×

NMB BANK
NIC ASIA

निर्णय सुनाउने न्यायाधीशले पेन्सन पाइसके, फैसला लेख्न अझै बाँकी

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १८ माघ — फैसला भएको सुनाइन्छ तर फैसलाको प्रति तपाईंलाई दिइँदैन । एक महिना होइन, दुई महिना होइन, एक–एक वर्षसम्म तपाईंले फैसलाको प्रति पाउनु हुन्न । त्यो पनि सर्वोच्च अदालतबाटै । विश्वास नलाग्न सक्छ । तर यस्तो वास्तविकता सार्वजनिक भएको छ ।

सर्वोच्च अदालतमा एक वर्षअघि भएका फैसला अझै पनि लेख्न बाँकी रहेको अवस्थामा फेला परेका छन् । यो सर्वोच्च अदालतको पुरानो रोग भएपनि पछिल्लो समयमा पर्याप्त न्यायाधीशहरू हुँदा हुँदैपनि सर्वोच्चले फैसला नलेखेको पाइएको हो । यसको मारमा सेवाग्राही परेका छन् ।

कल्याण श्रेष्ठ प्रधानन्यायाधीश भएको बेला २०७२ पुस ३० गते भएका सातवटा मुद्दाका फैसला अझै पनि लेख्न बाँकी रहेको भेटिएको छ । यीबाहेक पनि सर्वोच्चमा थुप्रै मुद्दाहरूको फैसला लेख्न बाँकी रहेको सर्वोच्च अदालत आफैंले स्वीकारेको छ ।

२०६८ साल फागुन २८ गते दर्ता भएको तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला गत वर्षको ३० पुसमा भयो तर त्यसको फैसला लेखिन अझै बाँकी छ । सोही दिन फैसला भएका बाँकी ६ वटा मुद्दाको फैसला समेत तयार हुन सकिरहेको छैन ।

बाँकी ६ चाहिँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्धका मुद्दा हुन् । फैसला नलेखिएकामा हत्यासम्बन्धी मुद्दा पनि समावेश रहेको कानूनव्यवसायीहरू बताउँछन् ।

सर्वोच्च अदालतले फैसला त गर्ने तर त्यसको प्रति उपलब्ध नगराउने गर्नाले फैसला कार्यान्वयनमा असर परेको देखिएको छ ।

सर्वोच्च अदालतको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाले छिटोछरितो न्याय र सबैका लागि न्यायको वकालत गरेको छ । तर सर्वोच्च अदालतले आफ्नै वचनबद्धता पूरा गर्न सकेको छैन ।

विगतमा सर्वोच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति अत्यन्तै न्यून थियो तर अहिले चाहिँ सर्वोच्चमा पर्याप्त न्ययाधीश छन् । तर सर्वोच्च आफंैले गरेका फैसलालाई लिपिबद्ध गरेको छैन ।

फैसला हुने तर नलेखिने समस्या यतिसम्म छ कि कुनै मुद्दाका न्यायाधीशहरू बिदा भएर घर फर्किसक्दा पनि फैसला लेखिँदैनन् । ३० पुसका यी मुद्दामा पनि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले फैसला गरेका थिए । तर उनी अहिले घर गइसकेका छन् ।

केही न्यायाधीश वैद्यनाथ उपाध्यायले छिनेका फैसला छन् । उनीसमेत सेवानिवृत्त भइसकेका छन् ।
‘एक वर्षभन्दा अगाडि निर्णय सुनाइएका मेरै मुद्दाको फैसला पनि लेख्न बाँकी छ,’ कानुनव्यवसायी माधव बस्नेतले भने, ‘यो त सर्वोच्च अदालतको पुरानो रोग हो ।’

उनका अनुसार केही गम्भीर प्रकृतिका मुद्दामा फैसला लेख्न ढिला हुँदा गल्ती गर्नेलाई फाइदा पुगिरहेको हुन सक्छ । ‘फैसला भएको हुन्छ तर त्यसमा के लेखिएको छ, कसैलाई थाहा हुँदैन,’ बस्नेतले थपे, ‘त्यसैले चाँडो चाँडो फैसला लेखिनुपर्ने हुन्छ । फैसला लेख्न ढिलाइ हुँदा त्यहाँ अपारदर्शिता झल्कन्छ ।’

सर्वोच्च अदालतले आफ्नै रणनीतिक योजनामा छिटोछरितो न्याय दिने उल्लेख गरेको भएपनि त्यो हुन नसकेको हो । सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाका अनुसार सर्वोच्चमा फैसला भएका तर लेखिन बाँकी मुद्दाहरू थुप्रै छन् ।
फैसला लेख्न बाँकी मुद्दाहरु:



उनले सर्वोच्च अदालतको फैसला कानूनसरह नै मानिने भएकोले आजको भोलि फैसला लेख्न नसकिएको बताए । ‘फैसला भएपछि पनि त्यसको पूर्ण पाठ तयार हुन समय लाग्छ,’ उनले भने, ‘न्यायाधीशहरूको कार्यव्यस्तता भइरहेको हुन्छ, कुनै बेला न्यायाधीशको संख्या कम हुन्छ ।’

फैसला न्यायाधीशहरूले नै लेख्ने भएकाले समयमा फैसला आउन ढिला हुने गरेको हो । ‘सकेसम्म चाँडो दिनुपर्ने हो, तर हामीले सकिरहेका छैनौं,’ निरौलाले स्वीकारे र थपे ‘अन्य देशमा पनि फैसला आउन समय लागेको देख्न सकिन्छ ।’

उनले सर्वोच्चको फैसला नजिर नै बन्ने भएकोले त्यसलाई राम्रोसँग तयार गर्नुपर्ने भएकोले समय लाग्ने बताए । सर्वोच्चको जनशक्ति, न्यायाधीशको कार्यव्यस्तता र न्यायाधीशहरूको व्यक्तिगत जिन्दगीको कारणले पनि फैसला आउन ढिला हुने उनले बताएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x