×

NMB BANK
NIC ASIA

हङकङलाई नजिते प्लेअफअगावै 'डिभिजन टू'मा झर्ने खतरामा नेपाल

फागुन २७, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ फागुन-आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत तेस्रो खेलमा पनि पराजित भएपछि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । सम्भावना अब अंक गणितमा मात्र सीमित छ ।

Muktinath Bank

अझै ठूलो खतरा त के देखिएको छ भने समूहको अन्तिम खेलमा हङकङलाई पराजित गर्न नसके नेपाल प्लेअफअगावै 'डिभिजन टू'मा घटुवा हुने खतरा छ । प्लेअफमा दुवै खेल जित्दै सातौं भएको अवस्थामा पनि रेलिगेट हुनबाट नबच्ने सम्भावना छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सातौं हुँदा पनि रेलिगेट !


Advertisment
Nabil box
Kumari

आईसीसीले स्पष्ट भनेको छ, नेदरल्याण्ड्सबाहेक अन्तिम दुई एसोसिएट टोली डिभिजन टूमा घटुवा हुनेछन् । यसअघि नेपाललेसमेत खेलेको आईसीसी लिग च्याम्पियन्सिप जित्दै नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेकाले ऊ अब ४ वर्षका लागि रेलिगेट हुनेछैन ।

Vianet communication

प्रतियोगितामा नेदरल्याण्डसहित ६ एसोसिएट टोली सहभागी छन् । नेदरल्याण्ड्सलाई छाड्ने हो भने नेपाल, स्कटल्याण्ड, युएई, हङकङ र पपुवान्युगिनीमध्ये ३ टोलीले एकदिवसीय मान्यता पाउनेछन्, बाँकी २ डिभिजन टूमा घटुवा हुनेछन् । सोझो अर्थमा भन्दा एकदिवसीय मान्यता नपाउनु नै डिभिजन टूमा घटुवा हुनु हो ।

नेदरल्याण्ड्सबाहेकका ५ एसोसिएट टीममध्ये स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गरिसकेको छ । बाँकी रहे ४ टीम । 'समूह ए'मा रहेको युएई पनि सुपर सिक्समा पुग्ने सम्भावना प्रबल छ । आयरल्याण्डसँग खेल्न बाँकी नै रहेको युएईले ३ मध्ये २ खेल जितिसकेको छ । यदि नेदरल्याण्ड्सले अन्तिम खेलमा वेस्ट इण्डिजलाई हराउन नसके युएई आयरल्याण्डसँग हारेमा पनि सुपर सिक्समा पुग्नेछ ।

पछिल्लो समय निकै खराब लयमा देखिएको नेदरल्याण्ड्सले प्रतियोगिताकै सबैभन्दा बलियो टोली तथा हालसम्म अपराजित वेस्टइण्डिजलाई हराउने सम्भावना न्यून छ । त्यसो त नेदरल्याण्ड्सले वेस्टइण्डिजलाई हराएर मात्र पुग्दैन, युएईले आयरल्याण्डसँग हार्नुपर्छ । 

अंकगणितमा जे जस्तो देखिए पनि युएई सुपर सिक्समा पुग्ने सम्भावना निकै प्रबल छ । युएईले आयरल्याण्डसँग हार्न त सक्छ, नेदरल्याण्ड्सले वेस्टइण्डिजलाई हराउने सम्भावना नै निकै कम छ । त्यसैले एकदिवसीय मान्यता पाउने दोस्रो टोली युएई हुनसक्छ ।

यस्तो अवस्थामा अब बाँकी रहन्छ एक स्थान । जुन नेपाल र हङकङबीचको खेलले निर्धारण गर्नेछ । नेपाललाई हराउन सके हङकङ सुपर सिक्समा पुग्ने निश्चित छ । यस्तो अवस्था बाँकी रहन्छन् २ टोली नेपाल र पपुवान्युगिनी । स्कटल्याण्ड, युएई र हङकङले सुपर सिक्समा स्थान बनाए नेपाल र पपुवान्युगिनी प्लेअफअगावै 'डिभिजन टू'मा झर्नेछन् । प्लेअफका बाँकी खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

एकदिवसीय मान्यता पाउने सम्भावना पनि जीवित

त्यसो त नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना अझै टरिसकेको छैन । एकदिवसीय मान्यता पक्का गरिसकेको स्कटल्याण्डले मात्र हो । बाँकी २ स्थानको निधो हुन अझै बाँकी छ । नेपालले हङकङलाई हराउन सकेको खण्डमा सातौं हुने टोलीले एकदिवसीय मान्यता पाउनेछ भने युएईले आयरल्याण्डसँग फराकिलो अन्तरले हारेर नेदरल्याण्ड्सले वेस्टइण्डिजलाई हराएको खण्डमा आठौं हुने टोलीले पनि यो सौभाग्य पाउने छ ।

अब नेपालले आफूले जितेर ढुक्क हुने अवस्था छैन । युएईको हार र वेस्टइण्डिजविरुद्ध नेदरल्याण्ड्सको जितको कामना पनि गर्नुपर्नेछ । यस्तो अवस्थामा नेपालले एक खेल मात्र जितेर पनि एकदिवसीय मान्यता पाउन सक्छ । नेटरनरेटमा हङकङलाई पछि पार्न सकेको खण्डमा पपुवान्युगिनी अन्यथा युएई वा नेदरल्याण्ड्स नेपालको प्रतिद्वन्द्वी हुनेछन् । 

सुपर सिक्समा पुग्ने सम्भावना नगन्य रहेकाले रेलिगेट हुनबाट बच्न नेपालले हङकङलाई जसरी पनि हराउने रणनीति अख्तियार गर्नु आवश्यक देखिएको छ । नेपालले हङकङलाई हराएमा (निकै ठूलो अन्तरले बाहेक) अफगानिस्तान सुपर सिक्समा पुग्छ । त्यो नै नेपालका लागि हितकर हुने देखिन्छ ।

नेपाल र हङकङबीचको खेल सोमबार हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x