×

NIC ASIA

पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा : कर्मचारीसँगको मिलेमतोमा यसरी भएको थियो अनियमितता

असोज १९, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – पूर्वाधार निर्माणका विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमाथिको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको उजुरीमाथि अनुसन्धानबाट पुल निर्माणमा आर्थिक अनियमितता भएको देखिएपछि पप्पु कन्सट्रक्सनसहित सरकारी कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो ।   


Advertisment
Nabil box
Kumari

अख्तियारले पप्पु कन्सट्रक्सनका तत्कालीन सञ्चालक तथा संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद साह रौनियारसहित उनका छोरा सुमित रौनियार गरी १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

Vianet communication

अख्तियारले सांसद रौनियारबाट १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

यस्तै उनका छोरा सुमित रौनियारबाट समेत सोही बराबरको बिगो रकम दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव मदन कोइरालाले जानकारी दिए । 

डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनबीच २२ असार २०६८ मा बर्दियाको जब्दीघाटमा बबई नदीमाथि पुल निर्माण गर्ने सम्झौता भएको थियो । 

तर उक्त पुल निर्माण भएर सञ्चालनमा नआउँदै भास्सिएपछि स्थानीयले अख्तियारमा उजुरी दिएका थिए । स्थानीयको उजुरीका आधारमा अख्तियारले पुल निर्माणको प्राविधिक पक्षको समेत अध्ययन गरी छानबिन गरेको थियो । 

अख्तियारको छानबिनबाट पुल बनाउँदादेखि नै कमसल निर्माण सामग्रीको प्रयोग भएको देखिएको छ । 

पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणको अध्ययनमा खटिएका सरकारी कर्मचारी र प्राविधिकहरूले समेत गुणस्तरहीन कामलाई मान्यता दिएको अख्तियारको छानबिनबाट देखिएको छ । सरकारी कर्मचारीले निर्माण कम्पनीको त्रुटीपूर्ण कार्यलाई गुपचुप रूपमा स्वीकार गरेको अख्तियारले जनाएको छ । 

पुल निर्माणको सम्झौता गर्ने डिभिजन सडक कार्यालय नेपालगञ्जका प्राविधिकहरुले हचुवाको भरमा फिल्डको नापजाँच गरेको, स्पेसिफिकेशनको क्लज ११२ बमोजिम नभएको फेला परेको देखिएको अख्तियारले जनाएको छ । 

यस्तै डिभिजन सडक कार्यालय नेपालगञ्जले पुल निर्माण परियोजनाको गुणस्तर निर्धारण योजना (क्यूएपी) बमोजिम गुणस्तर प्रमाणित नभइकनै पप्पुलाई भुक्तानी दिएको अख्तियारको ठहर छ । 

यस्तै पुलका पिल्लरको चौडाई डिजाइनमा उल्लेख भएबमोजिम नदेखिएको अख्तियारको प्राविधिक अध्ययनबाट फेला परेको छ । जसका कारण पुल सञ्चालनमा नआउँदै भास्सिएको अख्तियारले जनाएको छ । 

अख्तियारले गुणस्तरहीन काम हुँदा पनि भुक्तानी दिने डिभिजन सडक कार्यालयका कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, राजेश कुमार यादव तथा निमित्त डिभिजन प्रमुख इञ्जिनियर नवराज केसी, इञ्जिनियर प्रेमकुमार चुवाई, इञ्जिनियर हरिबहादुर खड्का, इञ्जिनियर दीपेन्द्रबहादुर विष्ट, सब–इञ्जिनियर, कार्मातेन्जिन तामाङ्ग र सब–इञ्जिनियर गोविन्द गैरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख भानु जोशीविरुद्ध १ लाख २५ हजार र १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ गरी कूल १ करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ बिगो बराबर जरिवाना र सजाय माग गरिएको छ । 

यस्तै राकेश कुमार यादवविरुद्ध ७४ लाख ५३ हजार २ सय ६९.३७ रुपैयाँ र ३ करोड १४ लाख १८ हजार ९ सय ७.५८ गरी ३ करोड ८८ लाख ७२ हजार १ सय ७७.२० रुपैयाँको बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ । मनोज श्रेष्ठविरुद्ध ९ करोड २४ लाख २४ हजार ९९.१९ रुपैयाँको बिगो बराबर जरिवाना र कैद सजाय माग गरिएको छ । 

इञ्जिनियर नवराज केसीविरुद्ध ६ करोड ९२ लाख ४६ हजार ९ सय २१.६५, इञ्जिनियर प्रेमप्रसाद चुवाईविरुद्ध ३ करोड १९ लाख ३८ हजार ५ सय ७९.९६, इञ्जिनियर हरिबहादुर खड्काविरुद्ध ७ करोड ५४ लाख ४८ हजार ६१.१५ र इञ्जिनियर दीपेन्द्रबहादुर विष्टविरुद्ध १ करोड ६१ लाख ८३ हजार ४ सय ४३.५२ रुपैयाँ बिगो बराबर जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । 

सब–इञ्जिनियर कार्मातेञ्जिन तामाङविरुद्ध १५ करोड ८ लाख ८४ हजार ७ सय १३.४० र अर्का सब–इञ्जिनियर गोविन्द गैरेविरुद्ध १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ रुपैयाँ बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । 

पप्पु कन्सट्रक्सनले पुल निर्माण गर्दा पेटी ठेक्का दिएको एभरेस्ट इञ्जिनियरिङ कन्सलट्यान्टका सञ्चालक कृष्णदेव यादवविरुद्ध समेत अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कृष्णदेवविरुद्ध १ लाख ४१ हजार २ सय ५० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x