×

NIC ASIA

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंलाई मंगलवार दिउँसो सूचना आयो, रसुवाको केरुङ नाका हुँदै काठमाडौंतर्फ सुन तस्करी हुँदै छ । 

Muktinath Bank

प्रहरीले रसुवाबाट काठमाडौं भित्रिने सबै नाकामा हाइ अलर्ट जारी गर्यो । मंगलवार दिउँसो ४ बजेदेखि नै सुन समात्न परिचालन भएको प्रहरीको टोलीका सदस्यलाई साँझ साढे ७ बजे वकिटकीमा निर्देशन आयो, सुन फेला परिसक्यो मूभ हुनु । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

....


Advertisment
Nabil box
Kumari

प्रहरीले मंगलवार साँझ ७ : ३० बजे नुवाकोटबाट काठमाडौं भित्रिने नाका काठमाडौंको पिप्ले बालाजुमा ५ किलो सुनसहित १ जनालाई पक्राउ गर्यो । सार्वजनिक बस चढेर काठमाडौं आएका ती व्यक्तिसँग सुन होला भन्ने कसैले अनुमान पनि गर्नसक्ने अवस्था थिएन् । 

Vianet communication

रसुवाबाट नुवाकोट हुँदै काठमाडौं पुग्दासम्म उनी अरु यात्रुजस्तै सामान्य रुपमै सार्वजनिक यातायात चढेर काठमाडौं पुगेका थिए । तर, प्रहरीले उनीसँगै सुन रहेको यकीन सूचनाका आधारमा चेकजाँच गर्दा ५ किलो सुन फेला पर्यो । 

सुनसहित पक्राउ पर्ने व्यक्ति थिए, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–९ थमान घर भएका १८ वर्षीय सो बहादुर तामाङ । 

कलेजको फी तिर्न सुन तस्करी !

१८ वर्षीय सो बहादुर काठमाडौंको एक कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । बिदाको बेला घर गइरहने सो बहादुरको केही समय अगाडि चिनियाँ व्यापारीसँग सम्बन्ध बढ्यो ।

गाउँका छिमेकीले नै उनलाई चिनियाँ व्यापारीसँग चिनाएका थिए । पहिलो भेटमै चिनियाँ व्यापारीले अाफूसँग काम गर्ने भए ठूलै पैसा पाइने प्रस्ताव राखे । प्रहरीको अनुसन्धानबाट खुलेअनुसार चिनियाँ व्यापारीहरुले एक पटकको कामबाट कलेजको फीदेखि अन्य दैनिक खर्च गर्न पुग्ने पैसा दिने प्रस्ताव सो बहादुरसँग राखेका थिए । 

ठूलै पैसा आम्दानी हुने भएपछि सो बहादुर पनि राजी भए । त्यसपछि मंगलवार कम्मरमा लगाएको पेटी र जुत्तामा सुनका डल्ला कोचेर काठमाडौंका लागि हिँडे । 

उनलाई सामाजिक सञ्जाल वीच्याटमा सम्पर्क व्यक्तिको विवरण दिइएको थियो । काठमाडौं पुगेपछि चीनमा भएका व्यक्तिलाई वीच्याटमा खबर गरे सुन लिने व्यक्ति आउने भन्ने निर्देशन दिइएको थियो सो बहादुरलाई । 

तर, काठमाडौंको जमिन टेक्दा नटेक्दै उनलाई प्रहरीले पक्राउ गर्याे । उनले कम्मरमा लगाएको कपडाको पेटीमा पकेट बनाएर १–१ किलोको ३ टुक्रा सुन लुकाएका थिए भने दुवै खुट्टामा १–१ टुक्रा सुन लुकाएका थिए । रसुवाबाट काठमाडौं पुर्याएबापत उनले १ किलो सुन बराबर ५० हजार पाउने सहमति भएको बुझिएको छ । 

प्रहरीले सो बहादुरबाट बरामद भएको सुनको बजारमूल्य २ करोड ५० लाख रुपैयाँ बराबर भएको बताएको छ । जसअनुसार उनमाथि भन्सार ऐन २०६४ को दफा ५७ (१) बमोजिम थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले जानकारी दिए । 

भन्सार ऐन २०६४ को दफा (५७) को उपदफा (१) को (ङ) बमोजिम १ करोडदेखि ५ करोड रुपैयाँभन्दा बढीको बिगो भएमा १ देखि ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

विमानस्थलका तस्कर केरुङतर्फ 

२०४४ साल अगाडिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने गरेको सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन छ । 

विमानस्थलबाट हुने सुन तस्करीको घटना सार्वजनिक भइसकेपछि तस्करहरु भने चीनको नाकातर्फ गएको प्रहरीको दावी छ । 

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा समेत सहभागी भएका एसएसपी लामा विमानस्थलबाट हुने तस्करीमा सक्रिय भएका तस्कर अहिले चीनको नाकामा सक्रिय भएको बताउँछन् । 

‘विमानस्थलबाट हुने सुन तस्करी अहिले लगभग बन्द जस्तै भएको छ,’ एसएसपी लामाको दाबी छ, ‘विमानस्थलमा तस्करी गर्नेहरु अहिले केरुङतर्फ गएको जस्तो देखिन्छ ।’

मंगलवारसहित असोज महिनामा मात्रै काठमाडौं प्रहरीले ८ किलो सुन बरामद गरिसकेको छ । प्रहरीले गत सोमवार (असोज ८ गते) टोखाबाट ३ किलो सुनसहित २ जनालाई पत्राउ गरेको थियो । 

केरुङ नाकाबाट नेपाल भित्र्याइएको ३ किलो सुनसहित रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ परेका थिए । 

प्रहरीका अनुसार मंगलवार पक्राउ परेका सो बहादुर र गत सोमवार ३ किलो सुनसहित पक्राउ परेका नर बहादुर र पेम्बाबीच चिनजान थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x