×

NIC ASIA

अनुदानको ट्याक्टरले अपाङ्ग बनायो, अस्पतालको बेडमा मनकारी खोज्दै धिताल दम्पती

पुस ९, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ९ पुस– ललितपुरको बी एण्ड बी अस्पतालको ४११ नम्बरको कोठाको झ्यालतर्फको शैय्यामा सुतिरहेका थिए ४५ वर्षिया राजेन्द्र बहादुर धिताल । उनकी पत्नी समिरा पनि उनकै छेउमा थिइन् । शैय्यामा सुतिरहेका धितालको आँखा रसिला र राता देखिन्थे । उनकै छेउमा रहेकी उनकी पत्नी पनि मलिन अनुहारमा थिइन् । 

Muktinath Bank

गोरखाको सिरानचोक गाउँपालिका वडा नंबर ६ का धिताल गत मंसिर २० गते ट्याक्टर दुर्घटनामा परेर घाइते भएका हुन् । ट्याक्टर जोत्ने क्रममा लडेर धितालको खुट्टामा ठूलो घाउ लाग्यो । जसका कारण उनको खुट्टा नै काट्नु पर्यो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यो दिन म घर नजिकै बारीमा ट्याक्टर जोत्दै थिए । ट्याक्टर पछाडी लैजाने क्रममा म चिप्लिएर लडे । चलिरहेको ट्याक्टरको फालीले मेरो खुट्टालाई छेड्यो,’ धितालले २० गतेको घटना सम्झँदै लोकान्तरलाई भने, ‘म सँगै नाती थियो । उसलाई ट्याक्टरको स्टार्ट बन्द गर्न लगाएर मसँग भएको फोन दिए । उसले नै घरमा बुढीलाई फोन गर्दियो । सबै गाउँलेहरु जम्मा भएर मलाई हेलिकप्टरमा यहाँ ल्याए ।’


Advertisment
Nabil box
Kumari

ट्याक्टरले च्यापेर घाईते भएपछि गाउँलेहरुले मिलेर हेलिकप्टर मार्फत काठमाडौं लाएको उनकी पत्नी समिराले बताइन् ।  गाउँलेहरुले पैसा उठाएर १ लाख ४४ हजारमा हेलिकप्टरमार्फन धिताललाई अस्पताल ल्याइएको थियो ।

Vianet communication

‘उहाँलाई देख्दा म निकै आत्तिएको थिए । उहाँको अवस्था निकै डरलाग्दो थियो । गाउँलेहरुले समयमै हेलिकप्टर मार्फत अस्पतालमा ल्याइदिए । समयमै नआइपुगेको भए तर ज्यानै पनि जान्थ्यो होला,’ पत्नी समिराले सुनाइन् । 

जोत्ने क्रममा ट्याक्टरको फाली खुट्टामा परेपछि उनको देब्रे खुट्टा नै काट्नुपर्यो । 

उनी विगत एक महिनादेखि अस्पतालमा उपचारत छन् । अस्पतालमा अझै कति समय बस्नुपर्छ र काटिएको खुट्टाको घाउ कहिले निको हुन्छ भन्ने पनि उनलाई थाहा छैन । विगत एक महिनादेखि अस्पतालमा ७ लाख भन्दा बढी खर्च भइसकेको उनकी पत्नी समिराले लोकान्तरलाई बताइन् ।

‘अस्पतालको वेडको मात्रै एक दिनको दुई हजार तिर्नुपर्छ । औषधि पनि उस्तै महंगो छ । अहिलेसम्म आफन्त र गाउँलेहरुले दिएको सहयोग र ऋणको पैसा अस्पतालमा बुझाउँदै आएको छु । आफन्त र छरछिमेकसंग अहिलेसम्म त सहयोग गरेका छन्,’ समिराले भनिन् ‘कहिले निको हुन्छ भन्ने पनि थाहा छैन । अझै कति खर्च लाग्छ अस्पतालले केही भनेको छैन । कसरी उपचार खर्च जुटाउने केही थाहा छैन ।’

धिताल परिवारको आर्थिक अवस्था कमजोर भएकोले सिनाराचोक गाउँपालिका र जिल्ला जन स्वास्थ्य कार्यलयले निशुल्क उपचार गरीदिन आग्रह गर्दै सिफारिस पत्र पठाएको छ । तर निजी अस्पतालमा उपचार गराउँदै आएका धितालले अस्पतालबाट सहुतियत भने नपाएको बताए ।

‘खेतीपाती गरेर जीविका चलाउँदै आएका छौं । बुढाको अहिलेसम्मको उपचार खर्च आफन्तको सहयोग र ऋणबाट तिरेको छु,’ धितालकी पत्नीले भनीन्, ‘आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमा सहुलिएत हुन्छ कि भनेर गाउँपालिका र जनस्वास्थ्य कार्यलयबाट सिफारीस त ल्याए । अस्पतालले प्राइभेट हो निशुल्क गर्न मिल्दैन भन्यो ।’

सुरुमा हतार हतारमा बी एण्ड बी मा भर्ना भएका धिताल अस्पतालको महंगो खर्च कसरी तिर्ने भनेर समस्यामा छन् । ‘शुरुमा यहिँ ल्याइयो । यहि उपचार गराइरहेको छ  । बीचमै अन्त उपचार गर्न लान पनि मिलेन । उहाँको उपचार खर्च निकै महंगो छ,’ समिराले सुनाइन् ।

ट्याक्टर अनुदानमा पाउँदाको खुसी ६ महिना पनि टिकेन

गाउँमा खेतीकिसानी गरेर जीविका चलाउँदै आएका धितालले एक गैर सरकारी संस्थाबाट अनुदानमा हाते ट्याक्टर पाए ।  बाउबाजेकै पालादेखि गोरुले खेतबारी जोत्दै आएका धिताल अनुदानमा ट्याक्टर पाउँदा निकै खुसी भएका थिए । खेतीपातीको सिजनमा धितालले ट्याक्टरले खेत जोतेर दैनिक १५ सय रुपैयाँसम्म कमाउँथे । विगत ६ महिनादेखि ट्याक्टरले जोत्न थालेको उनको दैनिकि सहज बन्दै गएको थियो ।
 
ट्याक्टरले जोतेको कमाइबाट घरखर्च चलाउँदै आएका उनले केही पैसा बचाएर भूकम्पले भत्किएको घर बनाउने सोच बनाएका थिए । वृद्ध बाबुआमा र पत्नीलाई दुई वर्षदेखि अस्थायी टहरामै राखेका धिमालको सपना नयाँ घर बनाएर जहान र वृद्ध अवस्थाका आमाबुबालाई खुसीसँग पाल्ने थियो । 

सरकारले भूकम्प पिडितलाई दिएको पहिलो किस्ताको ५० हजार अनुदान र आफुसंग भएको केही रकमले उनले घरको जग हालिसकेका थिए । तर घर बनाउने सपना नहुँदै उनी अपाङ्ग भएका छन् ।

ट्याक्टरले जोतेरै घर बनाउने र खुसीसंग परिवार पाल्ने सपना बुनेका धिताललाई त्यही ट्याक्टरले अस्पतालको शैय्यामा पुर्यादियो । 

‘ट्याक्टरले जोत्दा एक घण्टाको दुई सय रुपैयाँ आउँथ्यो । गोरुले जोत्दा भन्दा ट्याक्टरले जोत्नु फाइदा हुन्थ्यो,’ आँखाबाट आँसु झार्दै धितालले भने, ‘जोतेर कमाएको पैसा र अनुदानले घर बनाउँला भनेर जग पनि हालिसकेको थिए । तर अब आफैं अस्पतालको शैयामा छु ।'

छेउमै रहेकी समिरा पतिलाई सम्झाउन खोज्छिन्, ‘ज्यान बचेको छ । निको भएपछि विस्तारै बनाउँला घर त ।’ यति भन्दा समिराले आफ्नै आँखाका आँसु भने थाम्न सकिनन् । 

धिमाल दम्पती अस्पतालले केही सहुलिय गरिदेला भन्ने आशमा छ । सँगै मनकारी व्यक्तिले आफूहरुको पीडा बुझेर सहयोग गर्लान् भन्ने पनि उनीहरुको आशा छ । 

सहयोग गर्न चाहने मनकारी व्यक्तिले घाइते राजेन्द्र बहादुर धितालको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ३०६००३५५१२१० मा आफूले सक्ने सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । साथै भेटेरै सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले घाइते धितालकी पत्नी समिराको मोबाइल नम्बर ९८४६१८८९५८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x