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिँदा डेभिड मिलरले १७ बलमा २१ रन बनाए । दक्षिण अफ्रिकाका ब्याटरले जीतका लागि निकै संघर्ष गरेपनि केही जोर चलेन । पछिल्ला ओभरमा भारतीय बलरसामु उनीहरू निरीह सावित भएका थिए । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै रन १७६ बनाएको थियो । 

भारतको विशाल लक्ष्य बनाउने क्रममा विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलको सामना गर्दै टीमका लागि अर्धशतकीय पारी खेल्दै ७६ रनको योगदान दिए । कोहली फाइनलका उत्कृष्ट खेलाडी चुनिए । 

null

जसमा ६ चौका र २ छक्का समेत समावेश थियो । यसअघि खासै चल्न नसकेका कोहलीले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि सम्मानजनक स्कोर बनाएका हुन् । 

यस्तै कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने ऋषभ पन्त शून्य रनमा आउट भए । 

यस्तै सूर्यकुमार यादव पनि ३ रन जोडेर आउट हुँदा अक्षर पटेलले भने ४७ रन बनाए । शिवम दुवेले २७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

null

विजेता टोली भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिए । सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए । 

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे । 

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्