×

NMB BANK
NIC ASIA

काठमाडौं, १२ मंसिर – दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि काठमाडौं उपत्यकाका सबै क्षेत्रका उम्मेद्वार मतदाताका घरघरमा पुगेर हात जोडिरहेका छन् ।  अरु समय कहिल्यै सर्वसाधारणको वास्ता नगर्ने उम्मेद्वार पनि यो बेला भोटकै लागि हात जोडिरहेको आरोप मतदाताको छ ।   

Muktinath Bank

काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने बालुवाटार चुनदेबी क्षेत्रमा सोमबार बिहानै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार ईश्वर पाखरेलको समूह घरदैलोका लागि पुग्योे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनदेबी क्षेत्रमा पोखरेलले भोट माग्दै गर्दा उनी मतदाताप्रति नतमस्तक देखिन्थे । भोट माग्दा मतादाताहरु प्रति उनलाई नै भोट हाल्ने आश्वासन पनि दिए । तर पोखरेल अर्को घरसम्म नपुग्दै मतादाताहरु खासखुस गरिहाल्थे, भोट कसलाई दिने ? भोट कसलाई दिएर के हुन्छ भन्ने बारे सल्लाह गर्न थाल्थे । 


Advertisment
Nabil box
Kumari

केही बेरमै त्यहाँका केही मतदाताहरु चुनदेबी चोकमा रहेको एक चिया पसलमा बसेर उम्मेद्वारबारे टिक्का टिप्पणी गरिरहेका थिए । सोही चिया पसलमै लोकान्तरकर्मी पनि पस्दा त्यहाँको ग्राहकले पनि चिया मगाइसकेका थिए ।

Vianet communication

पसलकी साहुनीले अर्डर नगर्दै चिया ल्याइदिइन् । त्यहाँको चिया गफ निरन्तर चलिरह्यो ।

तिनैमध्ये एक जना झुस्स दाह्री पालेका अधबैंशे बोले, ‘कसलाई भोट हालेर के हुने हो !’

उनको वाक्य नसकिँदै लामो ज्याकेट लगाएका अर्का एक व्यक्तिले सही थपे, ‘भोट माग्दा मात्रै आफ्ना हुन्, जितपछि फर्किदैनन्,’ उनी भन्दै गए, ‘आउँदा भोट दिन्नौं भन्न पनि सकिन्न, अब भोट त जसलाई हाले नि उस्तै ।’ 

उनको कुरा नसकिदै अर्को बेन्चबाट आवाज आयो, ‘अहिलेको अवस्थामा वाम गठबन्धनलाई मतदान गर्नुपर्छ ।’

प्रचार प्रसारमै व्यस्त रहेका क्षेत्र नम्बर ५ का बलिया उम्मेद्वारका रुपमा देखिएका पोखरेल भने आफूले जित्नेमा ढुक्क छन् । उनका अनुसार क्षेत्र नम्बर ५ का मतदाता ईश्वर पोखरेललाई धेरै विश्वास गर्छन् ।  पोखरेल भन्छन्, ‘क्षेत्रनम्बर ५ का हरेक क्षेत्रमा पुग्दा अन्य राजनीतिक दलका कार्यकर्ता तथा बुद्धिजिवीहरुले समेत मत दिने भनेकाले मैले मत पाउँछु ।’

साझा विवेकशील र कांग्रेसको उम्मेद्वारी चुनौती नभई लोकतान्त्रिक पद्दतिको सुन्दर रुप भएको बताउँदै उनी भन्छन्, ‘राजनीतिमा कुनै पार्टीका उम्मेदवार प्रतिस्पर्धामा आउन स्वागतयोग्य कुरा हो, तर म जित्नुपर्छ भनेर आएको उम्मेद्वार भएकाले जित्छु भनेर विश्वासका साथ जनताको साथ खोजिरहेको हुँ ।’

उनले २५ वर्षदेखि जीत र हार स्विकार गर्दै यही क्षेत्रमा यहाँका जनताको सुखदुःखमा साथ दिइरहेको दाबी गर्दै भने, ‘जित र हार दुबै अवस्थामा मेरो सम्बन्ध यहाँका जनतासँग प्रगाढ सम्बन्ध छ, विकासका एजेण्डामा, मैले राष्ट्रिय राजनीतिमा खेल्न सकेको भूमिकाका आधारमा यस क्षेत्रका जनताले मलाई पत्याएर जिताउनेमा म ढुक्क छु ।’

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा उम्मेद्वारमा पोखरेलसँगै कांग्रेसका प्रकाशशरण महत र साझा विवेकशील पार्टीबाट उज्वल थापा मैदानमा रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x