×

NMB BANK
NIC ASIA

मुलुकमा पाँच सय २२ किमी सडक थपियो, तीन सय ४६ किमी कालोपत्रे

असार १८, २०७५

NTC
Premier Steels

काठमाडौं, १८ असार – चालू आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक (साउनदेखि फागुन)सम्म सडक विभाग अन्तर्गतको भौतिक प्रगति ६२ दशमलव ४७ प्रतिशत सम्पन्न भएको छ । विभाग अन्र्तगतका दोस्रो चौमासिकसम्ममा विभिन्न सडक योजना तथा परियोजनामध्ये ५ सय २२ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको विभागले जनाएको छ । 

Muktinath Bank

यसैगरी ४ सय ८० किलोमिटर खण्डास्मित (ग्राभेल) र ३ सय ४६ किलोमिर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको विभागको प्रगति विवरणमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षमा १ सयवटा पुल निर्माण गर्ने विभागको लक्ष्य रहेकोमा दोस्रो चौमासिकसम्म २२ वटा पुल निर्माण सम्पन्न भएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत चालू आर्थिक वर्षमा ५१ दशमलव ३७ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य भएकोमा दोस्रो चौमासिकसम्ममा १८ दशमलव १५ विस्तार सम्पन्न भएको छ ।  

Vianet communication

सडक विभागअन्तर्गतको १० हजार किलोमिटर सडक नियमित तथा पटके मर्मत सम्भार कार्यका लागि ठेक्का पट्टा गरी सडक मर्मत सम्भार कार्य भएको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षमा सडक विभागअन्तर्गत जम्मा ६८ वटा बजेट उपशीर्षक आयोजना/परियोजना सञ्चालनमा छन् । यीमध्ये जाजरकोट दुनै सडकखण्ड पूर्णरूपमा नेपाली सेनाले जिम्मा लिएको छ । 

गत आर्थिक वर्षमा कर्णाली करिडोरको सिमिकोट र गल्छी सडकमा आंशिक कार्य गरी पूर्णरूपमा नेपाली सेनालाई हस्तान्तरण गरिसकेको छ । बाँकी गल्छी–त्रिशुली–मैलुङ ४६ किलोमिटर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य दु्रत गतिमा काम भइरहेको विभागले जनाएको छ ।

दक्षिण सीमाबाट पूर्व पश्चिम राजमार्ग जोड्ने ३४ वटा सडकहरुको ठेक्कापट्टा व्यवस्थापन भइ निर्माण कार्य भइरहेको छ  भने समृद्ध नेपालका लागि ५ वर्षे सडक योजना अनुरूपमा विभिन्न बजेट उपशीर्षकअन्तर्गत काम भइरहेको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।  

उनले विभागअन्तर्गत चालू आर्थिक वर्षमा सम्पन्न भइसक्नुपर्ने विभिन्न योजना तथा परियोजनाहरूको प्रगति तीव्र गतिमा रहेको बताए । 

आर्थिक वर्ष २०७४/०७५मा सडक विभाग अन्तर्गतका विकास आयोजनातर्फ ७५ अर्ब ४५ करोड ३२ लाख ४७ हजार (सडक बोर्डबाहेक) रकम विनियोजन भएको थियो ।

यसमध्ये दोस्रो चौमासिकसम्म २३ अर्ब ७७ करोड ८७ लाख ५५ हजार खर्च गर्ने लक्ष्य रहेकोमा १९ अर्ब १७ करोड ७ लाख खर्च भएको विभागले जनाएको छ । यो  वार्षिक रकमको ३५ दशमलव ६६ प्रतिशत हुन आउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x