×

NMB BANK
NIC ASIA

ताप्लेजुङमा एमाले सचिव भट्टराई र काँग्रेसका दाहालबीच प्रतिष्पर्धा, ७८ हजार मतदाता

कात्तिक २०, २०७४

NTC
Premier Steels
ताप्लेजुङ, १९ कात्तिक (रासस) ः आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ताप्लेजुङमा चुनावी चहलपहल बढेको छ । 

जनमत आफ्नो पक्षमा पार्न विभिन्न पार्टीका उम्मेदवार कार्यकर्ताका साथ गाउँगाउँमा चुनावी आमसभामा व्यस्त छन् । सबै दलले प्रत्येक वडामा आमसभा गरी चुनावी प्रचारप्रसारमा लागेका हुन् । आमसभामा सर्वसाधारणलाई आकर्षण गर्न स्थानीय तथा राष्ट्रियस्तरका कलाकारलाई समेत उनीहरूले साथमा लिएका छन् । 
कार्यकर्ता पर्चा पम्प्लेट, तुल ब्यानर टाँस्न र बाँड्नमै ब्यस्त भएपछि घर तथा सार्वजानिकस्थल 
उम्मेदवारको तस्वीरसहितको पर्चा पम्प्लेटले रंगिएका छन् भने चोकचोकमा तुल ब्यानर राखिएका छन् । 

चोकचोकका चिया पसलमा कार्यकर्ताको भीडभाडसँगै राजनीतिक चर्चा बढेको छ 
। राजनीतिक पार्टी र उम्मेदवारका विषयमा नागरिकस्तरमा समेत कसले हार्ने वा 
जित्ने भन्ने विषयमा विश्लेषणसहित छलफल भइरहेको पाइन्छ । 

यसैबीच काठमाडौँमा बसोबास गर्दै आएका ताप्लेजुङवासी पनि निर्वाचनको प्रचारप्रसारका लागि केही दिनअघिदेखि घर फर्की आ–आफ्ना नेताको पछि लागेका छन् । 

प्रतिनिधिसभाका लागि एक र प्रदेशका लागि दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा आठ राजनीतिक दलका २३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् तर मुख्य प्रतिस्पर्धा काँग्रेस र वाम गठबन्धनबीच हुने देखिएको छ । 

प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई, नेपाली काँग्रेसका केशवप्रसाद दाहाल, नयाँ शक्तिका चन्द्र सावा, संघीय लिम्बूवान मञ्चका विष्णु याक्सो, राष्ट्रिय जनमुक्तिका आइतराज माबोहाङ, राप्रपा राष्ट्रवादीका डिल्ली विष्ट, संघीय समाजवादी फोरमका कुमार साम्यू र मङ्गोल नेशनल अर्गनाइजेसनका छवीन्द्र गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ । 

प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई र काँग्रेस पूर्वजिल्ला सभापति केशवप्रसाद दाहालबीचको प्रतिस्पर्धा भने रोचक छ । भट्टराई 
विसं २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौँबाट पराजित भएपछि ताप्लेजुङ 
आउनु भएको हो भने दाहाल असारमा भएको स्थानीय तहको चुनावमा फुङलिङ 
नगरपालिकाको प्रमुखमा पराजित हुनुभएको थियो । 

यसैबीच प्रदेशसभा (क) मा काँग्रेसका लीलादेवी बोखिम (लिम्बू), एमालेका बलबहादुर साम्सोहाङ, संघीय लिम्बूवान मञ्चका डिबी खुदाङ, राष्ट्रिय जनमुक्तिका बलबहादुर लिम्बू, राप्रपा राष्ट्रवादीका गायत्री थेवे, नयाँ शक्तिका मानबहादुर गुरुङ र संघीय समाजवादी फोरमका भक्तबहादुर एङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । 

यता प्रदेशसभा (ख) मा सात जनाबीच प्रतिस्पर्धा हुनेभएको छ । नेकपा(माओवादी केन्द्र)का टंक आङ्बुहाङ, काँग्रेसबाट दीपेन्द्रकुमार सेन्दाङ, संघीय लिम्बूवान मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय जनमुक्तिका यामकुमार आङ्बुहाङ, राप्रपा राष्ट्रवादीका सपना सामेखाम, नयाँ शक्तिका विशाल लिम्बू र संघीय समाजवादी फोरमका सुखवीर लिम्बू प्रतिस्पर्धी बन्नुभएको छ । साना दलका 
उम्मेदवार पनि चुनाव प्रचारप्रसारमै व्यस्त छन् । 

कूल ७८ हजार ३९७ मतदाता रहेको यस जिल्लामा ७३ मतदानस्थल र 
११४ मतदान केन्द्र निर्धारण गरिएको छ । जसअन्तर्गत (क) मा ६१ र (ख) मा ५३ वटा मतदान केन्द्र छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x