×

NMB BANK
NIC ASIA

काठमाडौंको चुनावी अंकगणित

काठमाडौं–३ : एमालेका जिल्ला अध्यक्ष र कांग्रेसकी मन्त्रीबीचको रोचक प्रतिस्पर्धा

कात्तिक २३, २०७४

NTC
Premier Steels

काठमाडौं २३ कात्तिक–काठमाडौं जोरपाटीकी मेनुका बस्नेत आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उत्साही बनेकी छिन् । देश संघीयतामा गएसँगै पहिलोपटक प्रतिनिधि र प्रदेशसभामा मत हाल्न पाएकोमा उनी दंग छिन् । 

Muktinath Bank

निर्वाचन नजिकिएसँगै दलका उम्मेदवार र तिनका प्रतिनिधिहरु भोट माग्न व्यस्त भएका छन् । उनीसँग भेटहुने दलका प्रतिनिधिले आफ्नो पक्षमा मत हाल्न आग्रह गर्ने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेसम्म सवैका कुरा सुनेककी छु मत हाल्ने दिनसम्म कसलाई भोट हाल्ने निर्णय गर्नेछु’ वस्नेतले लोकान्तरसंग भनिन्,‘दिनदिनै कसलार्ई भोट हाल्ने प्रश्नले चाँही हैरान पारिसक्यो !’ 


Advertisment
Nabil box
Kumari

जोरपाटीकै ४० वर्षीया रचना श्रेष्ठले मतमाग्न उम्मेदवारहरु र उनीहरुका समर्थक आइरहेको बताउँदै गोप्य मतदानको लाभ लिने बताइन् । ‘उम्मेदवारहरुलाई नभेटे पनि समर्थक र राजनीतिकि दलका कार्यकर्ताहरु भोट माग्न आउन शुरु गरेका छन्, सवैका कुरा सुनेर कसलाई भोट हाल्ने थाहा हुन्छ’ उनले भनिन् । 

Vianet communication

अर्का ४२ वर्षीया मतदाता रोशन श्रेष्ठले पनि मतदान कसलाई गर्ने भन्ने प्रश्नले हैरान परेको बताउँछन् । उनले अहिलेसम्म कसलाई मत हाल्ने भन्ने निर्णय नगरिसकेको बताए । ‘सवै उम्मेदवारहरुको कुरा सुन्ने, घोषणा पत्रहरु हेर्ने र त्यसपछि निर्णयमा पुग्ने छु’ उनले लोकान्तरसंग भने । 

एमालेका राई र कांग्रेसकी बस्नेतको भिडन्त

प्रतिनिधि सभाका लागि एमालेका काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राई र वर्तमान सहकारी तथा गरिबी निवारण मन्त्री नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतबीच प्रतिस्पर्धा हुने देखिएको छ । राईलाई माओवादी केन्द्रको साथ रहेको छ । एमालेको काठमाडौं जिल्ला नेतृत्व गरेर स्थानीय तहको चुनावमा राम्रो नजिता निकालेका राईलाई बलियो उम्मेदवार मानिएको छ । २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाल निर्वाचित भएका थिए । उनी अहिले तीन नम्बर निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । पहिलो संविधानसभा चुनावमा भने यो क्षेत्र कांग्रेसले जितेको थियो ।

निर्णायक महानगरको ६ नम्बर वडा !

काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ सहित काठमाडौंका कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिका भित्र पर्ने क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा काँगे्रसकी बस्नेत बलियो रहेको अनुमान मतदाताको छ भने सो नगरपालिका वडा नम्बर पाँचमा राईको अवस्था मजबुद रहेको अनुमान गरिएको छ । 

यसैगरी कामनपाका वडा नम्बर ६ मा पनि काँग्रेसकी बस्नेतको सम्भावना बलियो रहेको बताइन्छ । यी ३ वटा वडामा जसले जित्न सक्यो उसको जित हुने अनुमान मतदाताले गरेका छन् ।  

गोकर्णेश्वर नगरपालिकामा पर्ने जोरपाटीका ५० वर्षीया रामेश्वर खनालले भने, ‘गोकर्णेश्वर ६ र कामनपा ६ मा काँग्रेसका मतदाता बढी छन् भनिन्छ, यहाँ बढी नै मतदाता रहेकाले पनि यो क्षेत्रमा बस्नेतले जिते अन्य ठाउँमा त्यति अप्ठ्यारो नपर्ला ।’ उनी थप्छन्, ‘वाम गठबन्धनका राईको सम्भावना गोकर्णेश्वर ५ मा रहेको छ ।’ 

जोरपाटीकै स्थायी बासिन्दा चन्द्रमणी भट्टराईले पनि खनालको कुरामा सहमति जनाउँदै भने, ‘महत्वपूर्ण नै गाकर्णेश्वर ५, ६ र कामनपा ६ रहेकाले तिब्र प्रतिस्पर्धा पनि यिनै स्थानमा रहेको छ ।’

यस्तो छ हिसाव

काठमाडौं महानगरपालिकाको वडा नम्बर छ, गोकर्णेश्वर नगरपालिका, कागेश्वरीको १,२ र ३ वडा समेत रहेको काठमाडौं क्षेत्र नम्बर तीनमा स्थानीय तह निर्वाचनमा दलहरुले पाएको मतमा वाम गठवन्धन अगाडि रहेको छ । 

गोकर्णेश्वरका दुई वडामा विजयी भएको नेकपा एमालेले ७ हजार ५ सय २५ मत पाउँदा ६ वडा जितेको नेपाली कांग्रेसले ७ हजार ३५ मत पाएको थियो । माओवादी केन्द्रले २४३० मत पाएको थियो । 

त्यस्तै कागेश्वरी नगरपालिकाका १, २ र३ वडामा एमालेले दुई वडा जित्दा नेपाली कांग्रेसले एक वडाजितेको थियो । एमालेले २१७६ मत पाउँदा नेपाली कांग्रेसले२४८३ मत पाएको थियो भने माओवादी केन्द्रले ८८० मत पाएको थियो । 
 
काठमाडौं महानगरपालिकाको वाडा नम्बर ६मा जितेको नेपाली कांग्रेसलदे ३६१५ मत पाएको थियो भने नेकपा एमालेले ३००६ मत पाएको थियो त्यस्तै नेकपा माओवादी केन्द्रले ७ सय ३१ मत पाएको थियो । 

वाम गठवन्धनले यो क्षेत्रमा पाएको मतलाई जोड्दा उसको १६ हजार ७ सय ४८ मत हुन आउँछ भने नेपाली कांग्रेसले १३१३३ मत पाएको छ । यस हिसावमा नेपाली कांग्रेस वाम गठवन्धन भन्दा ३ हजार ६ सय १५ मतले पछाडि छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x