×

NMB BANK
NIC ASIA

वन्यजन्तुका अंग तस्करी गर्ने 'ट्रान्जिट' बन्दै नेपाल, शिकार भन्दा सप्लाइ बढी

फागुन ८, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ फागुन– वन्यजन्तु तस्करी नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी गरी झण्डै एक दर्जन निकाय सक्रिय छन् । तर, तस्करीका घटना भने बढीरहेको देखिन्छ । गत माघ २७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले काठमाडौंको लैनचौरबाट २ थान गैंडाको खागसहित तीन जनालाई पक्राउ गर्यो । 

Muktinath Bank

पक्राउ पर्नेमा गोरखाका हरिबहादुर ढकाल, डिलबहादुर ढकाल र उदयपुरका कृष्णबहादुर मगर छन् । पक्राउ पर्ने तीनजनामध्ये हरिबहादुर र कृष्णबहादुर नेपाली सेनाका जवान रहेको प्रहरी अनुसन्धानबाट खुयो । यो त पछिल्लो एउटा उदाहरण मात्र हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिआईबी स्थापना भएयता करिव ८ वर्षको अवधीमा वन्यजन्तु अपराध सम्बन्धी २ सय ५६ ओ अपरेशन भएका थिए । ती अपरेशनमा ५ सय ८४ जना पक्राउ परे । जसमध्ये ३१ जना विदेशी नागरिक छन् । सिआईवी प्रमुख प्रहरी नायव निरीक्षक (डिआईजी) पुस्कर कार्कीका अनुसार विदेशीमा पनि भारतीय, पाकिस्तानी र चिनिया“ नागरिकको संख्या बढी छ । 


Advertisment
Nabil box
Kumari


यस्तो छ प्रहरीको पछिल्लो ८ वर्षमा गरेकाे अपरेशनकाे विवरण;

Vianet communication
अार्थिक वर्षअपरेशन संख्यापक्राउ संख्या
२०६७/६८  १०४०
२०६८/६९२२५९
२०६९/७०३२४०
२०७०/७१२७६३
२०७१/७२३७८५
२०७२/७३ ४७१०९
२०७३/७४५४११६
२०७४/७५२७५२

यो अवधीमा प्रहरीले ठूलो परिमाणमा वन्यजन्तुको अंग आखेटोपहार बरामद गरेको छ । सिआईवी प्रमुख डिआईजी कार्की भन्छन्, ‘सिआईवीले मूख्यगरी वन्यजन्तु तस्करी नियन्त्रका लागि अनुसन्धानको भूमिका निर्वाह गरिरहेको छ । यो अवधीमा तस्करी नियन्त्रणमा उल्लेख्य उपलब्धी हासिल भएको छ ।’

प्रहरीका अनुसार नेपाल बन्जयन्तु तस्करीको स्रोत मुलुक भन्दा पनि ट्रान्जिटका रुपमा बढी प्रयोग भएको छ । बाघ, गैँडा, चितुवा, रेडपाण्डाको तस्करी केही मात्रामा नेपाल भए पनि बाँकी वन्यजन्तुको तस्करीका लागि नेपाल ट्रान्जिट हो । 

केका लागि कुन वन्यजन्तुको तस्करी ?

नेपालमा मुख्यगरी खाग, खुर तथा छालाको लागि गैंडाको शिकार गरिएको देखिन्छ । त्यसैगरी, छाला र हड्डीको लागि वाघ र चितुवाको शिकार गरिन्छ । पित्त र नाङ्ग्राको लागि भालु मारिदै आएको छ । रेडपाण्डाको पनि छालाको लागि शिकार हुन्छ । यी वाहेक, खपटाको लागि सालक, दाह्राको लागि हात्ती, विनाको लागि कस्तुरीको सिकार गर्ने गरेको पाइएको छ । त्यस्तै, जीवित अजिङ्गर, हुचिल र विभिन्न पशुपंक्षीको पनि तस्करी हुने गरेको छ ।
 
तस्करीमा अन्तर्राष्ट्रिय जालो 

तस्करहरुको अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाएर भारतलगायत अन्य मुलुकबाट नेपालहुँदै वन्यजन्तुको छाला एवं आखेटोपहरको माग रहेका देशहरु चीन, भियातनाम, जापान, कम्बोडिया लगायतमा पुर्याइरहेका छन् । सिआईवीका डिआइजी पुस्कर कार्कीका अनुसार, चीरुको रौं तिब्बतबाट अवैध रुपमा निकासी गरी नेपालको बाटो हुँदै भारत जान्छ अनि बाघको छाला र हड्डी नेपालको बाटो हुँदै तिब्बत पुग्छ । त्यहाँबाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ । यसलाई हेर्दा वन्यजन्तुसँग सम्वन्धित अपराध नेपाल, भारत र चीनसँग अन्तरसम्वन्धित रहेको देखिन्छ । 

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक हेमन्त मल्लका अनुसार, २० प्रतिशत नेपालका वन्यजन्तु शिकारी हुने गरेपनि ८० प्रतिशत वन्यजन्तुको आखेटोपहार बाहिरबाट यहाँ आउँछ र नेपालको बाटो भएर अन्यन्त्र पुर्याइन्छ । यसमा स्थानीय व्यक्तिदेखि अन्तर्राष्ट्रिय गिरोहको तहगत संलग्नता रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । 

यसमा खटिने अन्तर्राष्ट्रिय गिरोहले दुर्लभ वन्यजन्तु र वनस्पतीको जानकारी दिने, चोरी शिकारी गर्ने, दलाली अर्थात मध्यस्थकर्ता गर्ने र विदेशमा निकासी गर्ने गर्छन् । 

कानूनी व्यवस्था 

वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । जसअनुसार, गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, घाइते बनाउने, खरिद विक्रि गर्ने, हन्तान्तरण गरी लिने दिने तथा वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद विक्रि गर्ने, ओसारपसार गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ बर्ष देखि १५ बर्ष सम्म कैद वा दुवै सजाय हुन सक्छ ।

समन्वयको अभाव 

वन्यजन्तु संरक्षणका लागि भनेर नेपाली सेना हरेक संरक्षण क्षेत्रमा सशक्त एवं व्यवस्थितरुपमा परिचालित छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आन्तरिक संरचनामा वन्यजन्तु अपराध अनुसन्धानको लागि छुट्टै पिलर नै गठन गरेर वन्यजन्तु अपराध तथा आखेटोपहार ओसारपसार नियन्त्रणमा खटिएको छ । क्षेत्रीय स्तरमा क्षेत्रीय अनुसन्धान ब्युरो आरआइटीको स्वरुपमा सक्रिय छ । नेपाल प्रहरीका जिल्ला कार्यालय एवम् स्थानीय इकाइहरु, जिल्ला बन कार्यालय लगाएत सक्रिय छन् । तर बिभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग, जिल्ला वन कार्यालय, स्थानीय नेपाल प्रहरी इकाई, संरक्षणक्षेत्र (निकुञ्ज, (वन्यजन्तु आरक्ष) कार्यालय आदीबीच हुनुपर्ने समन्वय अभाब देखिएको छ । सिआईवी प्रमुख कार्कीका अनुसार, प्रकृती संरक्षणमा लागेका सवै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने हो भने पक्कै पनि यो क्षेत्रमा सुधार देखिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x