×

NMB BANK
NIC ASIA

काठमाडौं, २२ पुस– गन्तव्यमा पुग्न हतारिएका यात्रु सडकभरी थिए । कुनै बस वा माइक्रो आउने वित्तिकै सिट सुरक्षित गर्न हतारीदै माइक्रोमा झुम्मिन पुग्थे उनीहरु । कोही हातमा सामान लिएर आफ्नो डेरा,घरमा जाने गाडी पर्खदै गरेका देखिन्थे । साँझको बेला मानिसको चाप अत्याधिक हुने सुन्धारा क्षेत्रलाई लक्षित गरी फुथपाटका व्यपारीहरु त्रिपालमा सामान फिजाउँदै कराइरहेका हुन्थें ।

Muktinath Bank

‘सस्तोमा ! सस्तोमा !’
‘आयो हजुर होलसेल होलसेल होलसेल !’
‘सयमा तीनजोरमोजा, सयमा तीनजोर, तीनजोर!’
‘पानसेमा दुई जोर, पानसेमा दुई जोर,ल आउनुस् हजुर पानसेमा दुई जोर!’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिनभरीको थकान बोकेर घर फर्कदै गरेका मानिसहरुलाई आफ्नो सामान तर्फ आर्कषित गर्न भरसक प्रयास गरीरहेका व्यपारीहरु प्रशस्तै थिए । केही मानिसहरु सडकपेटी नै ढाकेर फिजाएका सामानमा आँखा डुलाउदै थिए ।


Advertisment
Nabil box
Kumari

व्यपारीको सामानले भरिएको सडकपेटी र साघुरो बाटोमा रहेको भिडभाड छल्दै मानिसहरु आफ्नो गन्तव्यमा पुग्न हतारीदै हिडिरहेका थिए । 

Vianet communication

****

हरेक साँझ अफिसबाट डेरा जाँदा माइक्रोमा सिट पाउन मुस्किन हुन्थ्यो । मुस्किलले पाएको सीटमा पनि उभिएका मानिसहरुले पेलेर असजिलो बनाइरहन्थें । मलाई भन्दा पनि उभिनेलाई नै असहज होला भनेर, त्यो परिस्थितीलाई सहजै रुपमा स्वीकार गरेको थिए ।  

म त्यो यात्रामा महशुस हुने दिक्दारीपनलाई कम गराउन साँझको समयमा काठमाडौंको सडकमा देखिएका अस्तव्यस्ततालाई नियाल्दै मनमनै बहस गरीरहेको हुन्थें । 

सुन्धारामा माइक्रोमा झर्ने र ओर्लने मानिसहरुको तछाडमछाड चल्थ्यो । म रत्नपार्क पुगेर झर्थे ।  मान्छे नभरिएसम्म लगनखेल, जाउलाखेल भन्दै सुन्धारमै माइक्रो रोकिन्थ्यो । 

त्यो समयमा म काठमाडौं महलको अगाडी रहेको दृष्यलाई नियाल्दै मनमनै वहस गरेर बस्थे । 
पाइला राख्ने ठाउँ पनि बाँकि नरहेपछि माइक्रो सुन्धाराबाट अगाडी बढ्यो । साँझको समयमा हरेक दिन जाममा पर्दै घर जाने बानी परिसकेको छ मलाई । त्यो दिन पनि अत्याधिक जाममा परियो । माइक्रोको गती शुन्य नै जस्तो थियो । 

वीर अस्पतालको ट्रमा सेन्टरको गेट नजिकै पनि फुथपाट व्यपारीहरु सामान फिजाएर ग्राहक कुर्दै थिए । त्यही  रहेको एउटा दृष्यले मलाइ तान्यो । 
बोरामाथि मोजा, कपुर,माक्स लिएर ग्राहक कुरीरहेकी थिइन, एउटी सानी व्यपारी ।

देख्दै माया लाग्दी थिइन् । यो चिसो मौसममा उनी सडकमा व्यपारीक सामान फिजाएर ग्राहकको बाटो हेर्दै बसेकी थिइन् । आमाको साथमा संगै बसेका बालबालिकाहरु धेरै हुन्थे तर उनी एक्ले केही सामान लिएर ग्राहको कुर्दै बसेकी थिइन् । 

बाटोमा सामान लिएर बसेकी उनको अगाडी कोही समान किन्न गएको देखिन । तर बाटोमा हिड्ने मानिसहरु पर पुग्दासम्म उनलाई फर्कि फर्कि हेर्दै थिए । सानै उमेरमा सडकमा व्यपार गरेर बस्नु उसको बाध्यता थियो वा रहर !  उनलाई सडकमा देख्नेहरु दया र सहानुभूतीको भाव प्रकट गर्दै थिए ।

****

मेरो मन पनि सहानुभूतिको भावले भरियो । मेरा उनीबाट पर हटेन । मनमा उनीको बारेमा जिज्ञासाको ओइरो लाग्यो । ओर्लिएर उनीसंग केही सम्बाद गरु जस्तो लाग्यो । जाम विस्तारै खुलेछ ड्राइभरले गाडी स्टाट गरे, म झस्किए ।
...
माइक्रोबाट देखिउन्जेल उनलाई हेरीरहे । माइक्रोले छिटै रत्र्नपार्कमा पु¥यायो । त्यहाबाट ओर्लिएर म गन्तव्य तर्फ लागे । साँझ पर्दै थियो, भिडभाडको विचमा म एक्ले पैदल हिडिरहेको थिए । चिसो मौसम थियो । हरेक दिन मोवाइल चलाउदै जाने मेरो बानी थियो आज पनि मोवाइल हातमै थियो तर मोवाइल चलाउने मन थिएन । मेरो मन र आँखामा ट्रमा सेन्टरको गेटमा रहेकी सानी व्यपारीको अनुहार र उनका व्यपारीक सामानले डेरा जमाएको थियो । 

****

साझपख सबै आफ्नो घर जान हतारीदै गर्दा ती सानी बहिनी व्यपार गर्न बसेकी थिइन् ।  सडकमा पैदल हिड्नेले त सहानुभूतिको भाव देखाउदै हिडेको, मैले देखेको थिए । मनमनै सोचे,‘ मैले जस्तै सोहि बाटोमा यात्रा गर्ने हजारौंले उनलाई देखे होलान् । दिनभरी बालअधिकारको वकालत गर्नेहरु पनि त्यहि बाटो थिए होलान् ।’ 

ती अधिकारकर्मीलाई जिस्काउदै चिसो सडकपेटीमा सामान फिजाएर बसेकी थिइन् उनले ।

मनले उनकै बारेमा सोच्न थाल्याे ‘ साँझको समय सबै आफ्नो घर पुग्न हतारीदै गर्दा ती सानी व्यपारी ग्राहकको बाटो हेर्दै थिइन् । उनको त्यो रहर पक्कै होइन होला । उनको केहीअभिभावक नभएर व्यपार गरेर पो जीविका चलाउदै छिन् कि ? सानैमा परिवारमा भएको आर्थिक समस्या र अभावले उनलाई पैसा कमाउने रहर जाग्यो कि ? मनमा अनेकौ प्रश्नहरु उठे । 

****


रुममा पुग्दा सात बजिसेकेको थियो । सोचे ती सानी व्यपारी त्यहि व्यपार गर्दै होलिन कि घर गइन् होला ?  म संग प्रश्नै प्रश्नमात्रै थियो । यसको उत्तर त्यही सानी व्यपारीसंग थियो । तर म उनको अगाडी थिइन । उनको बारेमा न केही जानकारी थियो मलाई ।

अर्को दिन उनलाई भेट्ने निर्णय गरे ।

सोमबारको दिन ती सानी व्यपारीलाई भेट्ने सोच बनाए । हरेकदिन म रत्नपार्क पुगरे माइक्रोबाट झर्थें । आज मलाई ती सानी व्यवारीलाई भेट्ने चाहनाले काठमाडौं महल अगाडी नै ओराल्यो ।  
सुन्धाराको दृश्य अन्य दिनको जस्तै थियो ।

गन्तव्यमा पुग्न हतारिएका यात्रु, सडकमा सामा फिजाउँदै बसेका साना व्यपारीले साँगुरो बनेको सुन्धाराको पैदल मार्गबाट म वीर अस्पतालको ट्रमा सेन्टर तर्फ अगाडी लागे । 
सोच्दै थिए । ती सानी व्यापारी आज पनि त्यही छिन् कि छैनन् होला । अघिल्लो दिन उनलाई देखेको समय पारेर म त्यहा पुगे । 
...
ट्रमा सेन्टरको गेट मुनी सानो मन्दिरजस्तो ठाउँमा थिइन् उनी ।

गाडा खैरो रंगको स्कट, सेतो टाउजर माथी प्याजी रंगको सुइटर लगाएकी उनले कानमा बाक्लो रातो पछ्यौरा बेरेकी थिइन् उनले । अगाडी ऊ भन्दा पनि ठूलो प्लास्टिकको झोला थियो । झोलाभरी विभिन्न रंगका मोजा, माक्सहरु थिए । उनको देव्रे साइडमा माटो कर्लरको ब्याग थियो । उनी  किताब र कापी लिएर केही लेख्दै थिइन् ।  

उनको अवस्थालाई हेर्दा सोचे,‘स्कुलबाट सिधैं व्यपार गर्न त्यहा बसेकी हुन् । ग्राहक नआउँदा सम्म उनी आफ्नो शिक्षकले दिएको गृहकार्य गर्दै छिन् ।’
 

 म उनकै छेउमा पुगे ।

 उनको अगाडी पुग्नासाथ उसले कलम टोक्दै म तिर हेरेर सोधिन् । ‘के चाहियो दिदी ?’

मलाई किन्नुपर्ने त खास केही थिएन । र समान किन्ने उदेश्यले उसको अगाडी गएको पनि थिइन् । तर मलाई उसँग कुराकानी गर्ने बाहाना म उसको ग्राहाक बन्नु नै थियो । 
मैले उसको समानहरु हेर्दै सोधें,‘ के के बेच्न राखेकि छौं बहिनी ?’

उनले आफुले व्यपारको लागि राखेको सामान देखाउदै जवाफ दिइ, ‘मोजा, माक्स र कपुर छ दिदी ।’

मैले उसको सामान हेर्दै फेरी प्रश्न गरे, ‘ कति लिन्छौं नी यी सामानहरुको पैसा ?’

उनले सरासर भनि,‘ मोजा सयको तीन जोडी, माक्सलाई २५ रुपैंया र कपुरको २० रुपैंया । 

‘सानैमा व्यपारमा लागेकी रैछौ ’ मैले जिस्किदै अर्को प्रश्न थपे, ‘व्यपार गर्न कसरी मन लाग्यो ?’
उनले मुस्कुराउँदै भनी,‘अँ रमाइलो लाग्छ ।’

मैले उसलाई हरेका दिन व्यापार गरीरहेको देखेरै कुरा गर्न मन लागेर नै आएको बताए । केही समयको संबादपछि उनी मसंग खुलेर कुराकानी गर्न थालिसकेकी थिई । 
‘ तिम्रो नाम चाँहि के हो नि ?’ ‘इन्दिरा थापा’ उसको छिटै जवाफ आयो ।

मैले उनको बारेमा जान्न चाहे उसले आफ्नो कुराहरु सुनाइन् ।

‘घर त गुल्मी हो । म यो वर्ष नै आएको हो गुल्मीबाट । मेरो ममीले रत्नपार्कमा ज्याकेट बेच्नुहुन्छ । म दिउँसो स्कुल जान्छु बेलुका यहाँ व्यापार गर्न आउछु । अहिले ७ कक्षमा नेपाल आर्दश माविमा पढ्छु ।’

 स्कुल कुनबेला जान्छौं ? यहाँ कतिबजे आइपुग्छौं ?

शुक्रबार १ बजे नै आउँछु अनि अरु समयमा ४ बजे रुममा पुग्छु । खाजा खाएर म यहाँ नै आउँछु । आज चाहिँ ममीले सामान यहि ल्याइदिनु भयो । कोठामा नगई यहि आएको हो ।’
‘सानैमा व्यपार गरेर बसेकी रैछौं । कत्तिको व्यपार हुन्छ ?कति कमाइ हुन्छ त ?’ मैले अर्को प्रश्न गरे ।

सामानहरु अलिअलि विक्री हुन्छ । मोजाहरु ५ पाँच सयको विक्री हुन्छ कपुर पनि तीन चार सयको विक्री हुन्छ मास्क चाहि धेरै विक्री हुदैंन ।’ 

‘के गछौं कमाएको पैसाले ? ’

ममीलाई घरमा दिन्छु , ममीले मलाई चाहिने सबै कुराहरु किनिदिनुहुन्छ ।’

अनि ममीबुबाले घरमा पढेर बस भन्नु हुन्न  ?

‘ममीबुबाले पढेर बस नजाऊ भन्नुहुन्छ, म आफै आएको हो । व्यपार नहुदा यही बसेर होमवर्क गरेर सक्छु । बेलुका घरमा गएर पढ्छु । विहानमा पनि पढ्छु ।’ उनले एकै सासमा भनीन् ।

मैले ढिला नगरी अर्को सोधें ‘भविष्यमा ठूलै व्यपारी बन्ने चाहना छ कि के हो तिम्रो ?’ मेरो प्रश्नको व्यापारी शब्दलाई प्रतिकार नै गरे झै उसले जफाव दिइन्, 
‘होइन’ ! गर्वका साथ ठूलै स्वारमा भनिन्,‘म त ठूलो भएपछि डाक्टर बन्ने हो ।’

एकछिन उनलाई हेरीरहे । भविष्यमा डाक्टर बन्छु भन्दा उनको अनुहारमा खुसीका चमकहरु देखिन्थ्यो । डाक्टर बन्ने सपनाहरु उनको आँखामा तरंगित भएका थिए । 

हामी कुराकानीमा निकै व्यस्त भएका थियौं । इन्दिराको नजिकै व्यपार गरीरहेका एकजना व्यक्ति आएर उलाई बोलाए । 
‘नानी घर जाऊ अब रात परिसक्यो ।’ यति भनेर उनी आफ्नै व्यपारमा लागे ।

मैले इन्दिरालाई सोधे । को हुन् नी ति दाइ ? 

‘ यही व्यापार गर्न बस्नुहुन्छ । चिनेकै दाइ हो ।’ 

‘साँझको बेला डर लाग्दैन बाटोमा बसेर व्यपार गर्न ? घर कतिवेला जान्छौं ?’

‘आजभोली त छिटै रातपर्छ साढे ६ सात बजेतिर जाने हो ।’ उसले नजिकै रहेको युवकलाई हेर्दै असहज तरिकाले जवाफ दिई ।’

मलाई आवश्यक त केही   पनि थिएन तर पनि २० रुपैयाको कपुर किने।

रातपरिसक्यो समयमा घर जानु । राम्रोसंग पढ्नु भनेर म त्यहाबाट हिडे । 

****
आमा, दाइदिदीहरुले पहिला देखी नै व्यपार गरेको देखेकी, उनले स्कुलबाट फर्केपछिको समय व्यपारका लागि छुट्यएका थिइन् । परिवारमा आर्थिक अवस्था राम्रो भएर आवश्यकताहरु सहजै पुरा भएको भए, सायद ती सानी व्यपारी यो चिसो साँझमा व्यापार गरेर बस्दिन थिइन् होला । इन्दिरा जस्ता कयौं बालबालिकाको बाध्यतालाई बालदिवसमा आउँने नयाँ नारा र योजनाले समेट्न सकेको छैन ।

मनमनै कामना गरे । ‘इन्दिराको डाक्टर बन्ने सपना पुरा होस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x