×

NMB BANK
NIC ASIA

चुनावले चलायमान बन्दै अर्थतन्त्र, अर्थविद्हरू भन्छन् – मूल्यवृद्धिको खतरा !

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १३ कात्तिक – मुलुकमा शुरु भएको चुनावी माहोलले अर्थतन्त्र पनि चलायमान बन्न थालेको छ । चुनावको समयमा राजनीतिक दल र नेताहरूले गर्ने खर्चका कारण अर्थतन्त्र चलायमान बन्ने अर्थविद्हरू बताउँछन् । पछिल्ला बर्षहरूमा चुनाव खचिलो बन्दा चुनावी अर्थतन्त्रको प्रभाव बढ्दो छ ।

नेपालमा यसपटकको निर्वाचनमा पनि निकै ठूलो परिमाणमा खर्च हुने अनुमान अर्थविद्हरूले गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा राजनतिक दलहरूले गरेको भड्किलो प्रचारशैलीका कारण आशन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ठूलो मात्रामा धनराशी खर्च हुने अनुमान भइरहेको छ ।

निर्वाचनका लागि खर्चको जोहो गर्न सबै राजनीतिक दलहरूले चन्दा संकलनका लागि आफ्ना सदस्य–कार्यकर्ताहरूलाई परिचालन गर्न थालिसकेका छन् । दलहरूले चन्दा संकलनलाई पारदर्शी बनाउने भन्दै चेकमार्फत चन्दा संकलन गर्न बैंकमा खाता समेत खोलिसकेका छन् । जसले नेपाली अर्थबजारको गति समेत बढेको देखिन्छ । यस अतिरिक्त चुनावमा कालो धनको समेत प्रयोग हुने खतरा छ ।

चुनावको समयमा आर्थिक गतिविधि बढे पनि अनौपचारिक र अनुत्पादक क्षेत्रमा बढी खर्च हुने हुँदा आर्थिक समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव नपर्ने अर्थविद्हरू बताउँछन् । पूर्वगर्भनर डा तिलक रावलले हालको चुनावी अर्थतन्त्रलाई यसरी विश्लेषण गरेका छन् ।

आर्थिक वृद्धिदर घट्नेछ

नेपालको अवस्था हेर्दा कुल अर्थतन्त्रको गति सुस्त छ । सरकारले पुँजीगत खर्च गर्न सक्दैन । चालु आर्थिक वर्ष चौथो चौमासिक सकिनै लाग्दा पुँजीगत खर्च करिब ४ प्रतिशत मात्रै भएको देखिन्छ । यसले के देखाउँछ भने गत वर्षभन्दा पनि सुस्त गतिमा विकास निर्माणका गतिविधि भइरहेका छन् । चालु आर्थिक वर्ष शुरु नहुँदै चुनावी माहोलमा डुबेको देशमा विकासका गतिविधि भएनन् तर बजार भने चलायमान भइरहेको छ ।

बजारमा उपभोग्य बस्तुमा बढी खर्च भइरहेको छ । चुनावका बेला अनुत्पादक क्षेत्रमा अत्यधिक खर्च हुने गर्छ । जसका कारण चुनावले समग्र अर्थतन्त्रलाई घाटा पु–याउनेछ । यो वर्ष लक्ष्यअनुसार (७ दशमलव २ प्रतिशत) को आर्थिक वृद्धिदरको आशा गर्न सकिदैन । पाँच प्रतिशत मात्रै पु–याउन सके पनि हामी खुशी हुनुपर्ने अवस्था छ ।

पुँजीगत खर्च अझै घट्ने खतरा

अरू मुलुकमा बजेटमा छुट्याइएको रकम समयमै खर्च हुन्छ । त्यस्तो अवस्थामा बजारको माग स्वाभाविक गतिमा बढ्दै गएको हुन्छ । पुँजी निर्माणमा सहभागिता भयो भने मात्रै आम मानिसको आम्दानी बढ्ने हो । आम्दानी बढेपछि लगानी बढ्छ । उपभोग पनि बढ्छ । त्यस्तो अवस्थामा समष्टिगत माग र आपूर्तिको सन्तुलन कायम हुन्छ र अर्थतन्त्र अघि बढ्छ । त्यस्तो अवस्था नेपालमा पनि रहेको थियो भने निर्वाचनमा हुने खर्चले अरू बेलामा भएका कमजोरीलाई पनि व्यवस्थित गरेर मागको सन्तुलन कायम गर्न सघाउने थियो । तर, हाम्रो मुलुकमा सरकारको बजेट पुँजी निर्माणका लागि खर्च नै हुन सकेको छैन । भएको बजेट तलबभत्ता र अनुदानजस्ता चालू बजेटको भने बेपत्ता ढंगले खर्च भएको छ ।

मूल्यवृद्धिको खतरा

चुनावका बेला प्रत्येक उम्मेद्वार जसरी पनि जित्न खोज्छन्, जित्नका लागि ठूलो रकम खर्च गर्छन् । जसका कारण उपभोग्य बजारमा ठूलो पैसा खर्च हुन्छ । सेवा तथा वस्तु विनिमय बजारमा माग अत्यधिक बढ्छ त्यहीअनुसार मूल्य पनि स्वभाविक वृद्धि हुन्छ । बजारमा मूल्यवृद्धि हुँदा राजनीतिक पहुँच नभएका मानिसलाई केही अहज स्थिति पनि देखा पर्छ ।

अहिले अनुमानित रुपमा करिब २ हजार उम्मेदवारले न्युनतम ५० लाखका दरले हिसाब गर्दा १० अर्ब भन्दा बढी रकम खर्च गर्ने गर्छन् । सो रकम बजारमा छरिन्छ । जसका कारण बैंकहरूमा तरलता अभावको अवस्था सृजना हुन सक्छ । यसले मुद्रास्फीति बढ्ने हुन्छ । तर, नेपालमा १२ वर्षदेखिकै कमजोर अवस्थामा देखिएको मुद्रास्फीतिको खतरा भने हुने छैन ।

व्यापार घाटा बढ्ने खतरा

नेपाल आयात मुखी देश भएकाले चुनावमा आवश्यक वस्तुहरू आयात हुनु स्वभाविक हो । जसका कारण आयात साविकको तुलनामा अत्यधिक बढ्ने अनुमान गर्न सकिन्छ । सामान्य कच्चा पदार्थ, खाद्य पदार्थदेखि लिएर गाडी, मोटर लगायतका वस्तु आयात अत्यधिक बढ्नेछ । जसका कारण व्यापारिक घाटा बढ्नेछ । नेपालीले भन्दा विदेशीले हाम्रो निर्वाचनबाट बढी लाभ लिन सक्छन् ।

स्वदेशी उद्यमी निरुत्साहित

निर्वाचनमा उम्मेद्वारसँगै सरकारले पनि बढी खर्च गर्छ । विगतका निर्वाचनमा पनि घरघरमा लगेर पैसा बाँड्ने र भोट किन्ने अवस्था पनि देखिएकै थियो, यो पाली पनि दोहिरिँदैन भन्न सकिदैन । त्यो पैसा अधिकांश उम्मेद्वारले उद्यमी व्यवसायीबाटै लिने गरेका उदाहरण पनि हाम्रा सामु छन् । यसैगरी चुनावमा आयातीत वस्तुको बढी प्रयोग हुँदा हाम्रा उद्यमीलाई हतोत्साही बनाउन सक्छ त्यस्तो प्रवृत्तिले स्वदेशी उद्यमीलाई निरुत्साहित गर्ने जोखिम झन् बढ्न सक्छ ।

तरलता संकुचनको खतरा

भारत सरकारले नक्कली नोट निरुत्साहित गर्न भन्दै पुराना पाँच सय र एक हजार दरका नोटलाई विमुद्रीकरण गरेपछि भारतका सीमा नाकामा नेपाली मुद्रा नै बढी प्रयोगमा आउन थालेको छ । जसका कारण भारतीय मुद्राको सट्टामा नेपाली मुद्रा नै भारतीय बजारतिर स्थानान्तरण भइरहेको छ । चुनावको बेला यो पैसा अझै बढी जानेछ । लामो समय भारतीय बजारमै नेपाली मुद्रा रोकिन सक्छ । जसका कारण तरलता अभावको संकट बेहोरिरहेको नेपाली अर्थबजारमा फेरि पनि तरलता संकुचन बढ्नेछ ।

निर्वाचनका लागि हुने खर्चले क्षणिक रूपमा केही मान्छेले काम (रोजगारी) पाउने र वित्तीय प्रणालीमा केही तरलता बढ्ने अवस्था त हुन्छ । तर, पुँजी निर्माण गर्न पूर्ण रूपले असफल भएका वेला सरकारको ढुकुटीमा रहेको रकम निर्वाचनको नाममा खर्च गरिन्छ । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x